Saturday, January 26, 2013

Article of Hita /Nepal bharat Baarta

उपलब्धिहीन नेपाल–भारत जलस्रोत बार्ता
अरुणकुमार सुवेदी
नेपाल–भारत जलस्रोत उपयोगसम्बन्धी बार्ता सकिएको छ । कुनै ठोस निर्णय र उपलब्धि नआएको बार्ता एउटा औपचारिकताझंै मात्र प्रतीत हुन्छ । तथापि डङ्डङ्ती गनाउने कुहिया सिद्धान्तका हिमायती वैद्य बा जस्ता नेताले भने त्यो चीया वार्ताको विरोध नगरी छाडेनन् । यस वार्ताको सबैभन्दा ठूलो कुराझैं गरी नेपाली पक्षले राखेको विषय थियो– इनर्जी ब्यांकिङ । नेपाल–भारतबीच जल उपयोगका लागि अपार सम्भावना भए तापनि त्यस्ता ठूला सम्भावना र नेपालको आर्थिक अवस्थाको कायपलट हुने विषयप्रति नेपालीपक्षले कुनै ठूलो चासो र दृष्टिकोण राख्ने गरेको थिएन र यसपाली पनि राखेन ।
भारतसँगको जल उपयोगको साझेदारी २०११ सालदेखि सुरु हुनासाथ नेपालमा जल–राष्ट्रियताको उग्र संस्कार उठ्न पुग्यो । त्यसपछि ६ दशकसम्म पनि यो नारा जल राष्ट्रियताको राजनीति चाहिँ अरू उग्र बन्दै गयो नेपालले उपलब्धि चाहिँ के पायो जग जाहेर छ । यस उग्रता र जडताले न भारतलाई सहज रूपमा सहकार्य गर्न सक्ने अवस्था निर्माण ग¥यो न त नेपाल आफैंले केही गर्न सक्यो । अब समय आइसकेको छ । जल राष्ट्रियताको कुराभन्दा हाम्रो समृद्धिको साधन हो । राष्ट्रियता बिक्रीयोग्य कुरा होइन तर जल बिक्रीयोग्य साधन हो । अब फलानो नदी फलानाले बिक्री ग¥यो भनी राल्फाली गीतमा गीतार बजाई जनताको भावना भुट्ने कामभन्दा सम्भाव्य सबै नदीनालाको उपयोगितालाई हरसम्भव बिक्री गरी नेपाल र नेपालीको समृद्धि बढाउनुपर्छ । अबको दृष्टिकोण नदी नालाका उपयोगिता बिक्री गरौं भन्ने सिद्धान्ततर्फ अग्रसर हुनुपर्दछ । जसले यो दृष्टिकोणको विरुद्धमा गई भाड्ने कोशिष गर्छ ती नेपालको समृद्धिका बाधक र राष्ट्रद्रोही हुन् । अब नेपाली पक्षले भन्न सक्नुपर्छ, हामी सबै नदीको उपयोगिता बिक्री गर्न चाहन्छौं, शर्त मिलाई किन भनी भारतसामु प्रस्ताव राख्न सक्नुपथ्र्यो ।
नेपाललाई ठूलो आर्थिक लाभ दिन सक्ने ठूला–ठूला परियोजनामा क्रेताको अर्थात् भारतको चाख र प्राथमिकता के हो ? र, नेपालले के कुरा गरी हाम्रा नदीनालाको आर्थिक उपयोगितालाई प्रयोग गर्न सकिएला भनी किन हामी सोध्न सकिरहेका छैनौं ? व्यापार व्यवसायमा एटा मान्यता छ, बजार क्रेताको हुन्छ, बिक्रेताको बजारमाथि नियन्त्रण भयो भने राम्रो मानिन्न । यस कराण नेपालले आफ्नो क्रेताको चाख र आशय सोधी आफूले कुन परियोजना बढी बिक्रीयोग्य छ तिनीहरूलाई अगाडि बढाउनुपर्ने हुन्थ्यो । तर, नेपाल आफैं अलमलमा देखियो । अत्यन्त ठूलो र महŒवाकांक्षी विषयप्रति धारणा राख्नुपर्नेमा ‘इनर्जी बैंकिङ’ तिनै ठूला कुराको एउटा सामान्य शर्तमाथि नेपाल केन्द्रित देखियो ।
अहिलेको भारतको चाखमा पहिलो कुरा बढी नियन्त्रण र दोस्रो सिंचाई हो । यी दुई कुरामा सहमति हुनासाथ विद्युत्को आदानप्रदान वा निर्यात दरमा कुरा नमिल्ला भन्न सकिन्न । पचास करोड मानिसको बासस्थान रहेको गंगा उपत्यकाको सभ्यतालाई सुरुक्षा दिन बाढी नियन्त्रण भारतका लागि अत्यन्त महŒवपूर्ण विषय हो । जसका लागि नेपालमा योजना गरिएका २३ वटा बाधबाट वर्षायामको प्रवाहलाई २० प्रतिशत घटाई बाढी नियन्त्रण गर्ने धारणालाई नेपालले उठाउँदै उठाएन । त्यस कुराको उठान भारतीय पक्षले मात्र गर्दा नेपालमा अनावश्यक राजनीतिक बखेडा उत्पन्न हुने कुरा सबैलाई थाहा छ । यसर्थ यो कुरा नेपालपक्षबाट आओस् भन्ने भारतको अपेक्षा रहेको हुनुपर्छ । त्यसमाथि कांगे्रस सत्तामा रहँदा पानी वात लागि आएको इतिहास हुनाले कम्युनिष्टहरू सत्तामा रहँदै यो प्रस्ताव आएको भए भारतलाई अरू सहज हुने थियो । तर, नेपाल पक्षले यो मनोविज्ञान बुझ्न सकेन । यसका साथै भारतको ‘जलग्रिड’ अर्थात् नदी जोड परियोजनाका मुख्य अंशहरू कोशी उच्च बाँध, गण्डक बाँध, कर्णाली चिसापानी र महाकाली नदीप्रति नेपालले सहमति जनाउने आफ्नो मुख्य चाखका विषयको उठान गर्न पनि सकेन । आफ्नो जलको उपयोग आफ्नो पक्षमा गर्न अर्काको स्रोतलाई परिचालन नगर्ने परिपे्रक्ष्यमा नेपाल अलमलिएको छ । नेपालको अतीतका कारणले त्यस्ता विषय भारतले उठान गर्नासाथ विवाद हुने र नेपालले उठाउने बुद्धि नै नपु¥याउने स्थिति रहेको कुरा यसपालीको बैठकमा पनि प्रमाणित भयो ।
अन्ततः यो स्वप्नाकारको एउटै रटान छ बारम्बार दोहोरिने–
१. कोशी उच्च बाँधलाई भारतले योजना गरेअनुसार पूर्वी नहर जलयातायातलाई योग्य हुने गरी शीघ्र अगाडि बढाउने ।
२. तेईसवटै बाँधलाई जतिसक्दो अगाडि बढाउने ।
३. त्यसको उत्पादन अर्थात् विद्युत्लाई न्यूनतम समर्थन मूल्य कायम गरी उपयोग सम्झौता गर्ने ।
४. यस्ता परियोजनाको सुरक्षा र व्यवस्थापन द्विराष्ट्रिय संयन्त्रमार्फत गर्ने ।
५. यस्ता नदीको बहुपक्षीयकरण नगर्ने ।

Saturday, January 19, 2013

Hita article on sudhir Basnet

उमेशचन्द्र जैनदेखि सुधिर बस्नेतसम्म
अरुणकुमार सुवेदी
नेपालका कुनै जमानाका सबैभन्दा चर्चित विल्डर्स सुधिर बस्नेत अहिले ठगीको मुद्दामा प्रहरी हिरासतमा छन् । प्रहरीले छातीमा नाम र मुद्दा टाँसेर हतकडी लगाएर उनलाई पे्रससमक्ष बहादुरी देखाएझैं गरी प्रस्तुत ग¥यो । केही वित्त कम्पनीहरू, निकैवटा सहकारी फाइनेन्सहरू, धेरैवटा एपार्टमेन्ट तथा हाउजिङका प्रवद्र्धक सुधिर बस्नेतको कम्पनीको विज्ञापन नभएको र नआएको कुनै दिन हुन्न थियो, केही समय अगाडिसम्म । उनीबाट करोडौंको विज्ञापन लिने सञ्चारमाध्यमले कुनै पञ्चखत गरी फरार अभियुक्तलाई प्रहरीले अपमानपूर्ण किसिमबाट गरेको प्रस्तुतिलाई जस्ताको तस्तै 
प्रशारण गरे । यो लेखक पनि उद्योग÷व्यापारसँग लामो समयदेखि सम्बन्धित छ, यस दर्मियानमा आएको मेरो एउटा अनुभूति सायद सुधिर बस्नेतलाई पनि बारम्बार आइरहेको हुनुपर्छ । यो देशमा उद्योग व्यापार गर्नु भनेको ठूलै भूल हो । यस प्रकरणमा नेउवा महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको एउटा भनाइ पनि दोहो¥याउनु प्रासंगिक छ– ‘नेपालमा उद्योग गर्नु भनेको पूर्वजन्मको अपराधको सजाय हो ।’ यति भनिरहँदा एउटा गम्भीर प्रश्नमाथि विश्लेषण गर्नु वेश होला । नेपालमा यस्ता ठूला व्यवसायीका सबै कम्पनी एकैपटक असफल कसरी हुन्छन् र उनीहरू यस्तो दुर्गतिमा आइपुग्छन् ? 
नेपालको सुधिर बस्नेत यस्तो नियति भोग्ने पहिलो व्यक्ति हैनन् । कसुर गरेबापत त संसारभरि जहाँ पनि दण्डित भएका उदाहरणहरू छन् तर यस प्रकृतिका अवस्थाहरूमा बैंकहरूबाट सबै कम्पनीहरू एकैपटक कारबाहीमा परी मानिस सडकमा आउनुपर्ने अपराधपूर्ण कानुनहरू चाहिँ सायद नेपालमा मात्र छन् । यसको अन्तिम उदारण मात्र हुन् सुधिर बस्नेत । यो क्रम संभवतः स्व. उमेशचन्द्र जैनको पालादेखि चलिआएको छ । कुनै त्यस्तो कसुर विना टाटा मोटर्सको एजेन्सी हत्याउन उनीमाथि कानुन र बैंकहरू यसरी जाई लागे कि अन्ततः उनी पलायन हुन बाध्य भए । उनका सबै कम्पनीहरू बन्द भए र बैंकले प्रहरी लगाएर घरबाट झिटिगुण्टा फाल्ने कामसम्म ग¥यो । आफ्नो ऋण सावाँ ब्याज बुझाई सम्पत्ति फिर्ता पाउँभन्दा पनि दिइएनन् । अन्ततः उनी आफ्नो चार्टर्ड एकाउन्टेन्ट छोरीको शरणमा गुमनाम भई प्राण त्याग गर्न बाध्य भए । उनीसँगको मेरो लामो परिचयमा उनका करुण कथाहरू मैले यथेष्ट सुनेको थिएँ । 
यस्तै दुःखपूर्ण कथा छ मंगतुराम अग्रवालको पनि । ७÷८ वटा कम्पनीका मालिक मंगतुरामको एउटा कम्पनीको कारोवार के तलमाथि भा’थ्यो उनी र उनका तीन भाइ छोराहरू जेल जानुप¥यो र उनका बाँकी सबै उद्योगहरू लावारिस भई दुबो उम्रिन पुग्यो । केही समयअगाडि पियूषबहादुर अमात्यले खेपेको अपमान पनि कम छैन । २०५०÷५१ ताका केही हजार डलरको अपचलनमा मोहन गोपाल खेतानले पनि केही दिन हवालातको हावा विना सिक्री खानुप¥यो । भर्खर मात्र प्रतिष्ठित घराना त्रिवेणी गु्रपका सुभाष संघाईलाई २१ लाखको मसिनो मुद्दामा गिरफ्तार गरियो । यी सबै प्रकरणहरूमा मलाई अनौठो लागेको विषय के छ भने राजनीतिक र प्रशासनिक क्षेत्र ठूलो माछा मारे भनी फुलेको देखिन्छ भने पे्रस पनि अत्यन्त उत्ताउलो भएर त्यस्ता प्रकरणलाई ठीक हो भनी उचाली रहेको हुन्छ, जनसाधारणको मनोविज्ञान पनि सोही अनुरूप ‘लाखा त’ भनी आनन्दित हुने खालको देखिन्छ ।
आखिर नेपालमा यस्ता व्यवसायी किन यस्तो अवस्थामा फस्न पुग्दछन् । के यस्ता मुद्दाको समाधान राज्यले अहिले जे गरिरहेछ त्यही हो ? वा अन्यथा हुन सक्थ्यो÷सक्छ ? यी प्रश्नहरूको समाधान खोज्ने क्रममा अहिले सम्म व्यापारीहरूमाथि गरिएका मुद्दाहरूमा तीन प्रकृतिका देखिन्छन् । एउटा सिधा अपराधपूर्ण जस्तो रामकुमार भद्रपुरियाहरूको प्रतीतपत्र काण्ड जस्तो, अर्काथरी सामान्य प्राविधिक त्रुटि जस्तो मोहन खेतान, सुभाष संघाईहरू फसे भने अर्को जनताप्रतिको दायित्वलाई समयमा पूरा गर्न नसक्दाको अवस्था जस्तो सुधिर बस्नेतको काण्ड । तर, सुधिर बस्नेतलाई जुन अवस्था सिर्जना भएको छ त्यो भने पियूषबहादुर अमात्यलाई झैं व्यक्तिगत लेनदेनको काण्ड सरकारवादी मुद्दा ठगीमा परिणत भएको देखिन्छ । आज अर्बौंको सम्पत्तिका मालिक र अर्बाैंको बैंकिङ कर्जा लिन सक्ने साखका धनी सुधिर बस्नेत केही लाख÷करोडको दायित्वको खिचलोले खतुकी जस्तो भई हिरासतमा रात बिताइरहेछन् । उनका सबै कम्पनीहरू बन्द गर्नुपर्ने अवस्थामा पुगे भने उनी आफ्नो श्रीसम्पत्तिको उपयोग गरी बजारको वित्तीय दायित्व पूर्ण गर्नबाट बलात् रोकिन पुगेका छन् । नेपालका उद्योगी यस्तो दुर्गति हुन् र भारत, चीनजस्ता ठूला राष्ट्रहरूको बीचमा रहेर पनि यथोचित वैदेशिक लगानी नभित्रनु पछाडिको कारण यस्तै आततायी कानुनी प्रावधानहरू हुन् । मैले पहिले पनि लेखिसक्या छु यदि विजया माल्या नेपालमा भएको भए किङफिसर एअरलाइन्स असफल हुनासाथ उनका सबै कम्पनीहरू बन्द हुन्थे र उनी कालोसूचीमा परी संभवतः जेल पनि जान सक्थे तर भारतमा त्यो भएन न त उनको नाममा फोटोसहितको ३५ दिने सूचना कुनै अखबारमा निस्कियो, न त उनी कालो सूचीमा परे, न त उनका अरू कम्पनीहरू नै प्रभावित भए । उनले मौका पाए लगभग सबै दायित्वहरूबाट मुक्त हुने तर्खरमा छन् । यस कारण एउटा कुनै कम्पनी विफल हुँदा त्यसका प्रवद्र्धकलाई कालोसूचीमा राखी अरू सम्पूर्ण कम्पनीहरूलाई प्रभावित पार्ने र भविष्यमा अरू कम्पनी खोली कारोबार गर्न पाउने आधारभूत मानवाधिकारबाट वञ्चित गर्नेखालको आततायी कानुनको कारणले नै धेरै व्यापारी÷व्यवसायीहरू बलात् असफल बनाइएका छन् । अर्काेतर्फ सुधिर बस्नेतको जस्तो आमरूपमा जनताको ठूलो लगानी भएका प्रतिष्ठानहरूलाई यस्तो ध्वंसात्मक (डेस्ट्रक्टिभको अर्थमा) कारबाही गर्दा व्यवसायी साख, सम्पत्तिमा नडुबी उसको पछाडि लगानी गर्ने जनताको लगानी पनि डुब्न जान्छ । यस कारण यस्ता मुद्दाहरूको समाधान आमनागरिकको लगानी नडुबोस् भनी सकारात्मक सोचले गरिरहनुपर्छ । जसरी युनिटी प्रकरणमा जनताको लगानीबाट सिर्जित सम्पत्ति र लगानीसमेत बर्बाद भयो, सुधिर बस्नेतको प्रकरणमा पनि त्यस्तै नहोस् । युनिटी प्रकरणमा सम्बन्धित व्यक्तिहरूको पासपोर्ट जफत गरी सरकारी निगरानीमा राखी सम्पत्तिहरूको उपयोग गरी जनताको लगानी फिर्ता गर्ने वातावरण बनाएको भए संभवतः यस्तो आमरोदनको अवस्था निर्माण हुने थिएन । आजसम्म उसको प्रत्यक्ष स्वामित्वमा रहेको सम्पत्ति र अपचलित सम्पत्ति उठाएर सबै जनताको लगानी उठ्न सक्दथ्यो । तर, यसप्रति न त पे्रसले सकारात्मक उपाय सुझायो । न त सरकारले सोच्यो । परिणाम स्वरूप प्रवद्र्धक र कर्मचारीहरू अपमानपूर्ण जीवन बिताई जेल यात्रामा पुगे, जनताको पैसा फिर्ता हुने संभावना शून्य भयो । कदाचित् सुधिर बस्नेत प्रकरणमा पनि त्यस्तै अवस्था नआओस्, आजको दिनसम्म सम्भवतः उनका विभिन्न कम्पनीहरूको सम्पत्तिको उपयोग गरी बैंकिङ र जनताको दायित्वलाई नगद र जिन्सी रूपमा तिर्न सक्ने अवस्था छ र उनलाई काम गर्न दिए त्यो कुरा हुनसक्ने देखिन्छ । यदि केही लाख÷ करोडको खिचलोमा उनलाई थुन्ने हो भने सबै सम्पत्ति ‘डिस्ट्रेस’ मूल्यमा लिलाम हुन पुगेमा बैंकहरूले त उठाउलान् जनताको टुक्रा टुक्रा लगानीलाई एकमुष्ट उठाउन पनि सकिन्न र उनले पछ्र्यौट गर्न पनि पाउन्नन् । अन्ततः त्यो सबै डुब्ने छ । यसकारण सुधिर बस्नेतलाई कारोवार फरफारक गर्ने समय दिनु लगानीकर्ता जनताको पक्षमा छ । आगे मेरो निजसँग परिचय प्रत्यक्ष÷अप्रत्यक्ष सम्बन्ध केही पनि नरहेको कुरा जानकारी गराउँछु ।

Saturday, January 12, 2013

विवादको भुवरीमा त्रिशुली–३ ‘ए’
अरुणकुमार सुवेदी 
उपल्लो त्रिशुली–३ ‘ए’ को क्षमता वृद्धिमा प्राविधिक रूपले विरोध गर्नुपर्ने कुनै कारण छैन । अब रहृयो प्रचलित ऐन कानुनअनुसार त्यसको ठेक्कापट्टा दिँदा नियमसंगत भयो कि भएन भन्ने । ६० मेवाको ग्लोवल टेडन्र गरिँदा नेपाल विद्युत् प्राधिकरणले तयार पारेको टेन्डर डकुमेन्टकै आधारमा सबै प्रतिस्पर्धीले टेन्डर भरेका थिए, जसमध्ये चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसनले उक्त टेन्डर पा¥यो । जब साइट इञ्जिनियरहरूले काम सुरु गरे तब चिनियाँहरूलाई थाहा भयो यसबाट बढी विद्युत् निकाल्न सकिन्छ । अनि उनीहरूको नै सल्लाहअनुसार क्षमता वृद्धिको प्रकरण अगाडि बढ्यो । सरकार क्षमता वृद्धिको निर्णयमा पुगेपछि अब सरकारसामु दुई विकल्प थिए । या त गेजुवा गु्रपलाई आजसम्म गरेको कामको भुक्तानी गरी ९० मेवाका लागि नयाँ टेन्डर आहृवान गर्ने अन्यथा ६० मेवाको सम्झौता भएको दरमा गेजुवालाई ३० मेवा थप गरिएको इञ्जिनियरिङअनुसार निर्माण ठेक्का दिने । यी दुई विकल्पमध्ये सरकारले दोस्रो विकल्प रोजेको देखिन्छ ।
दुई अर्बको भ्रष्टाचार ?
उक्त परियोजनामा दुई अर्बभन्दा बढीको भ्रष्टाचार भयो भनी विद्युत् प्राधिकरणकै कर्मचारीसमेत धर्नामा बसेको समाचार आइरहेछ । ६० मेवाको ठेक्का सम्झौता पहिले नै भएको हो । थप ३० मेवाको ठेक्का दिँदा २ अर्ब भ्रष्टाचार भयो भन्ने गणित चाहिँ सामान्य अंकगणित र विद्युत् परियोजनाको कखरा जान्ने जो–कोहीलाई पनि अचम्म लाग्ने कुरा हो । नेपालमा साना परियोजनाहरूको लागत सामान्य तथा प्रतिमेवा १६ करोडको हाराहारी पर्ने गर्छ । ठूला परियोजनाहरूको हकमा ‘स्केल अफ इकोनमी’ राम्रो हुने हुँदा लागत रकम अलि कम पनि हुनसक्छ । यसका आधारमा विश्लेषण गर्दा ४५०–४८० करोडसम्मको लागत उक्त परियोजनामा थप भएको हुनसक्छ । यति लागतमा २ अर्ब घूस दिनसक्ने कम्पनी शायदै संसारमा पाइएलान्, लागतको ४० प्रतिशत । आर्थिक चलखेल नै भएन भन्ने कुरालाई अस्वीकार गर्न खोजिएको छैन तर नेपाली कांगे्रस, नेकपा एमालेजस्ता सत्ता व्यवस्थापनको प्राविधिक र छद्म पक्षमा पारंगत दलहरूले यस्तो हावादारी तथ्यांकलाई जोड दिनुचाहिँ अचम्मको कुरा हो ।
समस्याको चुरो के हो ?
यहाँ सबैभन्दा ठूलो समस्या भनेको नेविप्राको बिरामी हात्ती जस्तो संरचनात्मक ढाँचा र लथालिंग व्यवस्थापन त हो नै साथै सरकार र प्राविधिकको ऊर्जा नीति र रणनीति पनि हो । नेविप्राले पानीको उच्चतम उपयोगलाई ध्यान नदिई परियोजनाहरूको डिजाइन गरेको तथ्य यसभन्दा पहिलेको लेखमा प्रमाणित भइसकेको छ । प्राधिकरणले बताएका सबै परियोजनाहरूको लागत पनि बढेर उच्च हुने गरेको छ । प्राधिकरणले ट्रान्समिसन प्रणालीको व्यवस्थापन गर्न नसकेर नयाँ परियोजनाहरू आउनसकिरहेका छैनन् भने कनेक्सन एग्रिमेन्ट गरेको परियोजनालाई पनि समयमा सब स्टेसन नबन्नाले जोखिममा परिरहेका छन् । यसैबीच यस्तो लथालिंग अवस्थामा रहेको प्राधिकरणले ३३५ मेवाको उपल्लो अरुण पनि आफूलाई दिन सरकारसमक्ष अनुरोध गरेको समाचार आएको थियो । वास्तवमा त्रिशुली–३ ‘ए’ प्राधिकरणलाई दिनु नै सबभन्दा ठूलो त्रुटि थियो ।
उप्रान्तका नीति र रणनीति के हुनुपर्ला ?
प्राधिकरण वा सरकारी स्वामित्वमा बनेका परियोजनाहरूभन्दा निजी क्षेत्रबाट बनिरहेका परियोजनाहरूको प्राविधिक र आर्थिक ‘पर्पmरमेन्स’ राम्रो छ । यसकारण त्रिशूली–३ ‘ए’ लाई कम्पनी बनाइएको भए यी सबै समस्याबाट सरकार र प्राधिकरण मुक्त हुने थिए । तर, उप्रान्त प्राधिकरणलाई कुनै पनि परियोजना बनाउन दिनुहुन्न भन्ने मेरो मत छ ।
साथै प्राधिकरणको बिरामी हात्तीको संरचना परिवर्तन गरी सबै उत्पादन परियोजनाहरूलाई अलगअलग कम्पनी बनाउने वा निजीकरण गर्नुपर्दछ । विद्युत् वितरणका लागि पनि अलगअलग क्षेत्रमा आवश्यकताअनुसार कम्पनीहरू बनाइदिने । सरकारको स्वामित्वमा भने प्रशारण गर्ने कर्पोरेसनका रूपमा मात्र वर्तमान प्राधिकरणलाई सिीमित गरिनुपर्छ । परियोजनाहरू र वितरण प्रणालीलाई कम्पनीकरण वा निजीकरण गर्दा प्राप्त हुने रकमलाई प्रशारण लाइन व्यवस्थापन गर्न सकिन्छ । जो नेपालको विद्युत् विकासको सबैभन्दा ठूलो समस्या बनिरहेको छ । अब पनि समय सकिएको छैन । त्रिशुली–३‘ए’ को मूल्यांकन अद्यावधिक गरी तुरुन्त कम्पनीको रूपमा परिणत गरिनुपर्छ भन्ने मेरो विचार छ । 

Friday, January 11, 2013

message
Turn off for: Hindi
विवादको भुवरीमा त्रिशूली-३ ए
अरुणकुमार सुवेदी
काठमाडौं

नेपाल विद्युत् प्राधिकरण मुलुकको सर्वाधिक विवादास्पद र आलोच्य प्रतिष्ठान बनिरहेका बखत सरकारका कारणले यो अरू थप आक्रोशपूर्ण आलोचनाको भुवरीमा फस्न पुगेको छ । सरकारले त्रिशूली-३ ए को क्षमता वृद्धि गरी ६० मेवाबाट ९० मेवा पुर्‍याएपछि सरकारसँगै त्यसका लागि वातावरण तयार गर्ने नेव्रि्रा पनि शंका र ती व्र आलोचनाको घेरामा पुगेको छ । यस परियोजनाको क्षमता वृद्धिका विरुद्ध लागेका निर्देशक, कर्मचारी र सञ्चालक मात्र होइन स्वयं ऊर्जा सचिवमाथि नै यस परियोजनाको सवालमा विश्वास गरिएन । परिणाम स्वरूप मुख्यसचिवलाई अध्यक्ष बनाई प्रम स्वयं ऊर्जामन्त्री भएका बखत यो परियोजनाको क्षमता वृद्धि गरिएको छ । ३० मेवा थप क्षमता वृद्धि हुनसक्थ्यो भने संभाव्यता अध्ययनताका किन त्यस्तो देखिएन र अहिले आएर चिनियाँ कम्पनीले ठेक्का काम सुरु गरेपछि किन क्षमता वृद्धि हुने कुरा रातोरात अगाडि आयो सबैभन्दा शंका गर्नुपर्ने खण्ड यसैमा पर्न गयो । तर, यस विषयको जुगलबन्दी प्राविधिक दृष्ट पक्षहरूलाई लिएर भन्दा अदृश्य र अप्रमाणित भएको आर्थिक चलखेलको कुरामा बढी केन्द्रित देखिन्छ । यसै परिपे्रक्ष्यमा त्रिशूली-३ ए को क्षमता वृद्धि प्राविधिक र व्यापारिक रूपले कत्तिको औचित्यपूर्ण छ, केही विश्लेषण गर्नु सान्दर्भिक छ ।

सामान्य तया नेव्रि्राले अध्ययन गरेका धेरैवटा परियोजनाहरू सुरक्षित र कम क्षमतालाई प्राथमिकता दिई अध्ययन गरेको पाइन्छ । यसको उदाहरणमा सुपर सिक्सअन्तर्गतका दुइवटा परियोजनाहरूलाई लिन सकिन्छ । २० मेवाको उत्पादनलाई अध्ययन गरिएको मेवा खोलापछि त्यो परियोजना लिने कम्पनीले पुनः अध्ययन गर्दा नेपालको कानुन व्यवस्थाअनुसारको पानी छाडेर क्यू-४० मा डिजाइन गर्दा ५० मेवा निक्लने पाइयो । अझ चिनियाँ विज्ञहरूले पानी र हेड नापी अध्ययन गर्दा उत्पादन ६८ मेवासम्म पुग्ने संभावना देखिएको छ । त्यस्तै अर्को परियोजना हो सिंगटी । सुरुमा नेपाल विद्युत प्राधिकरणको अध्ययनअनुसार क्यू ६५ मा डिजाइन गरी ६ मेवा मात्र विद्युत् उत्पादन क्षमताका लागि उक्त परियोजना लिलाम गरिएको थियो । तर, प्रचलित मापदण्डअनुसार क्यू ४० मा उक्त परियोजनाको पुनः डिजाइन गर्दा मेवा उत्पादन हुने पाइयो । हाल चिनियाँ प्राविधिक टोलीले त्यसखालको हाइड्रोलजी अध्ययन गर्दा ३० मेवासम्म क्यू ४० मा निक्लन सक्ने कुरा स्पष्ट गणित गरेका छन् । सामान्य चेतनशील जनताले बुझने गरी कुनै पनि जलविद्युत् परियोजनाका प्राविधिक पक्षहरू उल्लेख गर्नु व्यावहारिक हुन जान्छ । जसले गर्दा उच्च राजनीतिक र प्राविधिक रस्साकस्सीमा परेका विषयप्रति जनस्तरबाट पनि धारणा बनाउन सहयोग मिल्न जान्छ । यसैले डिजाइनका तीन पक्षहरूलाई जनसाधारणले बुझने भाषामा पुर्‍याएपछि त्रिशूली-३ एको वास्तविकता सम्पे्रषण गर्नु असल होला ।
सामान्यतया कुनै पनि परियोजनालाई जडान क्षमता मेवाका पछि मात्र भागेर हुन्न । त्यस परियोजनाले वर्षभरिमा कति ऊर्जा दिन सक्छ - सुख्खायाममा कति ऊर्जा दिन्छ - र बेलुका/बिहान अर्थात् विद्युत् खपत बढी हुने अवस्थामा कति दिन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । बढी क्षमता हुनासाथ उत्पादन लागत घट्छ, त्यो अवस्था कुनै पनि परियोजनाको उत्पादन क्षमता बढाउँदा प्राप्त हुन्छ हुन्न - यो पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । बढी क्षमता हुनासाथ उत्पादन लागत घट्दछ, त्यो अवस्था कुनै पनि परियोजनाको उत्पादन क्षमता बढाउँदा प्राप्त हुन्छ हुन्न - यो पनि त्यत्तिकै महत्वपूर्ण कुरा हो । त्यसका लागि 'क्वू' मापदण्ड महत्वपूर्ण छ । जडित क्षमतामा उक्त परियोजना एक वर्ष-१२ महिना) को कति प्रतिशत समयसम्म चलाउन सकिन्छ, त्यो प्रतिशत नै 'क्यू' मापदण्ड हो । नेपालको मान्यताअनुसार कम्तीमा ४० प्रतिशत चल्नुपर्छ । यसलाई क्यू-४० भनिन्छ । नेव्रि्राले क्यू ६५ अर्थात् ८ महिनासम्म एउटै क्षमतामा चल्ने गरी परियोजना डिजाइन गरेको थियो । नेपालका नदीहरूमा बहाव अत्यन्त तलमाथि हुन्छ । यसले गर्दा कम पानी भएका बखतकै क्षमतामा बढी पानी हुँदा चलाउनुपर्ने बाध्यता थियो । तर, क्यू ४० मा डिजाइन गर्दा ४० प्रतिशत समय अर्थात् लगभग १५० दिन मात्र जडित क्षमतामा चले पनि पुग्ने हुन्छ । अर्को ऊर्जा बढाउने अवस्था हुन्छ हेड बढाएर । पानी जति माथिबाट खसाउन सक्यो ऊर्जा उति बढी निस्कन्छ । यो काम बाँध माथि सारेर वा पावरहाउस तल सारेर मात्र गर्न सकिन्छ । यी प्राविधिक मापदण्डबाट हेदा मेवा खोला र सिंगटी क्यू- ६५ बाट क्यू-४० मा ल्याई क्षमता वृद्धि गरियो भने त्रिशूली-३ एको क्षमता वृद्धि कसरी भयो - यो प्रश्न कसैले सोध्या पाइन्न । त्यसबाट ३० मेवाबराबर कृति ऊर्जा थप हुन्छ रक ती लागत थप हुन्छ थप ऊर्जाको उत्पादन लागत के पर्न जाला त्यसप्रति पनि कसैको बहस केन्द्रित देखिन्न र सरकारका तर्फाट पनि उचित सूचना प्रवाहित भइरहेको छैन । यसकारण त्रिशूली-३ एको केही प्राविधिक तथ्यांक र यथार्थका आधारमा हेरौं क्षमता थप युक्ति संगत छ छैन ।

त्रिशूली नदीको त्यस क्षेत्रको प्रवाह

हाइड्रोलजीका आधारमा ७० घनमिटर प्रतिसेकेन्डसम्म पानी लिई १४४ मिटरको हेड प्राप्त गर्न सकिन्छ । पानीको प्रवाह र हेडका आधारमा हर्ेदा ९० मेवा जडित क्षमता तर्कसंगत देखिन्छ । ६० मेवा जडित क्षमता हुँदा ४९० गिगाबाट हावर ऊर्जा प्राप्त गर्ने लक्ष्यले यो परियोजना बनाइएको छ । अर्थात् परियोजनाको उत्पादन जडित क्षमता ५२५ गिगावाट हावरको ९३ प्रतिशत हुनजान्छ । प्लान्ट फ्याक्टर यति ठूलो भएका परियोजना आफैंमा अचम्मको कुरा हो । यो अत्यन्त परम्परागत र लगभग १०/११ महिनासम्म समान ऊर्जा पाउने प्रकृतिबाट डिजाइन गरेको देखिन्छ । अर्थात् यसको डिजाइन क्यू ८० भन्दा माथिमा भएको प्रतित हुन्छ । यस परियोजनाको ठेक्का पाएको गेजुवा गु्रप कर्पोरेसन र सम्बन्धित चिनियाँ प्राविधिकहरू यस तथ्यबाट छक्क पर्नु स्वाभाविक हो । उनीहरू क्यू-२५ र क्यू-३० मा डिजाइन गरिरहेकालाई यो अचम्मको कुरा अवश्य थियो । नेपालका मध्यमस्तरका अधिकांश परियोजनाहरूको प्लान्ट फ्याक्टर ६०/७० प्रतिशत छन् र क्यू-४० मा डिजाइन गरिन्छ । यी प्राविधिक आधारलाई मान्दा त्रिशूली-३ एको क्षमतावृद्धि अपरिहार्य नै थियो झैं लाग्दछ । हाइड्रोलजीको पूरा तथ्यांक र ऊर्जा तालिकाको सापेक्षित विवरण प्राप्त भए झन् स्पष्टका साथ विश्लेषण गर्न सकिन्थ्यो । तर, यिनै तथ्यहरूका आधारमा पनि यस परियोजनाको क्षमता वृद्धि प्राविधिक त्रुटी होइन प्राविधिक रूपमा सही कार्य नै भएको निक्र्योल मा पुग्न सकिन्छ ।

अब रहृयो आर्थिक पक्ष र कानुनी पक्ष । आर्थिक विश्लेषणमा पनि बढाइएको जडित क्षमताको कम्तीमा ७० प्रतिशत विद्युत् अवश्य निस्कने छ । त्यसो भएमा नेपाल अन्य परियोजनाहरूको सापेक्षमा यो परियोजना अरू आकर्षक नै हुनेछ । अब रह्यो कानुनी पक्ष रणनीतिक एवं विकास कूटनीतिको पक्ष त्यस बारेमा अर्को हप्ता चर्चा गर्ने अनुमति चाहान्छु ।

Saturday, September 15, 2012

Hi ta ko article

पश्चिम सेती, उपल्लो कर्णाली र अरुण–३
अरुण कुमार सुवेदी
लामो प्रसव वेदनाका साथ पश्चिम सेती जलविद्युत् परियोजना आउला कि जस्तो भएको छ । यस परियोजनाका बारेमा मेरा स्तम्भका केही अंकहरू पहिले पनि लेखिइसकेका छन् । जे–जस्तो शर्तमा भए पनि पश्चिम सेती परियोजना ल्याउनुपर्छ भन्ने मेरो मान्यता थियो र छ । अहिले नेपाल बढी मोल मोलाइ गर्ने हैसियतमा छैन । व्यवस्थापिका संसद्मा अलि गडबड गर्ने संकेतहरू र अनावश्यक ढिलाइले गर्दा जनता पनि सशंकित भए । परियोजनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले केही नकारात्मक टिप्पणी गरे पनि जनदबाब र राष्ट्रको स्थितिका कारणले त्यस परियोजनाका बारेमा नकारात्मक प्रभाव पार्ने कुनै काम गर्ने साहस गरेनन् । अरुण तेस्रो परियोजनाको विरोधमा लागेबापत ऊर्जा विकासको इतिहासमा कलंकको टीका लगाइएकोले एमाले यसै पनि हच्किएको थिया् । यसकारण पश्चिम सेतीका बारेमा राजनीतिक सहमति भए जस्तो देखियो । नेपालमा कुनै पनि परियोजना विकास गर्न लाग्दा अनेक प्रकारका व्यवधानजन्य टिप्पणी गरी जनतालाई गुमराह गर्ने कथित विकासे कार्यकर्ता र बुद्धिजीवीहरू पनि चुपचाप देखिए । नेपालको जलविद्युत् विकासका लागि यसलाई एउटा शुभसंकेत मान्न सकिन्छ । ९०० मेवाको उपल्लो कर्णाली माथिको माओवादी प्रहार र अरुण तेस्रो माथिको सरकारी बेवास्ताप्रति मौन रहनाका साथै ती परियोजनाप्रति अत्यन्त नकारात्मक सोच राखी तथ्य र तर्क विपरीतका टिप्पणी गर्ने रत्नसंसार श्रेष्ठ जस्ता जलविद्युत्हरू पनि पश्चिम सेतीमा मौन नै रहे । तर, पनि बाँकी दुई परियोजनाले नेपाललाई जुन फाइदा दिन्छ त्यस बारेमा जनता सूचित नभएर हुनसक्छ ती परियोजनाहरूका पक्षमा जनता पश्चिम सेतीमा झैं जागेनन्, पोखरा विमानस्थल प्रकरणमा झैं लागेनन् । अब ती परियोजनाहरूलाई पनि अगाडि बढाउनलाई जनजागरण होस् भन्ने यस लेखको अभिप्राय छ । ती परियोजनाहरूको सापेक्षित लाभ र विश्लेषणभन्दा पहिले केही तथ्यांकहरू हेरौं । (बक्समा)
माथिका तथ्यांकहरू आफैं बोल्दछन् । तथापि नेपालका केही विज्ञ भनाउँदाहरूले र केही राजनीतिक दलले उपल्लो कर्णाली बारेमा अभिव्यक्त गरेका विचार र क्रियाकलापले मेरो मन निकै दुख्यो ।
यसर्थ उपल्लो कर्णाली बारेमा संक्षेपमा केही तथ्यहरू राख्दछ । लगानीका हसाबले हेर्दा यो सबैभन्दा आकर्षक परियोजना हो । जलाशय युक्त बनाइँदा ४१८० मे.वा. सम्म निकाल्न सकिने यो परियोजनालाई रनअफ रिभरमा अधिकतम ९०० मे.वा. मात्र निकाल्न सकिन्छ । केबल ११ किमिको मात्र सुरुङमा प्राकृतिक रूपले नै १५० मिटरको हेड प्राप्त हुन्छ । यो प्रकृतिले बनाइदिएको बाँध झैं हो । माथिका परियोजनाका प्रवद्र्धक कम्पनीहरू नेपालको ऊर्जा अभावमा सहयोग गर्न भनी आएका छैनन् । सबै व्यापार गर्न आएका हुन् । यसर्थ जलाशययुक्त परियोजनामा ठूलो नाफा थियो भने ९०० मे.वा. मात्र सीमित हुनुपर्ने कुनै कारण छैन जीएमआरलाई यसर्थ सापेक्षित लाभ जेमा बढी पाउँछ त्यसतर्फ आकर्षित हुनु एउटा मुनाफाका लागि काम गर्ने कम्पनीको धर्म नै हो । यसर्थ सुरुमा ३०० मे.वा.को प्रारम्भिक सम्झौता भएता पनि बढी लाभ हुने ९०० मेवाको रन अफ रिभर प्रणालीको परियोजनामा जीएमआर गएको प्रस्ट हुन्छ । अब यसको छनोटको परियोजनालाई राष्ट्रको नीति र नियमको अधिनमा रही इजाजत दिँदा राष्ट्रले सापेक्षित लाभ कसरी अधिकतम रूपमा लिन सक्छ त्यसलाई राष्ट्रले ध्यान दिने हो । सापेक्षित लाभको विश्लेषण गर्दा उपल्लो कर्णालीले प्रतिवर्ष लगभग ३ अर्ब ५५ करोड नेपाल सरकरालाई प्रत्यक्ष रूपमा मुप्mतको ऊर्जा र रोयल्टीबाट प्राप्त हुन्छ । यसका अतिरिक्त २७ प्रतिशत इक्वीटी शेयर पनि सरकारले मुप्mतमा पाउने र यो परियोजना अत्यन्त आकर्षक भएकोले डिभिडेन्ट पनि राम्रो रकम आउने निश्चित छ । परियोजनाको लागत उत्पादन हेर्दा लगभग ५÷७ वर्षमा नै पूरा लगानी उठ्ने देखिन्छ । त्यसपछिको अवस्थामा नेपाल सरकारले ४–५ अर्ब थप रकम डिभिडेन्टको रूपमा प्राप्त गर्न सक्दछ । आजसम्म सम्झौता भएका परियोजनाहरूमध्ये सबैभन्दा राम्रो लाभ हुने गरी गरिएको सम्झौतामध्ये उपल्लो कर्णाली परियोजना देखिन्छ ।
त्यसरी नै अरुण तेस्रोमा पनि रोयल्टी र मुप्mको विद्युत् गरी नेपाल सरकारले ६ अर्ब ४० करोडभन्दा बढी प्राप्त गर्दछ । यी दुवै परियोजनाका लाभको सापेक्षमा पश्चिम सेती परियोजनाको तुलना नै हुन सक्दैन । तर, पनि यी दुई परियोजनाहरूप्रति सरकार र गैरसरकारी केही क्षेत्रबाट देखाइएको रबैयाको जनस्तरबाट विरोध हुन जरुरी छ । यदि ती परियोजनाहरू अन्य राष्ट्रका कम्पनीहरू आई, पश्चिम सेतीकै मोडेलमा गरेको भए पनि विरोध नहुने तर भारतेली कम्पनीहरूले त्यति लाभ दिई परियोजनाको विकास गर्दा राष्ट्रियता खलल हुने अनौठो तर्क प्रस्तुत हुने गर्दछ । मुनाफामूलक कम्पनी जहाँसुकैको होस् तिनीहरू समान उद्देश्यका हुन्छन् ।
उपल्लो कर्णालीको डिभिडेन्टलाई अलग गर्ने हो भने पनि दुई परियोजनाबाट प्राप्त हुने विद्युत् महसुल र रोयल्टी गरी लगभग प्रतिवर्ष १० अर्ब हुनआउँछ । १० अर्बले अर्को ७० मे.वा.को परियोजना विना ऋण बनाउन सकिन्छ वा ४ वर्षमा पूरा हुने लगभग ३००–४०० को परियोजना निर्माण गर्न सकिन्छ । यसरी दुई परियोजनाहरूलाई बीज योजना मान्ने हो भने ‘बुट’ अवधि भरमा नै यसले दिने लाभ राम्रो अनुपातको गुणोत्तर वृद्धिको हुने कुरामा शंकै छैन ।
यति प्रस्ट स्थिति हुँदाहुँदै पनि राजनीतिक क्षेत्र, सरकार, एनजीओ, प्रेस र जागरुक नागरिकहरू अगाडि नआउनु आश्चर्यको विषय हो ।

पश्चिम सेती उ. कर्णाली अरुण–३
१. प्रकार जलाशययुक्त रन अफ रिभर रन अफ रिभर
२. जडित क्षमता ७५० मे.वा. ९०० मे.वा. ९०० मे.वा.
३. जम्मा उत्पादन ३.३३ अर्ब युनिट ४.५ अर्ब युनिट ४.४५ अर्ब युनिट
४. लगानी १.६ अर्ब डलर ४७ करोड डलर ८६ करोड डलर
५. सरकारलाई मुफ्त ० १२ प्रतिशत २१.९ प्रतिशत
६. रोयल्टी ० ७५ करोड १ अर्ब ३५ करोड
७. सरकारलाई शेयर ० २७ प्रतिशत ०
८. प्रवद्र्धक कम्पनीको राष्ट्र चीन भारत भारत
९. कम्पनीका नाम थ्री गर्जेज जीएमआर सतलज ज.वि.नि
१०. बजार नेपाल ६० प्रतिशत ७८.१ प्रतिशत भारत
११. बुट समय ३० वर्ष ३० वर्ष ३० वर्ष
(नोट ः विद्युत्को मूल्य प्रतियुनिट ५÷२० मानिएको छ । यस तथ्यांकका स्रोत इन्टरनेट र पत्रपत्रिका हुन् ।)

Tuesday, August 7, 2012

बुधमति

नरपति पंडितको इज्जत गतिलो थियो । उनी एक मात्र ब्यक्ति थिए, जो सुब्बा नरबहादुर पापोहाङ संग दाजिने गर्थे । पापोहाङ सुब्बा र नरपति पंडितको जोडी पनि साच्चै मिलेको थियो । यि दुवै ब्यक्तिहरु गाउका लक्षिन थिए, सह थिए । पंच कचहरी देखि लिएर धर्म कचहरीमा समेत उनीहरुको निर्णय सर्बोपरि हुन्थ्यो । उनिहरुका निर्णय कहिल्यै बाझ्दै्रन पनि थिए । नरपतिले निर्णय सुनाएर पापोहाङ्ग सुब्बाले ब्याख्या गर्दथे, भने
पापोहाङ्ग सुब्बाले दिएको न्यायमा नरपति सहमत हुन्थे । पापोहाङ्ग सुब्बा खान्दानी सुब्बा थिए घरमा एकजना बिधुवा ब्राहमणीलाई मान्छे राखेका थिए । संत कविरका अशल अनुयायी आफूलाई ठान्ने सुब्बाका घरमा मांसाहाुरको स्थान नै थिएन यस कारण कट्टर पंडित नरपतिलाई सुब्बा काहाँ बस्न कुनै समस्य थिएन । यी दुई ब्यक्तिहरु घोडामा हिडेपछि पूरा गाउ सतर्क हुन्थ्यो । उहिले काग्रेसका पालामा चुनाब हुदा पनि यिनीहरुको नै बोलबाल थियो, जो त्यत्तिखेर बाइसे वच्चीसे जवान थिए । पंचायतमा पनि प्रधान पञ्च बनाउने शक्ति यिनै जोडीमा थियो । २०३६ साल पछि पनि सर्व सम्मत नै भयो । सुब्बाका कान्छी पट्टीका साला श्रीप्रसाद चेम्जोङ्ग प्रधानपञ्च भए भने नरपतिका भान्जा एकराज लामिछाने उप प्रधानपञ्च भए । त्यस्तै अर्को चुनावमा एकराज प्रधानपञ्च र पापोहाङ्गका लुँगाका छोरा –भतिजा) नरहाङ्ग फागो उप–प्रधानपञ्च भए । यी सबै समयमा गाउमा कुनै त्यस्तो समस्या रहेन जुन यो जोडीले भने अनुसार नहोस । तर २०४६ साल पछिका दुईवटा कचहरी भिन्न किसिमका भए त्यस कारण होइन कि त्यहाँ उनिहरुको शाख मर्दन भयो, यसकारण कि उनिहरुको निर्णयका बावजुद बुधमति लिम्बुनी अदालत गएकी थिई । त्यस गाउँका मानिसहरुले त्यस अगाडी त्यस्तो घटना देख्नु, सुन्नु र भोग्नु परेको थिएन ।
पंडित नरपतिको घरमा काम गर्न बसेको थियो बिर्खहाङ्ग । उसको वाबु झिल्के फेदाङ्गवा मरे पछि बिर्खाहाङ्ग टुहुरो भएको थियो । त्उसैले पापोहाङ्ग सुब्बाले भनेअनुसार नरपतिले बिर्खहाङ्ग र उसकी आमा लाई आफ्नो एउटा याक्सामा राखेको थिए ।
कुरा प्रजानत्त्र आउने बित्तिकैको हो । पापोहाङ्ग सुब्बाको घर दलानमा कचहरी बसेको थियो यसर्थ त्यो सर्बदलिय कचहरी थियो पञ्च कचहरी थिएन । दलानको छेउमा देवान कान्छो र उसकी छोरी बुधमति बसेको थिए । खाटमा ओछ्याइएको राडीमा नरपति र सुब्बा बसेका थिए । कुर्सीमा काग्रेसका अध्यक्ष श्रीप्रसाद चेम्जोङ्ग, कम्यूनिष्टअध्यक्ष एकराज लामिछाने र प्रजातन्त्र पार्टीका नरहाङ्ग फागो बसेको थिए । बाँकी मानिसहरु गुन्द्रीमा बसेका थिए । पापोहाङ्ग सुब्बाले हुक्ब्का गुड्गुदाउदै भने ए देवान कान्छा ! अब सबै दलका प्रतिनिधिहरु आए कुरा के हो भन ।
डराउदै देवान कान्छाले भन्यो बिहे मेत्वोङे कुधख लिपेत (हजुर बिहे नभई बुधवति धोजीया भइ )
आइमाइको रुप फेरी तेरी छोरी असाध्यै राम्री छ जापानी जस्ती । को को घुमे घुमे अब कसरी निर्णय ओला त ? पापोहाङ्गको कुरा सुनेर यस पालिमा कलेज जान थालेको थेगिम साइलाको छोरा किसोरलाई रिस उठ्यो उसले
झोस्कीएर भन्यो कहि यस्तो हुन्छ र ? पापोहाङ्गले किशोरलाई झपारे तरुनीको हात सम्म समातेको छैन होला तँ लाई के थाहा यसपछि के के हुन्छ । किशोर चुप लाग्यो ।
देवान कान्छो ले फेरी अनुरोध ग¥यो हेन पान्मिङ्ग बुधमतिल आफे पातु देशु (त्यो कुरा त बुधमतिले मानिहाल्छे नी)
यत्रो परिवर्तन हुदा पनि देवान कान्छाले राम्रो नेपाली बोल्न सकेन, ए बुधमति ! भन पापोहाङ्गले हुक्का तान्दै भने ।
बुधमतिको अनुहार झन रातो भयो यसै पनि रातो वर्णकी बुधमति लाजले रात्तीएर निहुरीदा रगत नै चुहिएला जस्तो भयो उसका गाला ।
बाबु देवान कान्छाले पनि गाली गर्दै भन्यो “खेप्से हेने लथिक साने चायी वे आल्लेक पोत” (हेर त एक्ली छोरी होस कुमति लागी हाल्यो छिटो भन)
बुधमति रोकिदै सुकसुक गर्दै भन्न थाली अस्ती तिहारमा रोटेपिङ्ग खेल्न गएका थियौं । कान्छा बाजे पनि गएको थियो । कान्छा बाजेले रक्सी खाँउ भन्यो दवैले खुव खायौं । अनि भा टे बनमा लुकेर जीवनको काम ग¥यौं । बुधमतिको कुरा नरपतिले अप्रत्यक्ष मात्र सुनीरहेका थिए । तर त्यो सवै दलिय बैठकमा आफ्नो पदालिखा कान्छो छोराको कुरा सुनेर उनी हतप्रभ भए । तर पंडीत पनि तिक्ष्ण बुद्धीका थिए । त्यस समस्याको सावधान खोजेरै आएका थिए ।
त्यत्तिकैमा काग्रेस अध्यक्ष श्रीप्रसादले सोधे “कस्तो जीवनको काम ?” बुधमतिले ओड्नेले मुख छोप्दै भनी “छी चेम्जोङ्ग लँगा पनि, यस्तो गरेको कुरा मुखले पनि भन्न सकिन्छ । एक पटक सर्व दलिय बै ठकमा हाँसो मच्चीयो । तर किसोर थेगिमलाई भने रिस उठ्यो । उसले आक्रोस साथ भन्यो उसो भए बुधमति लाई नरपति बाजेले बुहारी बनाई भित्राउनु पर्छ । फेरी पापोहाङ्गले उसलाई झपारे बैठकमा मौनता भयो । हरेक पार्टीको प्रतिनिधिहरु आ–आफ्नो साथीहरु संग साउति मारीरहेका थिए ।
श्रीप्रसादले आफ्ना साथीहरुसंग भने प्रकाश पंडीत कांग्रेस रहेछ भने त उम्काउनु प¥यो नि । सहि थप्दै रत्नबहादुर महल्दारले भने कम्यूतिष्ट र पञ्च भए फसाउन राम्रो अवसर थियो । तर बाजे बोल्दैनन् प्रकाश काठमाडौं छ । एकराज लामिछानेले आफ्ना साथीहरुलाई भने यहीनिर बाजे र पापोहाङ्गलाई कम्यूतिष्ट बनाउने बेला हो ।
नरहाङ्ग फागोले भने जिम्मा लगाउ कि हाम्रो पार्टीमा आउछौं, भन्नु पर्छ । पापोहाङ्ग र नरपति पनि खुसुर खुसुर गरिरहेका थिए । सुब्बाले सबै लाई चुप लाग्ने आदेश दिदै भने हैन बुधमति त्यो दिन रक्सीले मातीएको बेला चिनिन होला । त्यो कान्छा बाजे नभएर बिर्खहाङ्ग थियो होला । छ्या पापोहाङ्ग बाजे पनि १४÷१५ बर्षको बिर्खे भाई र तन्नेरी कान्छोबाजे पनि त्यत्रो काम गर्दा जान्दिन कि क्या हो ? बुधमतिले मुख लुकाउदै भनी ।
हैन तैले रक्सी खाएकी थिइस नि त । त होस की हैनस् ए बिर्खे ? नरपतिले सोधे ।
बिर्खहाङ्गले भन्यो मैले गरेको हो ?
एकराज लामिछानेले सोधे–के गरेको हो ?
बिर्खहाङ्गले फेरी जोवाफ दियो –पापोहाङ्ग बाजे र नरपति बाजेले भने जस्तो मैले बुधमतिलाई गरेकै हो ।
फेरि बैठकमा हासो छायो । किशोर थेगिम छक्क प¥यो । केटी एउटा कुरा गरिरहन्छे तपाईहरु हैन भन्नुहुन्छ । ।यो कस्तो बैठक हो उ झोकीयो । अब नरपतिको धर्यता टुटीसकेको थियो । उनि पनि झोकीदै भन्छन, चुपलाग ए थेगिम साइलाका छोरा त मेट्रीक पास जान्ने कि मेरो बि.ए पास गरेको छोरो जान्ने ? आइमाइलाई छुदै नछुऐको बच्चाले आइमाइको के कुरा जान्दछस् । यहाँ कांग्रेस छ कम्यूनिष्ट छ, प्रजातन्त्रपार्टी छ, सबैको चित्त बुझेकै छ । यसको मात्र चित्त नबुझ्ने । तलाई प्रजातन्त्र आएको थाहा छैन ? यो त अजोडी उग्रवादी जस्तो छ । ए श्रीप्रसाद, सकराज, तरहाङ्ग, यसलाई निकाल । पंडितको कुरा सुनेर सबै चुपचाप लाग्छन् । किशोर नाजवाफ भएर निस्कन्छ । कुरा पुनः सुरु हुन्छ ।
नरपति बाजेको तनाव देखेर पापोहाङ्ग सुब्बा पुनः कुरा सुधार्छन् । बिर्खहाङ्ग पनि फेदाङवा मरेपछि ९÷१० बर्षको उमेर देखिनै पंडीत कहाँ बस्दै आएको हो । अब बिर्खहाङ्ग पंडीतकै छोरा जस्तो छ । ए बुधमति भित्र आइज त कसकी श्रीमति होस भन्ने कुरा म बताउछु । पापोहाङ्गले घर भित्र लगेर बुधमतिलाई सम्झए ।
बुधमति र पापोहाङ्ग घरबाट निस्कीए । निर्णय सुनाउन सबैलाई सजग तुल्याए । पंडीतले फेरी सोधे ए बिर्खहाङ्ग भन त के भएको हो ? बिर्खहाङ्गले फेरी दोहो¥यायो “मैले गरेकै हो ।” सबै पार्टीका प्रतिनिधिहरुले सोभे पक्का हो ?
पापोहाङ्ग र नरपति बाजेहरुले भने जस्तै मैले बुधमतिलाई गरेकै हो । यहि जवाफ बिर्खहाङ्गले दोहो¥यायो । अब बुधमति चुप लागेर बसीरहेकी थिइन् । पापोहाङ्गले निर्णय सुनाउदै भने पृथ्वी नारायणको पाला देखि यस पल्लो किराँतको सुवाङ्गी पाएका लिम्बुहरु मध्येको म नरबहादुर पापोहाङ्ग सुब्बा कान्छो देवानकी छोरी बुधमतिले बिहे नभइ गर्भ बोकेको मुद्दामा प्रजातन्त्र पछि चलन फेरिए बमोजीम बसेको यो सर्बदलिय बैठकमा उक्त गर्भ बिर्खहाङ्गले जीम्मा लिएको कुरा सबैलाई थाहा गराउछु । उप्रान्त बुधमतिको लोग्ने बिर्खहाङ्ग हो यस गर्भवाट जन्मीउको सन्तान पनि बिर्खहाङ्गकै हुनछ । सानै देखि नरपति कहाँ बसेको बिर्खहाङ्गलाई पंडीतले गैरिवारी र याक्सा दिने भएका हुन् । अब बिर्खहाङ्ग देवान कान्छोको ज्वाइ हो । पापोहाङ्ग सुब्बाको कुरा सकिए पछि सबै खुसि हुदै उनिहरुको प्रशंसा गरे । ज्वाई पाएकोमा देवान कान्छो पनि खुशि भयो । अब रित अनुसार बिहे हुने भयो ।
लोकन्तिको सत्कारका लागि जाँड पार्ने र तोङवा बनाउने देखि लिएर बन्दुक पड्काउने काममा समेत सबै खर्च नरपतिले नै दिए । दशेको कोसेली सुगुरको समेत ब्यवस्था गरिदिए । सुत्केरीका लागि तेल मसला पनि पंडीतकै घरबाट आयो ।
आफू भन्दा १४÷१५ बर्षको पोइ बुधमतिलाई ठेट्नो मकै जस्तो लाग्थ्यो । तर पनि पहाडको ग्रामिण जीवन ५÷७ बर्ष यसै गयो अब बिर्खहाङ्गले पनि सबै कुरा बुझिसकेको थियो । कुरा अब अलिक अलग लाग्न थाले बिर्खहाङ्गलाई । गाउलेहरु किन बिखहाङ्गको छोरोको खनुहार प्रकाश पंडीतको जस्तो छ । उसले दिनभर पंडीतको हलो जोतेर बेलुका एक्लै पकाएर खानु पथ्र्यो । बुधमति राम्रा राम्रा लुगा लगाएर छोरा सहित रातभर पंडीतकै घरमा बस्थी । त्यो क्रम पंडाीतनी बज्यै मरेपछि सुरु भएको हो । यो कुरा गाउँलेलाई चर्चाको विषय भएको थियो । बिर्खहाङ्गलाई भित्रै देखि दुखे जस्तो लाग्थ्यो । पंडीतको कान्छो छोरा प्रकाश पंडीत कहा कुन्नी बिदेश छ अरे आमा स्वर्ग हुदा पनि आएन जेडो परिवार सहित मधेसनै बस्दछन् । त्यो घरमा उउटा मान्छे केटा र पंडीत मात्र छन् । घर सुनसान छ तर पनि बुधमति र उसको छोराले केहि जीवन दिएका छन् । दिन भरी काम गरी धन्दा गर्नलाई बुधमतिलाई बाजे कहाँ छाडी बिर्खहाङ्ग घर झर्दथ्यो । पहिले पहिले बुधमति रातभर आइन भन्ठान्थ्यो तर अब उसलाई बुधमति परिवर्त भए जस्तो लाग्न थाल्या,े साच्चै भन्दा छोरा जन्मीए पछि पनि उ खासै सुतेन । जव उसलाई बुधमतिको जरुसत पर्दथ्यो बुधमति घर मै हुन्नथी । उमेर संगै बिर्खहानलाई यस्ता कुरा पेचिला लग्न थाल्यो ।
धेरै बेर घोल्लिए पछि बिर्खहाङ्गले केहि गरेरै छोड्ने निर्णय ग¥यो । चिण्डोबाट हलुङगेको डबकामा रक्सी खन्यायो र तनतनी पियो अनि खुकुरी भि¥यो र सरासर नरपतिको आगनमा गई करायो–ऐ बुधमति आतान केबे (कहाँ गइस् ?)
बुधमति हतार हतार पंडीतकोटाँडकाट तल झरी । बिर्खहाङ्ग एकपटक तिलमिलायो । उसलाई त्यो उसकी बुधमतिनै हैन झै लाग्यो । उ गर्जीया,े सहर बा हे के तुफुङ आती केयोसु ? (शहरकी रानी जस्तो लुगा कहाँ पाइस् ?) डराउदै बुधमतिले भनि, “किन कराएको तिम्रो छोरा बिउझन्छ” बिर्खहाङ्ग झन आगो भयो –केशिम्भो बा हेन केलेम्बान धे ? (तेरो गुन्युको त्यो चिल्लो के हो) बिर्खहाङ्गको अकल्पनीय रुपबाट भयभित भएकी बुधमतिले बिस्तारै भनी “यत्रो रातमा किन कराएको, केराको चाप लााग्यो गा हेने बागन फेज एल चेप्ते ( के तलाई यहि खुकुरीले काटी दिउ !) भन्दै बिर्खहाङ्गले खुकुरी निकाल्यो । आधारातको हो हल्लाले छिमेकीहरु भेला भइसकेका थिए । नरपति पंडीतले सबैका सामु हप्काउदै भने लोग्ने स्वास्नी पनि यसरी बाझ्नु हुन्छ ? बिर्खहाङ्गका आँखा क्रोधले बलेका थिए । नरपतिलाई कुनै जवाफ लाउन सकिरहेको थिएन । आज सक्सी धेर भएर बिर्खहाङ्ग बौलायो । पंडितको शंकेतले बुधमति भित्र पट्टी भने सबैको सामु जवाफहिन भएको बिर्खहाङ्ग छेउछाउका रुखबिरुवाहरुमा खुकुरी बजार्दै घर तिर लाग्यो ।
स्त्रीको संझौता क्ष्यमता पनि अपरिमित रहेछ । बुधमतिले नरपति पंडित र बिर्खहाङ्गलाई थोरै समय भए पनि समानन्तर स्त्रीभाग प्रदान गरी कस्ता बिश्रृंखल विकल्पहरु तै पनि दुवैलाई भरसक उसले तन्काएरै थेगी । स्त्रीले पनि कहिल्यै आफ्नो कामलाई इच्छामा, कहिले अन्जानमा, कहिले बाध्यतामा कहिले आवश्यकतामा र कहिले यान्त्रीकतामा प्रदान गर्नु पनर्,े यसको ग्रामिण संस्करण हो बुधमति ।
अब समस्य के थपियो भने बिर्खहाङ्ग हरायो । कसैले उ मा¥यो भने कसैले ऊ मा¥यो भने र कसै ले त पंडीतलाई शंका पनि गरे । तर विर्खहाङ्गको खाजी न बुधमति न त पंडीतले नै गरे । पापोहाङ्ग सुब्बालाई पनि उसको वास्ता भएन । बिर्खहाङ्ग कथाको पात्रझै गाउँबाट हरायो । बिर्खहाङ्ग हराएको एक बर्ष पछि बुधमतिले अर्को छोरी पाई । तर यस पालि बिर्खहाङ्ग अर्को बिर्खहाङ्ग भेटीएन । पापोहाङ्गले बैठक त डाके तर कोही आएन । आफ्नौ आफन्त भए पनि पार्टीवालाहरु आएनन् पापोहाङ्गले खुइ कड्ढै भने समय साँच्चै बदलिएछ ।
कुरा अब बुधमतिमा मात्र सिमित रहेन । अधिवक्ता किशोर र थेगीमले बुधमतिका तर्फबाट नाता कायमका लागि मुद्दा लगाई सकेका थिए । फैसला भइ सकेको थियो अब पंडतिका सामु बिकल्प थिएन । उनले बुधमतिलाई भित्राए र अिड्न लागेको छोराको न्वारन गरे । यसपालीको गा.वि.स.को रोहवरको कचहरीले यही निर्णय ग¥यो ।
तर गाउलेहरुलाई एउटा समस्यले कहिले पनि छाडेन बुधमतिको जेठो र कान्छो छोरोको साइने के प¥यो ।

रचनाकार २०४९÷१÷१८
धनकुटा