Sunday, June 24, 2012

Koshi High dam

अरुणकुमार सुवेदी

नेपाल-भारत सम्बन्धको बलबुतामा मात्र सम्भव हुने कोशी उच्च बाँधका बारेमा लेखिरहँदा एकजना भारतीय कनिष्ट कुटनीतिज्ञको नेपाली राजनीतिमाथि गरिएको टिप्पणीले नेपालमा सघन तरंगहरू पैदा भएका छन् । यसले आमनेपालीमाथि सकारात्मक सन्देश गएको छैन । नेपालको आन्तरिक राजनीतिमा भारतसँगको सम्बन्धलाई लिएर सधैं नकारात्मक प्रचार गरी आफूलाई राजनीतिक रूपले सवल बनाउने राजनीतिक शक्तिहरूलाई यसले अरू एउटा राम्रो मौका दिएको छ । यस्ता परिघटनाहरूले नेपाल भारतको सहकार्य, समझदारी र विश्वासमा विकास गर्नुपर्ने कोशी उच्चबाँध, महाकाली पञ्चेश्वर, कर्णाली चिसापानी जस्ता परियोजनाको भविष्यमा पनि गम्भीर असर पर्न सक्दछ । तर, नेपालको बुद्धिमानी एकजना कनिष्ट कुटनीतिज्ञको उत्ताउलो टिप्पणीका आधारमा मात्र भारतसँगको अपरिहार्य सम्बन्धलाई असर पार्ने किसिमका प्रतिक्रिया र क्रियाकलाप नगर्नुमै हुन्छ । यसकारण कोशी उच्च बाँध जस्ता परियोजनाहरू यथावत् छिटोभन्दा छिटो अगाडि बढाउनुमै नेपालको भलो छ । माधुरी दीक्षित र ऋतिक रोशन प्रकरण जस्तो अनावश्यक प्रतिक्रियात्मक अवस्था यसले ल्याउनेछैन भन्ने मेरो अपेक्षा छ ।

पुनः प्रसंगमै फिरौं । कोशी उच्च बाँध यदि अगाडि बढाइएमा जो स्वयं नेपालकै लागि पनि अपरिहार्य छ । केही रोचक अवस्थाहरू निर्माण हुनेछन् । यस अंकमा यस्तै अवस्थाहरूको उल्लेख गर्ने कोशिष गरेको छु । १. धरान-धनकुटा सडकमा मूलधारमा तमोर तर्नुपर्छ । सबैलाई थाहा भएकै कुरा हो । यदि कोशी बाँध बनाइएमा या त बाटोलाई माथिबाटै लेउती खोला तारी बुढी मोरङ हुँदै तमोर तार्नु पर्नेहुन्छ या त सिंसुवा फेरीदेखि बेलाहारको भित्तासम्म पानीभित्र सुरुङ बनाउनुपर्ने हुन्छ । पहिलो अवस्थामा १.५ कि.मि.लामो पुल बनाउनुपर्ने हुन्छ जसको बीचको खम्बा १ सय ५० मिटरभन्दा अग्लो हुनेछ । यो आफैंमा इञ्जिनियरिङ करिस्मा हुनेछ । यदि दोस्रो अवस्थामा सडक निर्माण गरे लगभग ५ किमिभन्दा लामो, त्यसमा पनि घुम्तीहरू भएको सुरुङ हुनेछ । पानीभित्र अर्थात् सरोवरभित्रको सुरुङ आफैंमा इञ्जिनियरिङ पर्यटन र सामान्य पर्यटकको विषय बन्नेछ । ठीकै यस्तै अवस्थामा अरुण नदीमा पनि हुनेछ । या त धनकुटाबाट जरायोटार भोजपुरसम्म ४-५ किमि लामो पुल १ सय ५० मिटरभन्दा बढीका खम्बा हाली बनाउनुपर्ने हुन्छ । या त तमोरमा भन्दा लामो सुरुङ माङमावा खोलादेखि जरायोटारसम्म बनाउनुपर्ने हुन्छ । यी दुवै अवस्थामा यो पनि इञ्जिनियरिङ चमत्कार हुनेछ ।

डुबान क्षेत्रमा परेका ठाउँबाट एक अर्को स्थानमा जान सडक यतायाताको स्थानमा 'फेरी' र 'मोटरबोट'हरू चल्नेछन् । पाँचथरको मौवा, आङ्ना क्षेत्र, धनकुटाको कुरुले मुडेवास क्षेत्र र तेह्रथुमको छत्थर पोखरी क्षेत्रका मानिस तमोर सरोवर आई 'फेरी' चढेर बराह क्षेत्र हुँदै धरान, उदयपुर, भोजपुर र शंखुवासभातिर जान सक्नेछन् । मूलघाट र लेगुवामा पुल बनाइए फेरीहरू पुलमुनिबाट पार हुनुपर्नेछ । जसको कारणले पनि पुलहरू विशालका हुनुपर्नेछ, यदि पानी सुरुङ बनाइए सुरुङमाथिबाट फेरीहरू चल्नेछन् । यी दुवै अवस्था आफैंमा रोमाञ्चक हुनेछन् ।

३. यो कोशी सरोवर त्रिशुल आकारको हुनेछ । अरुण, सुनकोशी र तमोर सरोवरहरू त्रिशुलीका एक/एक शुलझैं देखिनेछन् । यो पूरा क्षेत्र सरोवरमय हुनाले नयाँ पर्यावरण चक्रको सुरुआत हुनेछ । यस क्षेत्रका मानिसको जीवनशैली पूरा रूपान्तरित हुनेछ । कृषिमा आधारित जीवनशैली सरोवर सम्पदामा आधारित हुनेछ । हरेक गाउँका सरोवरतटमा होटल र रिसोर्टहरू हुनेछन् भने मत्स्यपालनको विकास हुनेछ । भेडेटार, छिन्ताङ चौदण्डी जस्ता स्थानमा स्टार होटल खुल्नेछन् र पर्यटन व्यवसाय मुख्य व्यवसायको रूपमा हुनेछ ।

४. नेपाललाई जलमार्गको सुविधा प्राप्त हुनेछ । बंगालको हल्दिया सुवर्ण्र्ााखा हुँदै जहाजहरू गंगा, महानन्द नदी भएर कोशीको पर्ूर्वी नहर हुँदै चतरासम्म आइपुग्नेछन् ।
५. कोशी उच्च बाँध संसारमै सबैभन्दा कम जनसंख्या विस्थापित गरी बन्नेमध्ये एक हुनेछ ।

कोशी उच्च बाँधको 'मोडालिटी' - नेपाललाई के कति फाइदा हुन्छ, यस बाँधबाट भन्ने विश्लेषण गर्नुभन्दा अगाडि जल, ऊर्जा र बाढी नियन्त्रणमा भारतसँग कस्तो साझेदारी गर्ने भन्नेमा नेपाल प्र्रष्ट हुन जरुरी छ । आजसम्म नेपाल पक्षले कोशी उच्च बाँधको साझेदारी 'मोडालिटी' यस्तो हनर्ुपर्छ भनी र्सार्वजनिक गरेको भेटिएको छैन । गत हप्ताका समाचारहरूको जानकारीअनुसार यस बाँधका लागि वार्ता गर्न नेपाली टोली भारत भ्रमणमा जाने भएको छ । यस कारण पनि साझेदारीसम्बन्धी 'मोडालिटी' महत्वपूर्ण हुनसक्छ । यहाँ उल्लेख गरिएको 'मोडालिटी' कुनै सरकारी स्रोतबाट प्राप्त सूचनाका आधारमा लेखिएको होइन । अहिले नेपालमै चलिरहेका 'मोडालिटी' भारतमा अभ्यास गरिएका 'मोडालिटी'हरूका आधारमा तथ्य एवं तर्कहरू प्रस्तुत गरी एउटा 'मोडालिटी' तयार पार्ने कोशिष गरिएको छ ।

नेपालले केही ठूला परियोजनाहरू अरुण तेस्रो -९००मेवा) र उपल्लो कर्ण्ााली -९०० मेवा) लाई २१ प्रतिशतभन्दा माथि विद्युत् परिणाम नेपाललाई मुफ्तमा उपलब्ध गर्राई ३५ वर्षम्म 'बुट' मा चलाई हस्तान्तरण गर्ने सम्झौता भए भने चीनको थ्री गर्जेजसँग पश्चिम सेती -७०० मेवा) परियोजना एक मेवा पनि नलिई ३५ वर्षा लागि नै दिइयो । पहिलेका दर्ुइ परियोजनाहरू रन अफ रिभर र सरोवरवाला हुन् भने दोस्रो परियोजना मूलतः सरोवर प्रविधिको मात्र हो । अन्य साना तथा मझौला परियोजनाहरू सिधा 'बुट' समयसम्मका लागि पूरा उत्पादनको विद्युत् खरिद सम्झौता गरिएका छन् । भारतमा पनि अहिले 'बुट' प्रणालीद्वारा धेरै परियोजना निर्माणाधीन छन् । र्सार्वजनिक र निजी क्षेत्रको समेत ठूलो लगानी भएका यस्ता परियोजनाहरू अरुणाञ्चल, सिक्किम, उत्तराखण्ड, हिमाञ्चल र जम्मु कश्मीर प्रदेशहरूमा बढी केन्द्रित छन् । हालै मात्र अरुणाञ्चल सरकारले सम्झौता गरेका केही १००० मेवासम्मका परियोजनाहरूको हकमा सरकारले सम्पर्ूण्ा उत्पादन पर््रवर्द्धक कम्पनीकै स्वामित्वमा रहने गरी ३५ वर्षो 'बुट' सम्झौता गरेको छ । तर, बहुउद्देश्यीय परियोजनाहरू र नदी लिंकिङ परियोजनासँग सम्बन्धित बाँधहरूमा भने निजी लगानी भएका उदाहरण छैनन् । सबैमा सरकारी लगानी नै भएको छ । यिनै तथ्य र अभ्यासहरूका आधारमा कोशी उच्च बाँधमा भारतीय सरकारी लगानी ल्याई त्यसका उत्पादनहरूको साझेदारी गर्ने 'मोडालिटी' को परिकल्पना गरिएको छ । जसका लागि केही नीतिगत आधारमा नेपालले भारतलाई लगानीका लागि राजी गराउनुपर्ने हुन्छ ।

१. विद्युत्को हकमा ३५ वर्षम्म २५ प्रतिशत अर्थात् ८२५ मेवा विद्युत् निःशुुल्क नेपाललाई उपलब्ध गराउनुपर्नेछ । जसको क्रय सम्झौता पनि गर्नुपर्नेछ । यदि साढे ४ रुपैयाँका दरले प्रतियुनिटको क्रय सम्झौता भएमा यसबाट नेपाललाई प्रतिवर्ष३२.५ अर्ब राजस्व प्राप्त हुनेछ । यो भारत र नेपाल दुवैतर्फअभ्यासमा आइसकेको पनि छ ।
२.सिंचाइको हकमा पूर्वी नहरतर्फ नेपाललाई १.७५ हेक्टर र पश्चिम नहरबाट १.७४ लाख हेक्टर गरी ३.५ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा प्राप्त हुनेछ । भारततर्फ पूर्वी नहरले २.९९ लाख हेक्टर र पश्चिम नहरतर्फाट ८.८४ लाख हेक्टर गरी लगभग १२ लाख हेक्टर जग्गामा सिंचाइ सुविधा प्राप्त हुनेछ । नेपाललाई ३० प्रतिशत र भारतलाई ७० प्रतिशत हिस्सा सिंचाइ हुनेछ । सिंचाइतर्फ५ प्रतिशत बढी नेपाललाई प्राप्त हुने र औद्योगिक तथा घरायसी प्रयोजनका लागि ७ लाख साठी हजार क्युबिक मिटर नेपाललाई प्राप्त हुने हुँदा ४० वर्षम्म सिंचाइ निःशुल्क उपलब्ध हुनेगरी त्यसपछि मात्र पानीको मूल्य निर्धारण गरी भारतबाट राजस्व प्राप्त गर्ने गरी शर्त राख्नुपर्ने हुन्छ ।

३. जल यातायाततर्फभारतलाई पनि उसको उत्तर-पूर्वतर्फ अर्थात् 'चिकेन नेक' को सैन्य सुदृढीकरणमा जल यातायातले ठूलो सामरिक महत्व राख्दछ । यस कारण बाँधको आयु रहुञ्जेलसम्म एकअर्कालाई निःशुल्क उपयोग गर्न दिने ।

४.बाढी नियन्त्रण मानवीय पक्ष पनि हो । यसले नेपालको तर्राई क्षेत्र र भारतको बिहारमा ठूलो जनसंख्यालाई बचाउँछ । यसको पनि व्यापारिक हिसाब नगर्ने ।
५.बाँध, पावरहाउस र प्रसारण लाइनको सुरक्षा अर्को महत्वपूर्ण र सम्बेदनशील विषय हो । फेरि भारतको संलग्नता हुनासथा अन्तर्राष्ट्रिय आतंकवादको जोखिम झन् बढेर आउँछ । नेपालका विभिन्न राजनीतिक शक्तिहरूको भारतप्रतिको दृष्टिकोण अलग/अलग भएबाट पनि बाँधको सुरक्षाप्रति भारत आश्वस्त नहुनु स्वाभाविक हो । यस कारण भारतलाई समेत आश्वस्त पार्न उक्त बाँधको सुरक्षा भारतीय गोर्खा रेजिमेन्टलाई दिनु राम्रो हुनेछ । गोर्खा भर्तीसम्बन्धी सम्झौतामा पनि गोर्खाली सेना नेपालको सुरक्षाका लागि प्रयोग गर्न सकिने प्रावधान छ । यस कारण यो र्सवाधिक महत्वको अव्यक्त विषयको पनि समाधान हुनेछ । क्रमशः

koshi dam

अरुणकुमार सुवेदी
केही अंक अगाडिदेखि भारतको राष्ट्रिय नदी लिंंकिङ परियोजना, त्यससँग नेपालको सम्बन्ध र नेपालको त्यससम्बन्धी लिनुपर्ने नीतिहरू तथा त्यस सञ्जालमा पर्ने नेपाली नदीहरूको बारेमा लेख्दै आएको छु । यसै क्रममा कोशी उच्चबाँधसम्बन्धी लेख गत दुई हप्तामा लेखिएन । यस अंकमा पनि कोशी उच्चबाँध सम्बन्धमा नै लेख केन्द्रित रहनेछ । तर, यी दुई हप्तामा नेपालको राजनीतिमा यति घिनलाग्दो, डरलाग्दो र उदेकलाग्दो परिघटना घट्यो कि एउटा संवेदनशील नागरिक भएकाले त्यसप्रति अलिकति पनि नलेखी बस्ने धैर्यता नै भएन । यस्तो किसिमले मुलुक जलिरहेका बखत एकोहोरो रूपमा रिभर लिंकिङ र नेपाली नदीहरूका बारेमा लेखिरहँदा वर्तमान वातावरणमा अप्रासांगिक र निरपेक्ष जस्तो हुनपुग्यो । यसर्थ अहिले उदेकलाग्दो राजनीतिक वातावरण गाउँ÷शहरका डरलाग्दा परिस्थिति र एउटा सन्देनशील नागरिकका लागि दुःखलाग्दो अवस्थाका कारणहरूका अन्तर्वस्तुमा संक्षेपमा जाने जमर्को गरेको छु ।
संसारमा नै यस्ता विपद्पूर्ण विवाद र राजनीतिक दुर्गति भोग्ने राष्ट्रहरूको सूची तयार गर्ने हो भने आर्थिक प्रगति गर्न नसकेको गरिब राष्ट्रहरू वा प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएका सर्वसत्तावाद राष्ट्रहरू मात्र त्यस सूचीमा पर्दछन् । बढी अशिक्षित र धर्मभीरु, राष्ट्रहरू पनि त्यस सूचीमा पर्दछन् । तर, नेपालको उदार प्रजातान्त्रिक अवस्थामा राष्ट्र प्रदेश गरी राम्ररी प्रजातान्त्रिक अभ्यास गरिरहेकै बेला विद्रोहको सामना गर्नुपथ्र्यो र त्यस विद्रोहलाई समायोजन गरेपश्चात् झन मुलुकको स्थिति दुर्गतितर्फ लाग्यो । आज मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फसिसकेको अभ्यास भएको छ । आखिर यो परिणति किन आयो । कसरी लाखौं युवाहरू दिनहुँ सडकमा विना कुनै संकोच निस्किरहेका छन् । सडक हेर्दा लाग्दछ ८० प्रतिशत युवाहरूको इलम नै सडकमा नाराबाजी गर्नु हो । प्रौढ र पुरातन भनिएको पीडित जात र धर्म निरपेक्ष हुनसक्थ्यो तर आजको साइवर पीडित अझ एक कदम अगाडि गई राष्ट्रसमेत निरपेक्ष भइसक्दा पनि साम्प्रदायिक भड्काउमा फिरिरहेछ ? यो पेचिलो प्रश्नको उत्तर खोज्नैपर्ने हुन्छ । जतिखेर माओवादीहरू जंगलबाट विद्रोह गरिरहेका थिए त्यस बखत एकजना मेरा जर्मन मित्रले मलाई सोधे, ‘एउटा उदार प्रजातान्त्रिक मुलुकमा यति छोटो समयमा विद्रोही कम्युनिस्टहरूले यत्रो शक्ति कसरी आर्जन गर्न सक्छन् ?’ यो राजनीति शास्त्र र समाजशास्त्रले व्याख्या गर्न नसक्ने विषय हो जस्तो लाग्छ । उनको यो पे्ररक प्रश्न धेरै प्रसंगमा मैले उठाउने गरेको छु । आखिर एउटा किशोर÷किशोरी खाउँ÷खाउँ, लाउँ÷लाउँ गर्ने उमेरमा, जीवन सबैभन्दा प्रिय र रमाइलो हुने कालमा किन जीवनकै जोखिम उठाएर मार्न र मर्न तयार भएर जंगल फस्न पुग्यो ? २०४६ सालपश्चात्का नीति अभियन्ताहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने प्रश्न आज पनि यही हो भन्ने लाग्छ । यी प्रश्नहरूको उत्तर खोज्दै जाने क्रममा अन्ततः आर्थिक, सामाजिक कारणमा नै हामी पुग्नुपर्ने हुन्छ । आर्थिक रूपले सम्पन्न र सबैसँग समान हक पाएको एउटा व्यक्तिले कहिल्यै विद्रोह गर्दैन । यो सब कोहीले बुझ्ने कुरा हो । सबै नागरिक समान हुन् भन्ने प्रजातन्त्रको शाश्वत मान्यताबाट शासन गर्ने प्रजातान्त्रिक शक्तिहरूले सबैलाई समृद्धि त परै जाओस् सामान्य जीवनयापनको वातावरण पनि तयार पार्न सकेनन् । मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको स्वप्नशीलता तिनीहरू खास गरिकन नेपाली कांगे्रससँग भएन । परिणाम स्वरूप विगतदेखि आजसम्मका दिनहरू देख्नुप¥यो । त्यही तिनीहरूको दुष्परिणाम स्वरूपको विद्रोहकारी मनोविज्ञानलाई माओवादीले राम्ररी उपयोग गर्न सक्यो । तर, आज त्यही विद्रोही शक्ति सत्तासिन छ तर ती विद्रोहका कारण बनेका नीतिहरू र आर्थिक विकास नहुनु नेतृत्वमा स्वप्नशीलता नहुनु जस्ता कारणहरू यथावत् छन् । अर्थात् विद्रोहको नेतृत्व गर्ने शक्तिको पलायन भयो र विद्रोहका कारणहरू झन् दर्बिला भएर आए । जसको परिणाम नेपाल बहुआयामिक द्वन्द्वमा फस्दै गएको छ । युवाहरू जातीयता र साम्प्रदायिकता वा क्षेत्रीयतामा बहकिन थालेका छन् । संक्षेपमा आउँदा दिनहरू झन् कष्टकर र भयावहपूर्ण हुन सक्छन् ।
यी समस्याहरू भए । यिनीहरूको निराकरण एउटा स्वप्नशील नेतृत्वले आफ्ना सपनाहरूका आधारमा तीव्र आर्थिक विकास गरेर मात्र गर्नसक्छ । यस्तै धेरै सपनाहर मध्ये कोशी उच्चबाँध पनि एक हुनसक्छ । म राष्ट्रलाई नेतृत्व गर्ने सम्भावना भएको स्वप्नशील नेता होइन । एकदम सामान्य चेतनशील नागरिक मात्र हुँ । तथापि मलाई सपना देख्ने लत बसेको छ । यसकारण कोशी उच्चबाँधसँग सम्बन्धित पनि मेरा मिठा सपनाहरू छन् । यी सपनाले नीति र विधि बनाई राज्यलाई नेतृत्व गर्ने सम्भावना भएकाहरूलाई कुनै प्रभाव पार्छ भन्ने पनि मलाई आशा छैन । त्यस परियोजनाको प्रतिफल स्वरूप सुखद भविष्यको संभावना भएका त्यस क्षेत्रका नागरिकहरूलाई पनि यसले कुनै प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । तथापि म, भावनावश वा स्वान्तसुखाय यी सपनाहरू लेखिरहेछु वा पोखिरहेछु । कुनै नेतृत्व तहको व्यक्तिले कुनै दिन देख्न अवश्य सक्नेछ भन्ने आश भने छ ।
यो विशालतम सरोवरको नाम कोशी किरातेश्वर सरोवर राख्ने सपना छ मेरो । जसको बाँधको पर्खालबाट बनेको सडकमाथि भगवान् शंकरको विशालकाय मूर्ति बनाई त्यही मूर्ति भित्रबाट केवलकारहरू बनाउने सपना छ ।
– ­एउटा केवलकार चतराबन्दरगाह (पोर्ट) कोशी हुँदै टप्पु आरक्षण क्षेत्रको पर्यटनसमेतका लागि महेन्द्र नगरसम्म पुग्नेछ । अर्को केवलकार छिन्ताङ डाँडा हुँदै छिन्ताङ मन्दिरसम्म पुग्नेछ । छिन्ताङ डाँडामा पर्यटकीय होटलहरू हुनेछन् । महेन्द्रनगर पनि पर्यटकीय वासस्थान हुनेछ ।
– चतराबाँधदेखि उदयपुरको घुर्मीसम्म ड्रिम यातायात चल्नेछ ।
– तीनैवटा सरोवरका सहायक खोलाहरूका किनारमा रिसोर्ट तथा होटलहरू यत्रतत्र हुनेछन् ।
– तीनैवटा सरोवर क्षेत्रमा फेरीहरू र मोटरबोटहरूबाट जल यातायात सेवाहरू सञ्चालन हुनेछन् ।
– पर्यटनलाई आधारित कृषि तथा पशुपालन व्यवसायहरू सञ्चालनमा आउनेछन् ।
– किनार क्षेत्रमा केजहरू राखी मत्स्यपालन व्यवसायहरू चल्नेछन् ।
– जलगर्भ यात्रादेखि लिएर हिमाली क्षेत्रको दृश्यावलोकन, बराहक्षेत्र, छिन्ताङ देवी र हलेसी महादेवसम्मको धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।
यस परियोजनाको विकासपछिका मेरा सपनाका केही व्यक्तिहरू छन्–
१. शेरहाङ लावती, शेरहाङ मौवा पाँचथर होटल व्यवसायी हुन् । मौवा लामी बगरमा उनको चारतारे होटल छ । चतराबाट आएका फेरीहरूको अन्तिम बिसौनी र तमोर एवं कावेली क्षेत्रका विद्युत परियोजनाहरू र जनसंख्या क्षेत्रमा जाने केवल वे हरूको अन्तिम बिसौनीको संगम स्थल हो लामीमगर । यस कारण उनको होटल असाध्यै चल्दछ । आज कोशी किरातेश्वर सागर क्षेत्र होटल एसोसिएसनको साधारणसभा छ, उदयपुरको घुर्मीमा उदयपुर घुर्मीको पाँचतारे होटलमा हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्रीले गर्दैछन् । उनी बिहानै उठेर तयार भए । अफ्नो निजी मोटरबोट लिएर उदयपुरतर्फ लागे उनलाई आँपटारमा मोटरबोट छाडी ट्राम चढेर १ बजे घुर्मी पुग्नुछ । आफ्नो ल्यापटपबाटै अनलाइन रही होटलको व्यवस्थापन र सञ्चालन गर्दै आजको साधारणसभामा पेस गरिने कोषाध्यक्षको प्रतिवेदन पनि यही समयमा अन्तिम रूप दिइसक्नुपर्ने छ । आज उनलाई निकै ठूलो बोझ छ ।
२. नन्दन गच्छदार महेन्द्रनगरका ट्राभेल एन्ड टुर्स चलाउने व्यवसायी हुन् । आज उच्च इन्जिनियरहरू, अध्येताहरू फिजिक्स र वातारणका केही विज्ञहरूसहितको अध्ययन टोली दक्षिण अमेरिकी राष्ट्रहरूबाट आउँदैछ । त्यसलाई विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा लिनलाई पुग्नु छ । उनी बिहानै उठी केवलकार चढी चतरा आउँछन् र चतराबाट रेल चढी विमानस्थल पुग्दछन् । तिनीहरूले बराह क्षेत्रबाट विभिन्न स्थानको जलगर्भ यात्रा गरी विभिन्न अध्ययन गर्ने छन् । यो परियोजनाको इञ्जिनियरिङ चमत्कारको अध्ययन गर्नेछन् । यो समूह नै यस वर्षको अन्तिम समूह हो उनको । यसको आयसहित यस पालिको टर्न ओभर रामै्र हुनेछ । उनी मनमनै हर्षित हुन्छन् र सपरिवार अफ्रिकाको जंगल सफारी जाने योजना बनाउँदै केवल वे स्टेसनतर्फ लाग्दछन् ।
३. रूप सिंह माझी मेरा सपनाका मत्स्यकिसान हुन् । खोकु बैंसीमा सप्तशरमा कार्यालय राखी उनी मत्स्यपालन गर्दछन् । खोकुदेखि जरायोटारसम्म उनका मत्स्य ‘केज’ हरू छन् । आफ्नो रेफ्रिजरेटर मोटरबोटहरूलाई वितरण गर्नपर्ने होटल र रेस्टुरेन्टहरूको सूची दिएर उनको आजको व्यापार सुरु भएको छ । पूरा सरोवर क्षेत्रका होटल र रेस्टुरेन्टहरूमा उनका माछा बिक्री हुन्छन् । यसपटकको उनको टर्नओभर ठूलै भयो । आफ्नो कम्पनीकी लेखा अधिकृत मैया सुन्चौरीलाई एक करोड त्रैमासिक कर भुक्तानीको चेक जारी गर्ने आदेश दिँदै अफ्नो घुम्ने कुर्सीमा एक चक्कर घुमेर पाइप सल्काउँछन् ।
४. उत्तम उपाध्याय चतरामा वधशाला सञ्चालन गर्दछन् । उनलाई रातको ३ बजेपछि फुर्सदै छैन । यत्रो पर्यटकीय सरोवर क्षेत्र, चतरा र धरानसम्म उनको नै एकछत्र व्यापार छ । उनले यसपटक मात्र ४ अर्बको कारोबार गरे । अफ्नो प्रमुख कार्यकारी अधिकृत लेखमान लुंगेलीलाई सबै जिम्मेवारी दिई उनी एक महिनाका लागि अस्टे«लिया यात्रामा सपरिवार जाँदैछन् ।
५. सुचिमा वान्तवा घडियाल र डलफिन किसान हुन् । उनका शौक नै अचम्मका छन् । हंसनपुर (भोजपुर) मा उनले ठूलो घडियाल फारम चलाएका छन् । घडियालको मासु मात्र उनले दुई अर्बभन्दा बढीको परिमाणमा चीनतर्फ निर्यात गरिन् यसपाली । यसको छाला भने इटलीतर्फ निर्यात गर्दछिन् । त्यति मात्र होइन यसको मासु त अंगअंगको अलग अलग मूल्य । यसको जिज्ञाशा राख्ने स्वदेशी पर्यटकलाई उनी व्याख्या गर्दछिन् । उनलाई आज अलि हतार छ । फलाटे रूपाटार (धनकुटा) को डल्फिन फारमको दृश्यावलोकन तथा डल्फिनसँग क्रीडा गर्ने उद्देश्यले रसियन पर्यटकहरूको टोलीलाई उनले स्वागत गर्नुपर्ने छ । यस कारण हतार हतार उनी आफ्नो निजी मोटरबोट लिई अरुण सरोवरतर्फ लागिन् ।
६. नेत्र तितुङ र विश्वेश्वर श्रेष्ठ यस क्षेत्रका नामी पर्यटक व्यवसायी साझेदारहरू हुन् । तीनैवटा सरोवरहरूमा फ्लोएटिङ होटल चलाउने ठेक्का यिनीहरूको छ वर्षांैदेखि । सफा पानीका सुन्दरसरोवरका बीच बीचमा तैरिएका होटलहरूमा रात बिताउन संसारभरिका मानिस आउने गर्दछन् । भारतका प्रमुख शहरका धनाढ्य तथा मध्यमवर्गकाहरूको ‘हनिमुन स्पट’ बनेका ती होटलहरूको त ख्याति नै अलग । यसपटकको टेन्डरमा कोशी किरातेश्वर सागर प्राधिकरणलाई रोयल्टी मात्र एक अर्ब दिने कबोल गरेका थिए उनीहरूले ।

Thursday, June 14, 2012

Ultimately ,CERN has become unable to find the Higg's boson as well can't prove  the speed of NE neutrinos is higher thn d speed of light.I 'm firm to say that something exists beyond light which is having speed higher thn d light but our observation capacity is limited by the speed of light, so, try to observe the entity having speed higher thn light is futile ,Don't worry dear scientists associated in that project,it is clealy mentioned in eastern ancient philosophy plz go through it n try to understand Brahma

Friday, May 4, 2012

एक जना बर्कले बमले सम्पूर्ण खस जातिहरु लाई रोलिङ्ग stone भनेछन त्यतिले मात्र नभएर सबै
क्ष्यत्री र बाहुन लाई समाप्त पारे मात्र नेपालको समस्या खतम हुने बर्बर बिचार ब्यक्त गरेछन ,त्यस्तो genocide को कुरा गर्ने व्यक्ति लाइ कानून लाग्छा कि लाग्दैन ?

Saturday, March 31, 2012

Omni or multi craft of Ghatotkach

Ghatotkach is one of the major character in Mahabharata.After 14thday of war ,the war started at night also.In night war Ghatotkach was having omnikraft of 1800ft cuboid .The shape and size of the Omnicraft was changeable as desired by Ghatotkach.It was capable to fly in space,wheel in Earth ,float in sea and immersed in deep sea.Can we imagine such Omni or Multi craft at present,if so,how can we explain that?plz write.

Friday, March 30, 2012

लगभग चार बर्ष पहिले काठमाण्डुमा मेट्रो रेल का बारेमा मैले सपनाका गाथाहरुमा लेखेको थिए आजको नागरिक दैनिक ले झन्नै त्यस्तै प्लान छाप्यो ,अत्यन्त खुसि लाग्यो तर सातदोबाटो लाई गोदावरी र एरपोर्ट लाई धोलिखेल जोडी बिस्वबिध्यालय हुदै बिरगंज किन जोदियाना ?मेरो अझै सल्लाह छ