Sunday, August 2, 2015

हिन्दु धर्म : पहाडे, मधेसी र जनजातिलाई जोड्ने सूत्र - See more at: http://www.onlinekhabar.com/2015/07/304714/#sthash.EwcH1hkj.dpuf

हिन्दु धर्म : पहाडे, मधेसी र जनजातिलाई जोड्ने सूत्र

सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन

२०७२ साउन १२ गते १०:१५ मा प्रकाशित
 580  15 
  0
अरुणकुमार सुवेदी
राजनीतिमा प्रवेश नगरौं, आर्थिक मुद्दा र विकासमाथि मात्रै लेखिरहुँ भन्ने सोचमा बीचमा बीचमा विचलन आउँदोरहेछ । सञ्चारमाध्यममा आएका केही अज्ञानतापूर्ण टिप्पणीहरु सांस्कृतिक अतिक्रमण र सांस्कृतिक विस्तारवादका हिमायतीहरुका प्रचार स्रामग्रीका विरुद्ध मेरो राष्ट्रियताप्रतिको चेतले चुप बस्न दिएन । मैले खप्नै सकिँन यसर्थ धर्मसापेक्षता र राष्ट्रियता उपर यो लेख लेख्नै पर्ने भयो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
राष्ट्र के हो ? राजनीतिशास्त्रको कखरा जान्ने जोसुकैलाई थाहा भएकै कुरा हो । राज्यको व्युत्पतिका आधार कुनै एउटा सांस्कृतिक वा जातीय समूहले निश्चित  भूगोललाई शासकीय एकाइमा परिणत गर्‍यो र संगठित भयो भने त्यसलाइ राज्य भनिन्छ । अर्थात एउटा राज्यको उत्पतिको पहिलो आधार नै सास्कृतिक वा जातिय पहिचान हो यसलाइ केही उदाहरणवाट प्रस्टयाउन बेस होला ।
सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकिया किन टुक्रिए र त्यस्तो साउदी अरबको छेउमा ८/ ९ लाख जनसंख्या भएको कतार अलग राष्ट्र कसरी भयो ? जर्मन किन एकीकरण भयो ? दक्षिण सुडान किन सुडानबाट टुक्रियो ? भारतमा किन नागाल्याण्ड र कश्मिरमा अलगावको समस्या छ । तर, गुजरात र तमिलनाडुमा किन छैन ? उत्तरआयरलैण्ड किन टुक्रिन चाहन्छ ? चीनलाई सानो जनसंख्या भएको तिब्बत र सिञ्जियानमा किन विखण्डनको समस्या छ ? अख्वाजिया, चेचेनिया, पूर्वी युक्रेन, करिन प्रदेश (वर्मा) रख्खाइ (वर्मा) जस्ता क्षेत्रको लडाइको कारण के हो ?
साम्यवादी अझ अक्टोबर क्रान्तिपछि निर्माण भएको सोभियत संघमा जनघनत्वको हिसावले क्रिश्चियनहरु बढी थिए । तर, कम्युनिष्ट शासनले चर्चमाथि प्रतिवन्ध लगायो, जातीय पहिचानका राज्य (समाजवादी) गणतन्त्रहरु चाँहि यथावत राखियोजस्तै उक्रेन, जर्जिया, मेसोडोनिया कजाकिस्तान इत्यादि । रसिया जर्जिया उक्रेन लारभिया जस्ताख्रिस्तान गणतन्त्रहरुका जनतालाई जोड्ने चर्चलाई निशेष गरियो । उनीहरुको जातीय पहिचान यथावत राखियो ।
जुन दिन सोभियत संघ उदार प्रजातन्त्रको बाटोतर्फ लाग्यो वा साम्यवादको पतन भयो, त्यसदिन सोभियत संघको गणराज्यहरुका जनताहरुलाई एक अर्काेसँग जोड्ने सुत्र थिएन । अर्थात जर्जियन र रसियन एक ठाउँ बस्नुपर्ने कारण केही थिएन । भाषा र जात मिल्दैनथ्यो, जोड्ने चर्च थिएन, परिणामस्वरुप टुक्रियो ।
एउटा सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन । राष्ट्र बन्ने क्रममा बहुमतको पहिचानलाई अल्पमतले स्वीकारे राष्ट्र एक रहन्छ, अस्वीकार गरे टुक्रन्छ
बहुमत खिस्तानी जातहरु एकअर्कासँग टुकि्रएपछि अल्पमत मध्ये एशियामा इस्लाम बहुल गणतन्त्रहरु झन टुक्रिने नै भए । यही सुत्रमा बाल्कन (युगोस्लाभिया) टुक्रियो । चेकोस्लोभाकिया टुक्रियो । बोस्नियामा मुस्लिम सर्भ युद्ध भयो । कोसोभोको समस्या आयो । चेच्निया, अख्वाजिया, पूर्वी युक्रेन सबैमा देखा परेको समस्या जातीय पहिचानको नै हो । तर, यसको विपरीत जर्मन एकीकृत भयो, जसको आधार जातीय नै थियो ।
अफ्रिकामा जातीय पहिचान र अस्तित्वको युद्ध डरलाग्दो नै थियो र छ । सुडानको दक्षिण क्षेत्रका प्रकृति पूजक आदिवासी काला जातिलाई पहिले धर्मान्तरण गरी इसाइ बनाइयो । त्यसपछि उनीहरु उत्तर सुडानका अरबहरुसँग एउटै राष्ट्रमा बस्न चाहेनन्, परिणामस्वरुप ठूलो युद्धविभिषकापछि धार्मिक आधारमा सुडान टुक्रियो ।
भारतको उत्तरपूर्वी राज्य नागाल्याण्डमा ४०/४५ वर्ष पहिले प्रकृतिपूजक हिन्दु ८० प्रतिशत थिए । आज त्यहाँ ७० प्रतिशत इसाइ छन् र बिखण्डनको समस्या पनि सुरु भएको छ ।
कश्मिरमा पनि पहिले कश्मिरी हिन्दुहरुलाई लखेटियो । जर्बजस्ती मुस्लिम बहुलक्षेत्र बनाइयो, आज त्यहाँ पनि उग्रवाद र विखण्डनको समस्या छ । तर, भारतका अरु क्षेत्रहरुका बासिन्दा एकअर्कामा भाषा अनुहार नमिले पनि बिखण्डनको भावना छैन, किन ? कुरा स्पष्ट छ-  भारतको सांस्कृतिक राष्ट्रियताको मूलप्रवाह अर्थात हिन्दु संस्कृति जहा सवल छ, त्यहाँ विखण्डनको भावना छैन । जहाँ कमजोर छ, त्यहाँ विखण्डनको समस्या छ ।
चीनको स्थिति पनि भारतको जस्तै देखिन्छ । विशाल जनस्ांख्यामा अत्यन्त सानो अनुपात भएको तिब्बतेली र उग्योर मुस्लिममा समस्या देखा परेको छ । यी दुबै हान जातीय पहिचानका आधारमा बनेको राष्ट्र चीनमा बस्न चाहान्नन् । तिब्बतदेखि मञ्चुरिया र भित्री मंगोलियालाई बुद्ध धर्मले हानहरुसँग जोड्न सक्दथ्यो । तर, कम्युनिष्ट शासनमा धर्मको निषेध भयो, जोड्ने सुत्र नै निस्प्रभावी बन्न पुग्यो ।
बर्माको करिन रख्खाइ समस्या जातीय या धार्मिक पहिचानकै लडाइँ हुन् । हिन्द चीनका मानिसहरुको अनुहार उस्तै देखिए पनि जातीय आधारमा नै अलग-अलग राष्ट्र बनेका छन् । उत्तर आयरल्याण्डको क्याथोलिक पहिचान लामो समयदेखि विद्रोहरत छ ।
अर्थात सारांशमा एउटा सांस्कृतिक वा जातीय पहिचान नभई राष्ट्र बन्दैन । राष्ट्र बन्ने क्रममा बहुमतको पहिचानलाई अल्पमतले स्वीकारे राष्ट्र एक रहन्छ, अस्वीकार गरे टुक्रन्छ ।
नेपालको समस्या के हो ?
नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक वा बहुपहिचानयुक्त भएकोमा बिवाद छैन । तर, यो जातीय र क्षेत्रीय विविधतालाई एक सुत्रमा बाँध्ने एकल सांस्कृतिक पहिचान के हो ? त्यो नै नेपाली राष्ट्रियताको आधार हो ।
धर्म निरपेक्षताको विकल्प धार्मिक हिन्दु राज्य होइन, संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र एउटा पहिचानसहितको आधुनिक राष्ट्र हो
कर्णालीका ठकुरी, पहाडी खसहरु, नेवार समुदाय, मनकामनाका पुजारी मगर, गढीमाईका पुजारी धारु, मैथिलहरु, छिन्ताङका पुजारी राई लगायत पूर्वका किरातहरु इत्यादि सबैको एकल पहिचान भनेको सनातन हिन्दु सांस्कृतिक पहिचान नै हो । यो नै राष्ट्रियताको आधार हो । यदि यो भन्दा अलग आधारअरु केही छन् भने मलाई सुझाइदिए कृतज्ञ हुनेछु ।
धार्मिक राज्य के हो ?
सनातन हिन्दु राष्ट्रको अर्थ धार्मिक राज्य (थियोक्रेटिक स्टेट ) होइन । इरानमा जस्तो कुनै मठाधीसमा राज्य अधिकार जाने कुरा होइन । न त पहिले नै यहाँ त्यस्तो भएको थियो ।
हिन्दु धर्मको इतिहासमा राज्यलाई धर्माधिकारीहरुले नियन्त्रण वा हस्तक्षेप गरेको इतिहास विरलै पाइन्छ । यो पहिलेको तिब्बत वा बर्तमान भ्याटिकन जस्तो राज्यको कल्पना होइन ।
धर्म निरपेक्षताको विकल्प धार्मिक हिन्दु राज्य होइन, संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र एउटा पहिचानसहितको आधुनिक राष्ट्र हो ।
- See more at: http://www.onlinekhabar.com/2015/07/304714/#sthash.EwcH1hkj.dpuf

No comments:

Post a Comment