Wednesday, July 15, 2015

काठमाडौंमा जग्गाको भाऊ बढ्ने संकेत

काठमाडौंमा जग्गाको भाऊ बढ्ने संकेत

राष्ट्र बैंक र सरकार नै जग्गा दलालको पक्षमा उभियो

२०७२ असार २७ गते १२:३० मा प्रकाशित
 6735  13 
  2
यस्तो देखिँदैछ कि अब काठमाडौ अझ अनियन्त्रित किसिमले फैलनेछ । टुक्रा जग्गाको मूल्य आकाशिने छ । जग्गाको प्लटिङ व्यवसाय उपद्रो फस्टाउने छ । जग्गा दलाल र भूमाफियाका लागि नयाँ नेपाल निर्माण हुनेछ ।
Arun Subediभूकम्पपछिको आर्थिक नीतिउपर लेखिरहँदा मस्यौदा संविधानले केही अंक बराल्यो । नेपाललाई नै युगौं बराल्नेखालको मस्यौदामाथि स्वप्नकार चुप रहन सकेन र आफ्नो ब्रम्हले देखेको राष्ट्रप्रतिको दायित्व पूरा गर्नै पर्‍यो । यसैबीच अर्को प्रशंग आएको छ, सरकारको नीति तथा कार्यक्रम ।
स्वप्नकारले लेखेका र लेख्ने विषयहरु नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने विषय नै हुन्, तर भएन र हुँदैनन् । जे कुरा उठान भए पनि त्यो एउटा सचेत नागरिकले देखेको कुरा लेख्ने बाहेक केही भएन । लेखिरहनु निस्पृय कर्म मात्र भएको छ ।
फेरि भूमाफिया फस्टाउने संकेत
शहरी आवास तथा भूपयोग नीति भूकम्पको विनासपछिको नव/पुननिर्माणको बहस भइरहँदा केही अनौठा प्रचारहरु आएका छन् । यसले मुलुकको भूउपयोग अवस्था र आवास नीतिमा दुरगामी नकरात्मक असर पर्नेछ ।
अग्ला पक्की घरहरु र अर्पाटमेन्टका बिरुद्ध अत्यन्त नकारात्मक प्रचारहरु आइरहेका छन् । यसमा सञ्चार माध्यमका बिश्लेषणहरु पनि त्यसै प्रकारले संप्रेसित छन् र सरकारका नीतिहरु पनि केही हदसम्म त्यसै प्रचारको प्रभावमा बग्न थालेको प्रतीत हुन्छ । अहिलेको ट्रेन्ड बिचार गर्दा अब काठमाडौ अझ अनियन्त्रित किसिमले फैलने छ । टुक्रा जग्गाको मूल्य आकाशिने छ । जग्गाको प्लटिङ व्यवसाय उपद्रो फस्टाउने छ । जग्गा दलाल र भूमाफियाका लागि नयाँ नेपाल निर्माण हुनेछ ।
मध्यम वित्तीय परिवारका लागि घर प्रायः असम्भव सपना बन्ने छ । सरकारलाई राजस्व खुब आउनेछ, जसका कारण यस्तो स्थितिप्रति सरकारको भद्र सहमति देखिन्छ ।
नक्सा पास र पास भएका नक्शाबाट बन्ने घरका सुपरीवेक्षण नगर्ने तर, बनाउन प्रतिबन्ध लगाउने, कित्ताकाट गरेर गग्गा बेच्न चाँहि छुट दिने, नगर बिकासको कुनै सहमति लिनु नपर्ने । यसमा भूउपयोग नीति को कुनै सरोकार नहुने ।
यस्ता तमाम लक्षणहरु छन्, जसले प्रमाणित गर्छ कि सरकार र राष्ट्र बैक जग्गा दलाल र माफियाकरण मार्फत जग्गाको कारोवार बढाउने पक्षमा छ ।
सरकार र राष्ट्र बैंक जग्गा दलाल र माफियाकरण मार्फत जग्गाको कारोवार बढाउने पक्षमा छ
अहिलेको सरकारी रवैयालाई विश्लेषण गर्ने हो भने सरकार दुईवटा निर्णयमा पुगेको स्पष्ट हुन्छ । पहिलो-राजस्वका स्रोतहरुबाट अपेक्षित राजस्व नउठेपछि राजस्व बढाउने भरपद्रो उपायका रुपमा जग्गाको खरिद-बिक्रीलाई प्रोत्साहन गर्ने । र, दोस्रो- तुरुन्त विदेशी लगानी पनि नआउने र पर्यटन उद्योगको कारोवार खुम्चिएको अवस्था आएबाट बिदेशी मुद्रामा आउने न्यूनतालाई आधार बनाएर नेपाली मुद्राको अवमूल्यन गर्ने ।
यी दुबै कुराका लागि नीतिगत पूर्वाधार मात्र नभएर योजनावद्ध प्रचार-प्रसार पनि सुरु भइसकेको छ । यो कुरा स्वप्नकारले बारम्वार भनी आएको छ । यी दुवै कुरा आत्मघाती हुनेछन् । यस स्थितिबाट मुलुकलाई कसरी बचाउन सकिन्छ भनी पहिले नै चर्चा भइसकेको छ । यसर्थ यस श्रृंखलामा शहरी आवास तथा भूउपयोग नीति कस्तो हुनुपर्छ भन्ने चर्चा गर्ने कोशिस गरिएको छ ।
काठमाण्डौ तथा अन्य प्रभावित शहरी क्षेत्रमा भूउपयोग नीति कडाइका साथ लागु गर्नुपर्छ, जसले आवासका लागि उपलब्ध जमीन झन् घट्न जानेछ ।
जमीनको हदबन्दी घडेरी अर्थात अनुत्पादक क्षेत्रमा लागु गर्नुपर्दछ । आवाशीय प्रयोजनका लागि एक व्यक्तिले कतिवटासम्म, कस्ता-कस्ता घर घडेरी राख्न पाउने भन्ने मापदण्ड तयार हुनु पर्दछ । स्वप्नकारको यो पुरानो अडान हो कि व्यक्तिको स्वामित्वमा रहेको जग्गा भए पनि नगर विकास प्राधिकरणको अनुमतिविना बिक्री र कित्ताकाट गर्न नपाउने नीति लागु गर्न ढीला भइसक्यो ।
अहिले नेपालीमा ठूलाघर र अपार्टमेन्टमाथिको विश्वास तुरुन्त फर्किन सक्ने अवस्था  छैन । एपार्टमेन्ट व्यवसाय धरापमा परेर जग्गाको प्लटिङ बढ्न थाल्यो भने त्यो अर्काे विडम्बना हुन जानेछ
भूकम्पपछि सर्वाधिक जोखिममा परेको व्यवसाय बन्न पुगेको छ संयुक्त आवास । पहिलेका मापदण्डहरु र अनुगमन उपयुक्त भएन भन्ने कुरा अहिलेको अवस्थाले प्रमाणित गरिसकेको छ । तर, त्यसको अर्थ ठूला घरहरु र अर्पाटमेन्ट बनाउनुनै हुँदैन भन्ने जुन आम प्रचार आइरहेको छ, त्यो पनि सर्वथा अनुचित छ ।
निर्माण मापदण्ड र इञ्जिनियरिङ तथा निर्माण सामाग्रीको प्रकार र गुणस्तरमा गम्भिर बहस हुन सक्छ । त्यसमा उपयुक्त विकल्पहरु खोजिन आवश्यक पनि छ र त्यस्ता विकल्पहरु येथेस्ट छन् पनि । रातो ईटा प्रधान बोझिलो निर्माण संस्कारलाई परिवर्तन गर्न आवश्यक छ । तर, सघन एवं व्यवस्थित संयुक्त र सामुहिक आवास भने आजका लागि मात्र हैन, भविश्यका पिँढीसमेतलाई जोगाउन र आवश्यक भूमि उपलब्ध गराउन आवश्यक छ ।
कानुनी र प्राविधिक मापदण्डहरु जे जस्ता तोकिए पनि अहिले नेपाली जनतामा ठूलाघर र अपार्टमेन्टमाथिको विश्वास तुरुन्त फर्किन सक्ने अवस्था  छैन । यसका लागि सरकारले प्रोत्साहन कार्यक्रमहरु अगाडि ल्याउन जरुरी छ ।
अब के गर्नुपर्छ ?
अपार्टमेन्ट व्यवसाय धरापमा परेर जग्गाको प्लटिङ बढ्न थाल्यो भने त्यो अर्काे विडम्बना हुन जानेछ । प्रोत्साहनात्मक कार्यक्रममा सबैभन्दा पहिलो कार्य हो, कानुनी र प्राविधिक मापदण्डलाइ विश्वस्नियताका साथ बनाइनु र कार्यान्यवन गर्नु । यस्ता प्रयत्नले आन्तरिक जनसंख्यामा विश्वास जगाउन लामो समय लाग्ने र त्यस्तो समय पर्खंदा ठूलो पुँजी जोखिममा पर्न जाने स्पष्ट छ । पहिलेदेखि धर्मराएको व्यवसायलाई त्यस्तो अवस्थामा जान नदिनु सरकारको दायित्व हो ।
यसकारण हाउजिङ र अर्पाटमेन्ट व्यवसायलाई पुर्नजीवन दिन कुनै थ्रेसहोल्ड विना विदेशीहरुले नेपालमा एपार्टमेन्ट र घर किन्न सक्ने कानुन बनाउन अपरिहार्य भएको ठहर छ स्वप्नकारको ।
apartment
बाबुराम भट्टराईका पालामा थ्रेसहोल्ड सहितको नीति आए पनि कानुन बन्न सकेको छैन । यदि यस्तो नीति र कानुन बनेमा विदेशी पुँजी त आउछ नै, त्यसले ठूलो पुजीँलाई जोखिमबाट पनि बचाउँछ । राजस्व पनि राम्रै प्राप्त हुनेछ । बैंक तथा वित्तीय क्षेत्रलाई पनि ठूलै जोखिमबाट मुक्ति मिल्नेछ ।  सरकारले कर्मचारी आवास तथा अन्य प्रयोजनका लागि पनि अर्पाटमेन्टहरु खरिद गरी उपयोग गर्ने प्रवर्धनात्मक नीति ल्याउन जरुरी भइसकेको छ ।
यसप्रकार धरापमा परेका संयुक्त आवास परियोजनाहरुलाई उकास्न सकिन्छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/07/298629/#sthash.bDvd0py6.dpuf

नेपाललाई पश्चिमाहरुले यसरी फुटाउँदैछन्

नेपाललाई पश्चिमाहरुले यसरी फुटाउँदैछन्

२०७२ असार २१ गते १२:२३ मा प्रकाशित
 72  41 
  0
अरुणकुमार सुवेदी
गत साता अनलाइनखबरमा प्रकाशित संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर शीर्षकको लेखमा मस्यौदा संविधानको प्रस्तावनामा नै समाजवाद शब्दको उपस्थितिप्रति यस स्वप्नकारले विमति राखेको थियो । यसमा विद्युत्तीय माध्यम र अन्य माध्यमबाट पनि तीखा, तीता/मीठा धेरै प्रतिक्रिया आए । लेख पढेर चासो राख्ने सचेत जनहरुमा कृतज्ञता ।
किसानलाई थर्काउने, संविधानमा समाजवाद लेख्ने ?
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
स्वप्नकारलाई समाजवाद शब्द र यसको मर्म जब प्रजातन्त्रसँग गाँसिन्छ, तब त्यसप्रति पहिले पनि आपत्ति थिएन र अहिले पनि छैन । स्वप्नकार स्वयम नै आर्थिक नीति अझ आर्थिक मोडेलउपर दुई दशकदेखि अनवरत लेखीआएको पात्र हो ।
मेरो विचारमा एउटा अचर धार छ । नेपालको परिप्रेक्षमा जसरी ०१६/०१७ सालताका वीपीले आफ्नो प्रजातान्त्रिक समाजवादलाई एउटा स्वावलम्वी नागरिक तयार गर्ने सपना राखेर राज्यको भूमिका निर्धारण गर्नुभएथ्यो, त्यसैका आधारमा अहिलेको युगसापेक्ष अवलम्वन गर्नुपर्ने नीतिका बारेमा बहस गर्न आवश्यक छ ।
त्यसमा पहिलो हो, शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको सुरक्षा राज्यको जिम्मामा हुने अनि उद्योग व्यापार निजी क्षेत्रको हुने ।
दोस्रो, काठमाण्डौ र अन्य शहरी क्षेत्रमा दशौं घर राख्न पाउने तर दाङमा १० विगाहा जमिन भएको किसान थर्कमान रहनेखालको भूमिसुधार नीति गलत छ । अनुत्पादक जमिनको स्वामित्व धारणमा हदवन्दी लगाउने र उत्पादनशील जमीनमा हदबन्दी कायम नगर्ने नीति अपनाउने ।
यी दुई नीतिलाई नेपालमा लगाइनुपर्ने प्रतिनिधि नीति भनीआएको छ स्वप्नकार । यीसँगै धेरै कल्याणकारी आर्थिक, सामाजिक नीतिहरु छन् ।
उल्लेखित नीतिहरुमा नेपालका ठूला भनाउँदा र समाजवादी भनाउँदा कुनै पनि दल बहससम्म नगर्ने तर, संविधानका प्रस्तावनामा नै समाजवाद राख्ने यसको अर्थ के लाग्छ ?
समाजवाद कुनै दलविशेषको आर्थिक राजजीतिक कार्यक्रमलाई प्रतिनिधित्व गर्ने विशेष शब्द हुन सक्छ । तर, संसारका कुनै पनि प्रजातान्त्रिक मुलुकको संविधानको प्रस्तावनामा यो शब्द छैन ।
केही एकदलीय सर्वसत्तावादको अभ्यास गरिरहेका राष्ट्रहरु क्युवा र उत्तर कोरियामा हुन सक्छन् । पहिलेको सोभियत सघं त समाजवादी गणतन्त्रको युनियन नै थियो । त्यस्तै थियो युगोस्लाभिया । जब संविधानको प्रस्तावनामा समाजवाद पर्छ, त्यो पनि प्रजातान्त्रिक लोकतान्त्रिक विशेषणरहित भएर भने आजीवन प्रजातन्त्रका लागि संघर्ष गरेको व्यक्तिले के बुझ्नुपर्छ ? व्याख्या गरिरहनु पर्दैन ।
वीपी कोइराला समाजवादी मात्र हैन, प्रजातान्त्रिक समाजवादी हुनुहुन्थ्यो यो कुरा पनि नभुलौं ।
संसदीय व्यवस्था असफल भएकै हो त ?
अर्को एउटा उट्पट्याङ तर्क /धारणा बारम्बार आउने गरेको छ । स्वप्नकारको गत हप्ताको मस्यौदा संविधान सम्बन्धी लेखका केही प्रतिक्रियाहरु पनि त्यस्तै आए, के बहुदलीय संसदीय व्यवस्था नेपालमा असफल भएकै हो ? पटक्कै होइन ।
बहुदलीय संसदीय व्यवस्थामा प्रजातन्त्रइत्तर सिद्धान्त लिने कम्युनिस्ट वा राजा वा दुवैलाई ‘एकोमोडेट’ गर्ने प्रयत्न चाहिँ विफल भएको हो भन्ने ठहर छ स्वप्नकारको ।
यसकारण राजा वा त्यसका अनुगामी शक्तिहरु र कम्युनिस्टले बहुदलीय संसदिय प्रणाली असफल भयो भन्दैमा कांग्रेसले आत्मविश्वास गुमाई सिद्धान्त च्यूत हुनुचैं बिडम्वना नै थियो र छ ।
अहिलेको मस्यौदा संविधानबारे पहिलो लेखको पूरक प्रसंगका रुपमा यति नलेखी नहुने खण्ड पर्‍यो ।
लिपुलेकको डंका
यो मस्यौदा संविधानको समय चलाखी र षडयन्त्रपूर्ण तरिकाले छानिएको छ । भूकम्पपछिको अस्तव्यस्तता, मनसुन ऋतु, खेतीपातीको समय, बाढी पहिरो, बजेटको सिलसिला, त्यसपछि चाड पर्व ।
मस्यौदामा भएका खलधाराहरु त्यतिका कुराहरुले पनि नछोपिने भएपछि रातोरात लिपुलेकको डंका सुरु भयो ।
प्रतिपक्षीहरुलाई लिपुलेक मुद्दामा धकेलियो, यता संविधानलाई पास गर्‍यो, यो सुत्र प्रष्ट छ ।
लिपुलेकमाथिको नेपाली सम्प्रभुतामा शंका छैन । तर, लिपुलेकलाई १९९९ मै चीनले औपचारिकरुपमा त्रि-बिन्दु भनी मानेको छ । अर्थात लिपुलेकको पश्चिम खण्डमा भारत-चीन आ-आफ्नो सीमा जोडिएकोमा ढुक्क छन् । त्यसैले त्रि-बिन्दुको पूर्वभाग नेपाल-चीन सीमा तर्काएर उनीहरु कुनै पनि सन्धी गर्न सक्छन् । लिपुलेकलाई त्रि-बिन्दु मान्दा यही अर्थ निस्कन्छ ।
यसकारण गल्ती त्यही भयो, जब चीनले सन् १९९९ मा यसलाई त्रि-बिन्दुभन्दा नेपालले कुनै औपचारिक प्रतिक्रियासम्म दिएन । तथ्य र दस्तावेजले लिम्पियाधुरा नै सीमाबिन्दु अर्थात त्रिबिन्दु हो भने चीनले भनेझैं लिपुलेक त्रिबिन्दु हुनै सक्दैन ।
लिम्पियाधुरादेखि काली नदीले काटेको पूर्वोत्तर भाग तिब्बत सीमासम्म सबै नेपाल पर्न जान्छ । सरकार र सम्बन्धित सबैले यो कुराको उठान गर्नुपथ्र्याे र पर्छ । तर, अहिले लिपुलेकको कुरा मात्र बढी उठाइएको छ अस्वाभाविक तवरले ।
यो क्षेत्रको सीमा विवाद आजको हैन । सम्वत २०१९ वा सन् १९६२ मा भएको भारत-चीन युद्धदेखि आजसम्म कालापानीमा भारतीय सेनाको उपस्थिति छ र लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि भारत अधीनस्थ छ । यो विवाद ५३ बर्षदेखि चली आएको छ । तर, अहिले आएर ऐन मौकामा यत्रो हल्ला किन भइरहेछ कुरा स्पष्ट छ । मस्यौदा संविधानका विरोधीहरुलाई एकातर्फ व्यस्त गराइयो भने अर्कातर्फ यो मस्यौदा संविधानले भारत र चीनलाई व्यवस्थापन गर्न नेपाललाई ककपिट बनाउने पश्चिमाहरुको चाखलाई सम्वोधन गरेबाट भारत र चीन दुबैमा जुन असन्तुष्टि बढ्नेवाला थियो, त्यसको सट्टा उनीहरुलाई नै लिपुलेकको सवालले बचाउको अवस्थामा पुर्‍याइदियो ।
लिपुलेक प्रकरणलाई हावा दिएर विरोधीको ध्यान अन्यत्र मोडियो र भारत चीनको असन्तुष्टिलाई पाखा लगाइयो । लिपुलेक कालापानी र लिम्पियाधुरा आन्तरिक राजनीतिका रणनीतिक औजार होइनन् प्रादेशिक संप्रभुताका विषय हुन् ।
पहिले यथेष्ठ चर्चा भइसकेको पनि छ, यो मस्यौदा संविधान पश्चिमाहरुको चाखमा नेपाललाई टुक्राउने आधारपत्र भई आएको छ । स्वभाविक प्रश्न उठछ, पश्चिमाहरुको नेपालमाथिको यत्रो चाख केका लागि ? भारत र चीन विश्व शक्तिका रुपमा उदाइसकेका राष्ट्रहरु हुन् । ठूलो बजार, ठूलै अर्थतन्त्र, ठूलै सैन्य शक्ति र ठूलो अन्तराष्ट्रिय डायस्पोरा ।
अब पश्चिमाहरुको शीत द्वन्द्व स्वभाविक रुपमा चीन र भारतसँग हुन्छ । अझ मोदी प्रधानमन्त्री बनेपछि भारत-चीन सम्बन्ध अरु असल र तनावरहित हुन थालेको छ । यो स्थिति पश्चिमका लागि चुनौति हो । यसको सामना गर्न उनीहरुले नेपाललाई उपयोग गरिरहेछन् ।
पश्चिमाहरुले एकातर्फ यस्तो संविधानका लागि पाश्र्व भूमिका खेल्ने, अर्कातर्फ सिके राउतहरुको भरण पोषण गर्ने । परिणति स्पष्ट छ, गृहयुद्ध अनि नेपालको विभाजन । टुक्राइएको नेपाललाई आधार बनाएर चीनको तिव्वत र सिञ्जियान तथा भारतको उत्तरपूर्व र कश्मिरमा प्रहार हुनेछ । हाम्रा दुबै छिमेकीहरु विखण्डनको आगोमा धकेलिने सम्भावना छ ।
त्यही अशान्तिले एशियाको ठूलो जनसंख्यालाई पुनः पश्चिमको बजार बनाउने प्रयत्न हुनेछ ।
त्यसैबीच सांस्कृतिक अतिक्रमणबाट उनीहरुले आफुपरस्त जनसंख्या पनि निर्माण गर्नेछन् । यही पश्चिमा डिजाइनको आधारपत्र हो अहिलेको मस्यौदा संविधान ।
(जलस्रोत विज्ञसमेत रहेका सुवेदी कांग्रेसनिकट बुद्धिजीवी हुन्)
- See more at: http://www.onlinekhabar.com/2015/07/296548/#sthash.5bXN8WXA.dpuf

Monday, July 6, 2015

संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर - See more at: http://www.onlinekhabar.com/2015/07/295027/#sthash.zZrDIzWp.dpuf

संविधानको मस्यौदा : मृत्युपत्रमा कांग्रेसको हस्ताक्षर

कस्तो समाजवाद ल्याउने उत्तर कोरियाको जस्तो ?

२०७२ असार १७ गते १०:०८ मा प्रकाशित
 1322  7 
  0
अरुणकुमार सुवेदी
अहिले संविधान मस्यौदाको चर्चा छ । भूकम्पपछिको नवनिर्माण कि पुनर्निर्माण भन्ने बहस चलिरहेको बखत संविधान पनि नव र पुनको बीचको जस्तो भएर मस्यौदा पेश भएको छ ।
सधैंजसो आर्धिक मुद्दामा आफुलाई केन्दि्रत गर्ने स्वप्नकार आज भने संवैधानिक मुद्दामा बढी केन्द्रित रहने अवस्था आयो । मस्यौदा संविधानमा केही सांस्कृतिक, केही राजनीतिक र केही आर्थिक पहलका सकारात्मक/नकारात्मक एवं अनुत्तरित प्रश्नमाथि विश्लेषण गर्ने चेष्टा छ यो स्वप्नकारको ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
लामो स्वभाविक गर्भकालबाट अस्वभाविक र छोटो प्रसवकालमा आएको मस्यौदा संविधानका स्वरुप र त्यसवारे आफ्नो अडान राख्दै आएका राजनीतिक दलहरुको स्थिति हेर्दा यो आश्चर्यको बिषय पनि भएको छ । आखिर यस्तो हतारो किन गरियो संबिधानका लागि विश्लेषणको विषय बनेको छ ।
यो कारण एउटा मात्र हो, धर्म निरपेक्षताका लागि पश्चिमा दबाव । सांस्कृतिक राष्ट्रियतालाई अश्विकार गरेको यो मस्यौदा संविधानले नेपालको बिखण्डनको बिजारोपण गरेको छ । राष्ट्रको मूलधार सांस्कृतिक पहिचानको अवज्ञा तथा त्यस अन्र्तगत रहेका अरु सांस्कृतिक पहिचानका आधारमा तयार पार्नुपर्ने संघीय ज्यामितिबाट विमुख रहेको संविधान लागु गरिएकै दिन जल्ने निश्चित छ ।
वर्तमान संविधानमा प्रचण्ड बहुमत भए पनि यसले ‘वाइभर’ संविधानको रुप ग्रहण गर्न सक्ने सम्भावना प्रवल रहेको छ । आफुले राखेको कुरा प्रमाणित नभए पनि ठूलो मात्रामा पश्चिमा धनराशीले खरिद गरिएको मस्यौदा संविधान त हैन ? यो भन्ने आशंका पनि यत्तिकै उत्पन्न भएको छ ।
बहुदलीय संसदीय प्रजातन्त्रलाई अपरिवर्तनीय सर्त राख्न सकेन नेपाली कांग्रेसले । यो भन्दा ठूलो पतन केही हुने छैन कांगे्रसको । अब नेपाललाई उत्तर कोरियाजस्तो प्रजातान्तिक जनगणतन्त्र नेपाल बनाउने कार्यलाई संविधानको प्रस्तावनाले चाँहि छुट दिएको छ । त्यसमा ‘समाजवादी’ पनि थप्न सकिनेछ ।
यो मस्यौदा संविधानसँगै नेपाली कांग्रेसले आफ्नो मृत्युपत्रका रुपमा यो मस्यौदा संविधानमा हस्ताक्षर गरेको छ ।
सापेक्षित रुपमा लामो र मर्मको ओजमा उभयरुपी एवं हल्का लाग्ने प्रस्तावनामा एउटा आर्थिक पदावलीलाई राख्नु अर्काे रहस्य र आश्चर्यको बिषय बनेको छ । त्यो हो समाजवाद । अब समाजवादलाई अस्वीकार गर्ने राजनीतिक शक्तिहरुले नेपालको राज्य सत्तामा उपस्थिति जनाउन पाउने कि नपाउने ? एकातर्फ राजनीतिक विचारलाई स्वतन्त्रता दिने प्रावधान राख्ने, अर्कोतर्फ समाजवाद एउटा सिद्धान्त विशेषलाई प्रस्तावनामै राख्ने अनौठो कार्य भएको छ मस्यौदा संविधानमा ।
यो समाजवाद नामको तुरुपले मुलुकमा कुन परिवर्तन लिएर आउला उप्रान्त ? जिज्ञाशाको विषय हो । यो स्वप्नकारको पहिलेदेखिको अडान छ शिक्षा, स्वस्थ्य र बृद्धावस्थाको पूरा सुरक्षा राज्यले प्रत्याभूत गर्नुपर्छ ।
आजसम्म र पहिले पनि कांग्रेस, एमाले र एमाओवादीले पटक-पटक शासन गरैकै हुन् र त्यो सासनले सामाजिक सुरक्षा दिइनुपर्ने क्षेत्रलाई अरु व्यापारीकरण पनि गरेकै हो । शिक्षा, स्वास्थ्य सेवा र बृद्धावस्थाको सुरक्षाको प्रत्याभुति नदिने यी क्षेत्रलाई बिकाउ र बस्तुकरण गर्ने राज्य व्यवस्थाको पक्षपाती यी राजनीतिक दलहरुले भनेको समाजवाद के हो ? स्वप्नकारले बुझ्न सकेको छैन ।
कुनै सरकारको नीति तथा कार्यक्रम बिशेषमा वा चुनावी घोषणा पत्रमा राखिने भाषा र मर्म राखिएको मस्यौदा संविधान कतिको सतही छ भनिरहनु परेन ।
जातीय, क्षेत्रीय, सांस्कृतिक पहिचानका अभियन्ताहरु र सांस्कृतिक मूलप्रवाहको पहिचानलाई संवैधानिक स्वरुप दिनुपर्छ भनी अडान राख्दै आएकाहरु एकठाउँ आउनै पर्छ
यो मस्यौदा संविधानको स्वरुप लिएर आउनका लागि बार्गेनिङ औजारका रुपमा पहिचानवादीहरुलाई प्रयोग गरियो । नेपालको मूल प्रवाह सांस्कृतिक राष्ट्रियतासँग जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई विरोधी बनाई लडाएर सांस्कृतिक अतिक्रमण पनि गरियो  र अहिले तिनलाई मझधारमा पारेर अरु उग्ररुप ग्रहण गर्नु पर्ने बाध्यतामा धकेलियो ।
अर्कातर्फ यस्तो सम्भावित संबिधान ल्याएर राष्ट्रलाई गृहयुद्धमा फसाउने डिजाइन सफल पारिँदैछ । यसको अर्थ स्पष्ट छ, हिजो पहिचानको मुद्दालाई अति उक्साउने र यस्तो संविधानको स्वरुपलाई अगाडि ल्याउने एउटै सुत्राधारका दुई अनुहारहरु हुन् ।
अब के गर्ने ?
जातीय, क्षेत्रीय, सांस्कृतिक पहिचानका अभियन्ताहरु र सांस्कृतिक मूलप्रवाहको पहिचानलाई संवैधानिक स्वरुप दिनुपर्छ भनी अडान राख्दै आएकाहरु एकठाउँ आउनै पर्छ । जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानहरुलाई सांस्कृतिक अतिक्रमणकारीहरुको प्रभावबाट मुक्त गराउन लाग्नुपर्छ यसका अभियानताहरु ।
त्यसपछि नेपालको सांस्कृतिक मूलप्रवाहको आन्दोलनसँग जोडिनुपर्छ यो सांस्कृतिक राष्ट्रवादी नयाँ सूत्रले मात्र सबैको पहिचानको सुरक्षा  गर्ने छ । अब नयाँ ध्रुवीकरणमा सांस्कृतिक राष्ट्रवादी आन्दोलन जरुरी छ, जसले बढीमा एक दशकभित्र अहिले लागु गर्ने भनिएको संविधान उखेल्न सकोस् । यदि यस्तो आन्दोलनले स्वरुप ग्रहण गर्न सकेन भने नेपालमा निरन्तर रुपमा बढदै गएको बिद्रोहको सामाजिकीकरणले राष्ट्र बिखण्डनमा पुग्नबाट कसैले रोक्न सक्दैन ।
सांस्कृतिक राष्ट्रियताको मूल प्रवाहलाई सकी नसकी राप्रपा नेपालले अरु आंगिक मुद्दाहरुसँग एकीकृत गरेर उठाई आएको छ । जातीय र क्षेत्रीय सांस्कृतिक पहिचानका मुद्दाहरुलाई केही मधेसवादी भनिएका र केही जातिवादी भनिएका दलहरुले पनि उठाई आएका छन् । तर, यिनीहरुको भावना कतै मिल्दोजुल्दो भई आए पनि उद्भव र उद्भवपछिको योजना अलग अलग थिए र छन् ।
अब नयाँ अध्यायमा मुलुक प्रवेश गरेको छ । यी दुवैले आफ्नो पहिलेको अवस्थावाट ठुलो परिवर्तनको वाटोमा हिँडी एकीकृत आन्दोलनमा पुग्नै पर्छ । यो ध्रुवीकरणको नयाँ सुत्रमा आउन सकिए मात्र राष्ट्र जोगिन सक्छ, नत्र संसारको सोह्रौं पुरानो राष्ट्रको अवसानको युग प्रारम्भ भएको छ ।
(जलस्रोत विज्ञसमेत रहेका सुवेदी कांग्रेसनिकट बुद्धिजीवी हुन्)
- See more at: http://www.onlinekhabar.com/2015/07/295027/#sthash.zZrDIzWp.dpuf

Tuesday, June 16, 2015

ओन्लाइङ्को लेख भुकम्प पछिको आर्थिक नीतिको बहस -5

पहाडेलाई मधेसमा नसारौं, हिमाली बस्ती खाली नपारौं !

भूकम्पपछिको पुनर्बास नीतिबारे बहस

२०७२ जेठ ३० गते १८:१६ मा प्रकाशित
 589  20 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको उद्धार, राहत र पुर्ननिर्माणको बहस चलिरहँदा भूकम्पको राजनैतिक पराकम्पन पनि अनपेक्षित रुपमा देखा परेको छ ।
इन्डोनेसियाको राजनैतिक विवादलाई सुनामीको त्रासदीले गाडीदिएझैं भूकम्पको धक्काले मुख्य राजनैतिक शक्तिहरु वीचको विवादलाई समाप्त पार्ने अनिवार्य स्थितिको निर्माण गर्‍यो । केही भुरेटाकुरे र कन्फ्युज्ड पार्टीहरुलाई छाडेर लगभग सहमति भएको छ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
पछि तोड्न र मोड्नलाई सहज हुने गरी बनाइएको संघीयताको समझदारीले सत्तारुढ गठबन्धनसँग एमाओवादी र फोरम लोकतान्त्रिक एक स्थानमा आए भने धर्मनिरपेक्ष माथिको मौनताले संविधानसभाको चौथो शक्ति राप्रपा नेपाललाई रिङ बाहिर राखेर पनि अव्यक्त सम्वोधन गरेको छ ।
जेहोस् भूकम्पले नेपाली भूमि तरलीकरण भएका बेला त्यसको दबावले नेपाली राजनीतिमा ठोसकरण आएको हो कि भन्ने सन्देश नेपालीहरु माझ पुगेको छ ।
राजनीतिक विश्लेषण गर्ने स्वप्नकारको उद्देश्य छैन । तर, प्रशंग वश आइपरेको राजनैतिक स्थितिको उठान गरिएको मात्र हो, यसले नव/पुर्ननिर्माणको नीति र स्थितिलाई पनि अवश्य प्रभाव पार्ने छ ।
भूकम्पछिको नव/पुर्ननिर्माणका लागि आवश्यक आर्थिक नीतिको बारेमा अघिका लेखहरुमा देखिएका प्रतिकि्रया र शेयरले उत्साहित तुल्याएको छ यस स्वप्नकारलाई । नव/पुनर्निर्माण हेतु आवश्यक आर्थिक स्रोत जुटाउनेतर्फ पहिलेका लेखहरु केन्द्रित रहे । उक्त स्रोतको उचित प्रयोगले मुलुकको आर्थिक अवस्थामा नयाँ रक्तसञ्चार प्रवाह हुन सक्छ ।
यस श्रृंखलामा अहिले व्यापक बहसमा रहेको आवास/पुर्नवास नीति, सो अनुसारको भू-उपयोग नीति र आवश्यक कृषि नीतिका बारेमा केही धारण व्यक्त गर्ने कोशिस गरेको छ स्वप्नकारले ।
१ ग्रामीण आवास /पुर्नवास नीति –
नेपालको ग्रामीण क्षेत्रको परम्परागत बसोवास शैलीमा विकास पुर्‍याउन महंगो भएको सर्वविदितै छ । कुनै निश्चित केन्द्रमा विकास पुर्‍याए पनि त्यसको वरिपरिको क्षेत्र त्यसै रहने अवस्था छ । यस स्वप्नकारले आर्थिक नीति/विकास नीतिसम्वन्धी केही फोरमहरुमा राखेको विचारलाई पुनरुक्ति गर्नु आज पनि सार्न्दभिक लागेको छ ।
हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ
कर्णाली अञ्चलको ठूलो, कठीन भूगोल र अत्यन्त न्यून जनघनत्वलाई सम्वोधन गर्न कस्तो विकास निति ल्याउनु पर्ला भन्ने प्रश्नमा स्वप्नकारको धारणा ८/१० वर्ष अघि प्रकाशित पुस्तक सपनाका गाथाहरुमा पनि सम्प्रेशित थियो । आज पुर्नवासको स्थिति प्रकृतिले कर्णाली प्रदेशमा नभएर पश्चिमाञ्चल र मध्यमाञ्चलका विरल जनघनत्ववाला क्षेत्रमा आइपरेको छ । यसकारण त्यो सोचलाई लागु गर्न सके उचित होला भन्ने अभिप्राय हो स्वप्नकारको ।
केही अगाडि भूकम्प पीडित जनतालाई केही स-सना घर घडेरी दिई मधेस र भित्री मधेसमा पुर्नवास गराउने नीतिको पनि चर्चा भएको थियो । स्वप्नकार त्यसको पक्षमा छैन । यसले जमीनको सानोे टुक्रामा पुर्नवास गराइएकाहरुलाई सदा सदाका लागि गरिवमा परिणत गर्नेछ ।
अर्कातर्फ यसरी हिमाली पहाडी ग्रामीण क्षेत्रलाई शून्य पार्दै लाने हो भने नेपाल-चीन सीमाक्षेत्र नै वस्ती विहीन हुने अवस्था आउन सक्छ । जनता स्वयम नै सीमारक्षक हुन् । यसर्थ त्यस्ता क्षेत्रलाई वस्ती शुन्य बनाउने गरी पुर्नवासको योजना बनाउनुहुँदैन । तर, अब भूकम्प प्रभावित जिल्ला, विशेष गरी हिमाली क्षेत्र छोएका जिल्लाहरुको पुर्नवासका लागि वैज्ञानिक बसोबास भएका जनसंख्या केन्द्रहरु निर्माण गर्नेतर्फ योजना ल्याउनुपर्छ ।
एउटा जनसंख्या केन्द्रबाट वरिपरिको क्षेत्रमा खेतीपाती गर्न सक्ने गरी जनसंख्या केन्द्रको अवस्थिति बनाइनुपर्छ । त्यस्ता केन्द्र बनाउनका लागि सुरक्षित क्षेत्रहरुको पहिचान गरिनुपर्छ । यसरी पुर्नवास गराइएका जनतालाई निजी जमीन मात्र अपर्याप्त भए सरकारी जमीन पनि भोगाधिकारमा दिने नीति राम्रो हुनेछ । अब यस्ता क्षेत्रमा ९६ रोपनीको हदबन्दीको कुनै अर्थ रहन्न ।
भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ
भूकम्प प्रभावित क्षेत्र त्यसमा पनि अत्यन्त कठीन भौगोलिक अवस्था र छरिएर बसेको सानो जनसंख्यालाई अर्बौ खर्बौंको योजनामा लगानी गर्दा त्यसको प्रतिफल कस्तो स्वरुपमा कसरी आउँछ भन्ने कुराको भरपर्दो तर्क र तथ्य लिखितरुपमा प्रस्तुत हुनुपर्छ । यसमा पहिले केही नीतिगत आधारहरु तयार गरी तदनुरुपको अवस्था निर्माण गरेपछि मात्र विकासको मोडेल तयार गर्न सकिन्छ ।
यसका निम्ति लिइनुपर्ने पहिलो नीति हो बैज्ञानिक पुर्नवास । भूकम्प प्रभावित क्षेत्रमा रहेका अत्यन्त न्युन जनघनत्व र सुदुरवर्ती पातला बस्तीहरुलाई पहिले सम्भाव्य स्थानहरु चयन गरी जनआवादी  क्षेत्र विकास गर्नुपर्छ । यसो भएपछि  त्यस्ता केन्द्रहरुमा सम्भाव्य विकास निर्माण गर्न सहज हुन्छ ।
व्यापक पुर्नवास भएपछि भूकम्पले प्रभावित रहेका धेरै ठाउँहरु खाली हुनेछन् । ती खाली ठाउँको उपयोग त्यसक्षेत्रको आर्थिक विकासको अर्को मुख्य सवाल हुनेछ । भूकम्प प्रभावित क्षेत्रहरुको भौगोलिक र प्राकृतिक स्रोतहरुको पहिचान गरि चरिचरन जडीबुटी उत्पादन तथा पर्यटन विकास यी तीन उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ ।
जहाँ यातायातको व्यवस्था छैन, त्यहाँ पशुपालनको व्यवसाय रोज्नेहरुलाई शक्तिशाली सञ्चार उपकरण, खच्चर वा पोनीसहित पशुहरु चरनमा लिएर जाने प्रणालीबाट प्रेरित गर्नुपर्छ । पशुजन्य उत्पादनले आर्थिक विकासमा ठूलो टेवा दिनेछ ।
जडीबुटीका लागि पनि कृषक समूहहरुलाई ठुल्ठुला क्षेत्रहरुको भोगाधिकार दिनुपर्छ । त्यहाँबाट उत्पादन हुने जडीबुटी अर्ध प्रशोधित वा कच्चा अवस्थामा ढुवानी गर्दा यातायातको पहुँच नभएका स्थानहरुमा  पशु ढुवानीबाट पनि आवश्यक स्थानमा लाने गर्नु पर्छ ।
भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो, यातायात पूर्वाधारको विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई  भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ
भूकम्पीय जोखिम भएका क्षेत्रहरुको पर्यटन विकासमा पनि पशु सवारी, पैदल यात्रा र केवुल वेको निर्माण गरी केबुल वेमै सीमित राख्न सक्नुपर्छ यसो गर्न सके स्खलनशील पहाडहरु झर्ने क्रम कम भई पहिरो खस्ने जस्ता दैवी प्रकोपबाट केही हदसम्म बचाउन सकिन्छ ।
गामीण सडक निर्माणको क्रममा अहिलेको भूकम्प प्रभावित क्षेत्रमा पनि ठूला, कमला र स्खलनशील पहाडहरुमा अत्यधिक छेडखानी भएको छ । स्वप्नकारको धारणामा यो सकारात्मक बिकास होइन । अति आवश्यक परेको खण्डमा मात्रै सडक निर्माण गर्नुपर्छ अन्यथा विकल्पहरु छन् ।
यी सबै विकासमा सञ्चार सुविधा महत्वपूर्ण हुन्छ । गोठाला पर्यटक र कृषकहरुलाई शक्तिशाली सञ्चार उपकरण उपलब्ध गराउनुपर्छ । यसले प्राकृतिक विपत्तिमा उनीहरुको उद्धार गर्न र उत्पादनको बजार मूल्यका बारेमा उनीहरु सदा सुचित रहन सघाउ पुग्नेछ ।
पुनःश्च भूकम्प प्रभावित क्षेत्रको विकासमा बैज्ञानिक पुर्नवास अपरिहार्य शर्त हो यातायात पूर्वाधारका हकमा केवुल वे, घोडा, खच्चड, भेडा, चौरीको यातायात विकास गरी सकेसम्म सडकको पहुँच कम बनाई पहिरोलगायतका दैवी विपत्तीहरुवाट भूकम्पले छियाछिया भएका क्षेत्रहरुलाई बचाउनुपर्छ भन्ने यो स्वप्नकारको उद्देश्य हो ।
अन्त्यमा, जहाँसम्म अहिलेको राजनीतिक सहमतिको सवाल छ, अन्तराष्ट्रिय उच्च रणनीतिक रस्साकसीमा दिशाहीन देखिएको नेपाली राजनीतिलाई दुई विशाल छिमेकीहरुको पार्श्व दबावमा टेक्टोनिक घर्षणको ताथै ताथै वीच राजनीतिलाई स्थिर बनाउने काम भएको छ  ।
यसले पश्चिमाहरुको नेपाली राजनीतिलाई जहिले तरल बनाएर चीन-भारतवीच आफ्नो नौका राखी रखवाली गर्ने रणनीतिलाई तुरुन्तका लागि अर्धविराम लगाइएको प्रतीत हुन्छ । उप्रान्त पश्चिम बनाम भारत चीन रणनीतिक टक्करले कुन स्वरुप ग्रहण गर्ने हो, प्रतिक्षाको विषय बनेको छ ।
ट्वीटर Dream dweller
- See more at: http://www.onlinekhabar.com/2015/06/287709/#sthash.46NftrhU.dpuf

Thursday, June 11, 2015

Article on Onlinekhabar-debate series 4

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाऔं

बहस : दातृ समुहको बैठक र नेपालले गर्नुपर्ने काम

२०७२ जेठ २३ गते ९:२८ मा प्रकाशित
 763  19 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको नवनिर्माणको एजेन्डामा बहस र प्रतिवद्धताका लागि यही आषाढ १० गते दातृ समूहको सम्मेलन आयोजना गरिएको कुरा सरकारले सार्वजनिक गरेको छ । यसका लागि समान हैसियतमा भारत र चीनसँगै जापान, अमेरिका, युरोपियन युनियन, एशियाली बिकास बैंक, बिश्व बैंक आदिलाई आमन्त्रण गरिएको छ । नेपालमा नै गर्न लागिएको उक्त सम्मेलनप्रति यो स्वप्नकार अलग धारणा राख्दछ ।
modi-and-hinese-president
केही समय अगाडि एशियाली विकाश बैंकको बाकुमा भएको वाषिर्क साधारणसभामा दातृ समूहको सह-अध्यक्षता र स्थानलाई लिएर गम्भीर बहस भएको थियो । उक्त बहसको रणनीतिक दबाव यति व्यापक थियो कि सहअध्यक्षता गर्ने राष्ट्र र सम्मेलनस्थलका बारेमा तुरुन्त बोल्नु गाह्रो भएको कुरा अर्थमन्त्रीले बताएका थिए ।
अमेरिका, ईयु, जापान भारत र चीन आफ्नै सहअध्यक्षता गर्न तयार रहेको बताइरहेथे र आयोजना स्थलमा पनि त्यस्तै विवाद पर्न गएको थियो । जापान र एडीबीको जोड मनिलामा बैठक हुनुपर्छ भन्ने थियो । पश्चिमाहरु र विश्व बैकको चाहना पेरिस थियो । चीन बेइजिङ वा अर्काे तटस्थ स्थान भनिरहेको थियो भने भारत दिल्लीमा हुनुपर्ने, अन्यथा अर्को तटस्थ स्थान भनिरहेथ्यो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
आखिर नेपाललाई  आपतकालीन सहायता गर्ने र त्यसका लागि बैठक आयोजना गर्ने स्थलका बारेमा यत्रो तर्क वितर्क  र जोडको के अर्थ छ ? पेरिस वा मनिला किन तटस्थ स्थल भएनन् भारत र चीनको नजरमा ? यही हो गम्भीर सवाल । र, यसको विश्लेषणात्मक उत्तर हेतु स्वप्नकारले बारम्बार उठाउँदै आएको प्रशंगको पुनरुक्ति आवश्यक पर्न गयो ।
नेापालमाथिको प्रभाव र भूमिलाई लिएर धेरै पहिलेदेखि पश्चिम वनाम भारतवीच द्वन्द्व भईआएको थियो । खास गरी वीपी कोइरालाको पश्चिमसँगको सामिप्यताले त्यो स्थिति ल्याएको थियो । विगतको दशकमा भारतसँग टकरावमा जानेभन्दा सहकार्य गर्ने रणनीतिमा पश्चिमाहरु पुगे र त्यसलाई भारतको तत्कालीन सत्ताले पनि स्वीकार गर्‍यो । परिणामस्वरुप नेपालमा अनपेक्षित राजनीतिक परिवर्तनसँगै पश्चिमाहरुको भूमिका विस्तारित भयो ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो
नेपालमा भारतको एकल प्रभावमाथि खास चासो नराखिरहेको चीन पनि पश्चिमाहरुको बढ्दै गएको क्रियाकलाप र नेपालको पहाडी क्षेत्रमा बढ्दै गएको सांस्कृतिक अतिक्रमण मार्फत तिब्बत मामिला र सिञ्जियाङ मामिलामा चीनले संकट बढ्दै गएको अनुभव गर्‍यो । परिणामस्वरुप नेपालको संघीय मामिला, सांस्कृतिक अतिक्रमण लगायतका मामिलाहरुमा चीन र पश्चिमी देश टकरावको अवस्थामा देखिए ।
पश्चिम वनाम चीनको टकरावले नेपालमा भारतको भूमिका पातलिन थाल्यो । वास्तवमा विगतका दशकमा भारतले लिएको नेपाल नीति असफल भयो भन्ने विश्लेषण छ यो स्वप्नकारको । तर, भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्नासाथ स्थितिमा बदलाव आएको छ । एकातर्फ नेपाल मामिलामा भारत र चीनका समान विचार आइरहेछन् भने  अर्कातर्फ आफु मात्र पर्याप्त नभएर भारतले पश्चिमसँग भन्दा रसिया, जापानलगायत अफगानिस्तान, भियतनामसमेत हिन्द चीनका अन्य राष्ट्रहरुसँग सघन सम्वन्ध बनाई चीनमाथि सामुहिक दबाव दिने र नेपाल मामलामा पश्चिमाहरुलाई अलग राख्ने प्रयत्न गरी चीनसँग समान धारणा राख्ने नयाँ रणनीति /कुटनीतिमा भारत अगाडि बढेको छ ।
अहिलेको यस विपतमार्फत पनि एशियाको ककपिट भनिएको नेपालमा आफ्नो वर्चश्व बढाउन पश्चिमा र जापान एउटा रणनीतिमा रहे भने चीन र भारत त्यसको विपरीतमा । र यही द्वन्द्व मुखरित भयो बाकुमा ।
०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन्
नेपालका लागि त्यो अवस्था अप्ठेरो थियो यद्दपि अप्ठेरो नमान्नुपथ्र्याे । यो अप्ठेरो उत्पन्न भएको थियो नेपालको परराष्ट्र नीतिको आधार सिद्धान्तले । त्यसबाट तुरुन्त उम्कन अर्थमन्त्री डा. रामशरण महतले जे भने र जे गरे, त्यसको प्रशंसा नै गर्दछ यो स्वप्नकार । वर्तमान मन्त्रीमण्डलका सबैभन्दा अनुभवी मन्त्री हुन् उनी । तर, ०४७ सालपछि नेपालको आर्थिक सामाजिक नीतिलाई गलत बाटोमा लगी वर्तमान दुर्गतिमा पुर्‍याउने दोषी पनि यिनै डा. महत नै हुन् । यसमा भने उनलाई आलोचनाबाट उन्मुक्ति दिन सकिँदैन ।
अहिले सरकारले उक्त सम्मेलन नेपालमै गर्ने निर्णय त गर्‍यो । तर, यो बैठकका लागि तय गरिएको कुटनीतिक आधारसँग स्वप्नकार पूर्ण असहमत छ । माथि उल्लेख भएको द्वन्द्व त्यसरी मुखरित हुँदाहुँदै पनि नेपालले त्यस द्वन्द्वबाट आफूलाई मुक्त राखी विकासका लागि अगाडि बढाउने नयाँ सोच लिएर आउन सकेन ।
स्वप्नकारको पहिलेदेखिको स्पष्ट धारणा छ नेपालका लागि भारत र चीनको समान महत्वमा अरु कोही हुन सक्तैन । अतः दातृ समूहका नाममा समान हैसियतमा तेस्रो अरु राष्ट्रहरुलाई सहभागी बनाउने नेपालको कुटनीतिक निर्णय अदुरदर्शी अव्यवहारिक छ ।
नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो
नेपालमा भएको विनाशकारी भूकम्मपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमण भएको थियो । उनको चिनियाँ राष्ट्रपतिसँगको वार्तामा नेपाल उच्च प्राथमिकताको विषय थियो, जसको कुटनीतिक/रणनीतिक संकेत नेपालले बुझ्नु पथ्र्यो । तर, नेपालले त्यो नबुझेको हो या बुझेर पनि यसै गरिएको हो यकिन भएन ।
अब प्रश्न उठ्छ, नेपालले आखिर के गर्नुपर्थ्यो ? यस प्रश्नको स्पष्ट उत्तर छ स्वप्नकारसँग । नेपालले सबभन्दा पहिले भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति दुबैलाई मात्र आमन्त्रण गरेर शिखर बैठकको आयोजना गर्नु पर्थ्यो । त्यो शिखर सम्मेलन नै नेपालका लागि यथेष्ट हुने थियो । त्यसले छिमेकीप्रति हाम्रो विश्वसनीयता दर्बिलो हुने थियो । अन्य दातृराष्ट्र र निकायहरुका लागि कुटनैतिक पहल र मन्त्रीहरुको भ्रमण नै काफी हुने थियो । अझ पनि केही बितेको छैन, असार १० को सम्मेलनपछि पनि यस्तो शिखर बैठकको आयोजना गर्न सकिन्छ ।
- See more at: http://www.onlinekhabar.com/2015/06/285300/#sthash.08lVdhZn.dpuf

Monday, June 1, 2015

भुकम्प पछिको आर्थिक नीतिको बहस शृंखला-३

सरकारले जाँड, बोका र बिँडी बेचेर बस्नुहुँदैन

बहस : अबको अर्थनीति कस्तो हुनुपर्छ ?

२०७२ जेठ १७ गते ११:३६ मा प्रकाशित
 704  14 
  0
अरुणकुमार सुवेदी
भूकम्पपछिको पुनर्निर्माणका लागि जसरी मौद्रिक नीतिमा नयाँ सोच र परिवर्तन जरुरी छ, त्यसरी नै राज्य आफैंले ऋण, कर र अनुदान बाहेकका आफ्ना अरु स्रोतहरुलाई कसरी परिचालन गर्ने भन्ने सोच पनि जरुरी छ । यसको अर्थ हो, राज्यले आफ्नो स्वामित्वमा रहेका बोझिला सम्पतिहरुको उचित प्रयोग गर्नु ।
अरुण सुवेदी
अरुण सुवेदी
त्यस्ता सम्पतिमा पर्छन् धेरै सार्वजनिक प्रतिष्ठानहरु । रुग्ण र भ्रस्ट अवस्थामा रहेका सार्वजनिक  प्रतिष्ठानहरु अब सरकारी स्वामित्वमा राखिराख्न जरुरी छैन ।
एक्काइशौं शताब्दीको प्रजातान्त्रिक सरकारले बग्गीखानामा जाँड बेचिराखेको छ, उदयपुर/हेटौडामा सिमेन्ट र जनकपुरमा बिँडी । यो भन्दा हास्यास्पद के हुन सक्छ ?
सार्वजनिक प्रतिष्ठानहरु सरकारले चलाइराख्नु आधुनिक अर्थतन्त्रको मर्म विपरीत छ नै, त्यो सभ्य र प्रजातान्त्रिक सरकारको नैतिकता विपरीत पनि छ । सरकार जोसँग कर उठाउँछ, त्यसैसँग प्रतिस्पर्धी पनि बन्नु पूरापूर अनैतिक कार्य हो । यसकारण यस स्वप्नकारको स्पष्ठ धारणा रहिआएको छ कि कानुनहरु तुरुन्त परिमार्जन गरी उदयपुर सिमेन्टदेखि वाणिज्य बैंकसम्म निजीकरण हुनुपर्छ ।
टेलिकम अरु बढी विनिवेषमा जानुपर्छ, सबै विनिवेष गरे पनि फरक पर्दैन । विद्युत प्राधिकरणका हरेक परियोजना कम्पनी बनाई निजीकरण गरिनुपर्छ । आवश्यकता अनुसार वितरण क्षेत्र पनि निजीकरण गरिनुपर्छ ।
सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ
वर्तमान विद्युत प्राधिकरणलाई राष्ट्रिय प्रसारण निगम वा कम्पनीमा मात्र सीमित राखिनुपर्छ । वायुसेवा निगमका शेयर निजीक्षेत्रलाई बेचे हुन्छ । एउटा आपतकालीन आपूर्ति र कृषि उपज (नसड्ने) को क्रय प्रत्याभूति दिने संस्थान बाहेक सरकारले व्यापार गरी बस्नुपर्ने आवश्यकता छैन । सके स्वदेशी, नत्र विदेशी आएर पनि बोल कबोल गर्लान् ।
यसबाट सरकारलाई ठूलो रकम प्राप्त हुनेछ, जसलाई नयाँ विकास परियोजनाहरुमा लगानी गर्ने र विकासको नयाँ अध्याय सुरु गर्ने अवसर मिल्नेछ ।
‘कन्फ्युज्ड’ अर्थमन्त्री  
तर, यसका लागि सबैभन्दा अडचन हो, वर्तमान अर्थमन्त्रीको कार्य चिन्तन । उहाँप्रति मेरो कुनै व्यक्तिगत कुरा छैन । तर, मेरो विश्लेषण छ, उहाँ नेपालको अर्थनीतिको स्पष्ट गन्तव्यको खाका कोर्न ‘कन्फ्युज्ड’ व्यक्ति हुनुहुन्छ ।
ramsaran mahat
वर्तमान अर्थमन्त्री ०४७ सालपछि नेपालको अर्थनीतिको अभियन्ता हुने अनवरत अवसर प्राप्त गरेका व्यक्ति हुन् । आफूलाई नेपालमा उदार अर्थ व्यवस्थाको सुत्राधार माने पनि कुन क्षेत्रमा उदार नीति र कुन क्षेत्रमा सरकारको सक्रियता अपरिहार्य भन्ने कुरामा उहाँ र उहाँको टिम स्पष्ट नहुँदा आज सरकारको प्रत्याभुति हुनुपर्ने शिक्षा र स्वास्थ्य क्षेत्र मुनाफामूलक लगानीको क्षेत्रमा रुपान्तरित भए । तर, सरकार अहिले पनि जाँड, बोका र बिँडी बेचेर बसेको छ । वृद्ध अवस्थाको सुरक्षा गैरसरकारी संस्थाहरुको जिम्मा नै भएजस्तो छ ।
यस स्वप्नकारले यो कुराको पुनरुक्ति धेरै नै गरेको छ । आज पनि अर्थमन्त्री र उहाँको सहकर्मीहरुको सोच कार्यशैली र बीच बीचमा आएका विचारहरुलाई विश्लेषण गर्दा सार्वजनिक प्रतिष्ठानलाई एकै पटक निजीकरण गरेर ठूलो धनराशी उठाउन राज्य अग्रसर हुन्छ भन्ने मलाई लाग्दैन । उहाँहरु त्यस्तो गन्तव्यमा जानु हुन्छ कि हुन्न भन्ने कुरामा अहिले पनि ‘कन्फ्युज्ड’ नै हुनुहुन्छ । ‘कन्फ्युज्ड’ अभियन्ताहरुको नेतृत्वमा सामान्य अवस्थाको अर्थतन्त्र त घुमाउनेको पानीझै घुमिरहेकै हुन्छ भने यस्तो संकटकालमा कसरी अगाडि बढ्ला ? गम्भीर प्रश्न उठेको छ ।
यहाँ भनिए अनुसार अगाडि बढ्ने हो भने सरकारलाई लगानीका लागि ठूलो रकम प्राप्त हुनेछ । जुन रकम ठुल्ठुला जलाशययुक्त विद्युत परियोजना, रेल परियोजनाहरुको स्वपुँजीका रुपमा लगानी गर्न सकिन्छ, जसले विकास मार्फत रोजगारी र कारोबारको अवसर प्रदान गरी अर्थतन्त्रलाई चलायमान गराउन सक्नेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/05/283218/#sthash.p9Xay1EB.dpuf

Saturday, May 30, 2015

भुकम्प पछीको अर्थनिति,बहस्-१

बहस : भूकम्पपछि कस्तो मौद्रिक नीति अपनाउने ?

२०७२ जेठ १५ गते १२:१५ मा प्रकाशित
 3393  41 
  4
अरुणकुमार सुवेदी
नेपालले ०७२ वैसाख १२ गते विनाशकारी भूकम्पको सामना गर्नुपर्‍यो । त्यसका ३ वटा पराकम्पनसहितले गोरखादेखि रामेछाम- ओखलढुंगासम्मका पहाडी क्षेत्रका साथै काठमाण्डौ र काभ्रे उपत्यकाले ठूलो विनाशलीलाको सामना गर्नुपर्‍यो । सांस्कृतिक धार्मिक ऐतिहासिक धरोहरदेखि लिएर व्यक्तिगत सरकारी सम्पतिको क्षति त भयो नै लगभग ९ हजार मानिसहरुले जीवनसमेत गुमाए । हजारौं घाइते भए ।
नेपालको कमजोर राजनैतिक  संस्थापना, स्थायी द्वन्द्वरत राजनैतिक वातावरण र सरकारको कमसल साखका वीच राहत र उद्धारमा नेपालले सोचेअनुसार नभए पनि प्रचार गरिएजस्तो नराम्रो पनि रहेन ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
भूकम्पको समष्टिगत थितिलाई मूल्याङकन गर्दा यस स्वप्नकारको विश्लेषण छ- विज्ञहरुले चेतावनी दिएको अनुपातमा सहरी क्षेत्रमा धनजनको क्षति कम भयो र राहत /उद्धारमा अपेक्षाभन्दा सरकारले राम्रै काम गर्‍यो । अब तुरुन्तको राहत र उद्धारको अवस्था लगभग सकिएको छ र पुनर्निर्माण एवं नवनिर्माणको अध्याय सुरु भएको छ ।
यसकारण नव निर्माण र पुनर्निर्माणको कार्ययोजना शुरु हुनुपूर्व नीति तथा योजनामा सघन बहस जरुरी छ भन्ने मेरो राय छ । सोही बहसका लागि यो लेख लेख्ने प्रयत्न गरेको छु :
वर्तमान संकटलाई सम्वोधन गर्नका लागि कस्तो आर्थिक नीति आवश्यक पर्छ ? यो प्रश्न अहिले सबैभन्दा महत्वपूर्ण छ । यसका लागि निकट समयमा आउँदै गरेको मौदि्रक नीति, सरकारको नीति तथा कार्यक्रम र बजेटको दुरगामी महत्व हुनेछ । यी  तीनवटै विषयमा केन्दि्रत रही केही नीतिगत र कार्य चिन्तनमा आमूल परिवर्तन हुनुपर्ने निक्र्यौलका लागि तर्क र तथ्यगत विश्लेषणको खाँचो छ । भूकम्पीय विपतले जुन आर्थिक मन्दी लिएर आउँदैछ, त्यसलाई सम्वोधन गर्न मौदि्रक नीतिमा अलग सोच आवश्यक छ ।
नेपाल सरकारको आर्थिक नीति/मौद्रिक नीतिको नेतृत्वदायी भूमिकामा रहेका अर्थमन्त्री रामशरण महतको अतीतलाई नियाल्दा उहाँबाट त्यस्तो अपेक्षा गर्न सक्ने स्थिति कमै देखिन्छ ।
Ramsaran-Chiranjivi-nepal
राष्ट्र बैंकको वर्तमान नेतृत्वको कार्य-चिन्तन पनि अर्थमन्त्रीभन्दा अलग रही अर्थमन्त्रीको सोच र कार्य चिन्तनलाई नै परिवर्तन गर्न सक्ने औकातको छैन । बरु अर्थमन्त्रीको  आदेश पालनको स्थितिमा देखिन्छ ।
यसकारण भोलि यस विपतलाई सम्वोधन गर्ने भनी जारी गरिने मौद्रिक नीतिले नेपालको पूर्वाधार क्षेत्र र उत्पादनशील क्षेत्रमा कतै तहस-नहस त पार्दैन  ? यस विषयमा ठूलो भय छ यो स्वप्नकारलाई । वर्तमान अर्थमन्त्री र गर्भनरको कार्य-चिन्तन र अतीतलाई नियाल्दा नेपाली मुद्राको अवमूल्यन गरिने सम्भावना अत्यन्त ठूलो छ ।
भूकम्पको निहुँमा बढी प्रचार र वास्तविकता
भूकम्पीय विपतको निहुँ पारेर आर्थिक संकटमा नाममा नेपाली अर्थव्यवस्था जति कमजोर भएको छ, त्योभन्दा प्रचार ठूलो हुनेछ । र, त्यो अवस्थालाई निराकरण गर्न वैकल्पिक बाटाहरु अवलम्वन गरिने छैन र नेपाली मुद्राको अवमूल्यनको उपाय अवलम्वन गरी राजस्व बढाउने कोशिस गरिने सम्भावना छ ।
यदि यस्तो उपाय अवलम्वन गरिएमा त्योभन्दा ठूलो आत्मघाती कदम केही हुने छैन । राष्ट्रको ऋण स्थानीय मुद्रामा झन बढ्नेछ । महंगी आकासिने छ । जनताको दैनन्दिनी धान्नै नसकिने हुनेछ । परिवत्र्य विदेशी मुद्राको उपयोग गर्नुपर्ने पूर्वाधार विकास आयोजनाको लागत हवात्तै बढ्नेछ । कर्पोरेट तहबाट प्रवर्तित त्यस्ता आयोजनाका वित्तीय सूचकहरु नकारात्मक हुनेछन् । सम्भाव्यता नकारात्मक हुनेछ । परिणामस्वरुप ठूलो मात्रामा स्थानीय लगानी जोखिममा पर्ने स्पष्ट छ ।
नेपालको विदेशी मुद्राका स्रोतहरु मध्ये विप्रेषणमा खासै ठूलो नकारात्मक असर नपरे पनि पर्यटनमा ठूलै असर परेको छ । तर, पुनर्निर्माण र नवनिर्माण हेतु केही आएको पनि छ ।
निर्यात क्षेत्र खासै ठूलो नभएको र तुरुन्त बढाउन पनि सक्ने अवस्था नरहेकाले सरकारले बैकल्पिक मार्गहरु सोच्नैपर्छ ।
उपायहरु धेरै हुन सक्छन्, यो स्वप्नकार त्यसको शुक्ष्म विशेषज्ञ हैन, तर, आजसम्मको अनुभव र सामान्य चेतका आधारमा तुरुन्त अवलम्वन गर्नुपर्ने नीतिगत परिवर्तनको उपाय सम्प्रेशण गर्न चाहन्छु ।
नवनिर्माणका क्रममा भूकम्पीय विनासका कारणले गर्नुपर्ने सामाजिक-आर्थिक लगानीलाई निकै सानो अंश हुनेगरी ठूलो विकास लगानीको नीति लिएर सरकार आउनुपर्छ ।
बजारमा संकुचन सुरु भइसकेको छ । कर संकलन घटिसक्यो भनेपछि बजारमा आर्थिक क्रियाकलाप होस् र उत्पादनशील क्षेत्रले गति लेओस भनेर शिघ्र नयाँ कर्जा नीति आउनुपर्दथ्यो । यस्तो असमान्य अवस्था हुँदा पनि राष्ट्र बैंकले यसतर्फ ध्यान पुर्‍याएको देखिँदैन
सरकार वा सरकारका प्रतिष्ठानहरुले क्रय प्रत्याभुति दिएका वा आयमा प्रत्यक्ष नियन्त्रण गर्न सक्ने प्रकारका ठूल्ठूला परियोजनाहरुलाई निजी वा कर्पोरेट वा सार्वजनिक-निजी साझेदारीमा तुरुन्त अगाडि बढाई त्यसलाई आवश्यक पर्ने कर्जा रकम बाह्य स्रोतहरुवाट लिन सक्नुपर्छ, जसका लागि राज्यले जमानतसमेत बस्नुपर्छ ।
यसका लागि कुनै पनि कर्पोरेट लगानीमा राज्यले जमानत दिँदै नदिने बर्तमान नीति परिर्वतन गर्नै पर्दछ । वर्तमान राजनीतिक नेतृत्वको इमान र साख कमजोर भएको अवस्थामा यस्ता नीतिहरुको दुरुपयोग हुन सक्ने कुरामा स्वभाविक शंका लाग्न सक्छ । यसका लागि क्षेत्र निर्धारण गर्न सकिन्छ । यसमा नियन्त्रणका लागि सार्वभौम संसद पनि छँदैछ ।
अन्य निकाय पनि छँदैछन् । यो कुरालाई अझ बोधगम्य बनाउन उदाहरणहरु नै उल्लेख गर्नु असल होला :
ठूला आयोजना नरोकौं
अध्ययन गरिसकिएका ठूला जलविद्युत आयोजनाहरु, जस्तो-अरुण ३, उपल्लो कर्णाली, तामाकोशी-३, पश्चिम सेती बुढी गण्डकी, नलसिंह गाढ, नौमुरे आदि छन् । तुरुन्त अध्ययन गरी अध्ययन र निर्माणलाई अंश /अंशमा समानान्तर लान सकिने परियोजनालाई पनि सरकारले अगाडि बडाउन सक्दछ, जस्तो-वीरगञ्ज-काठमाडौ रेल र काठमान्डौको मेट्रो रेल ।
त्यसैगरी नेपाल-भारत द्वीपक्षीय हितमा  एवं द्वीपक्षीय सन्धिका आधारमा अगाडि बढाउन सकिने अति ठूला परियोजनाहरुलाई पनि अध्यनकालीन लगानीको परियोजना सुरु नै गर्न सकिन्छ । जस्तो- कोशी उच्च बाँधमाथि अध्ययनकालीन लगानी तुरुन्त आउन सक्छ भने कणर्ाली-चिसापानी र पञ्चेश्वर तुरुन्त सुरु गर्न सकिन्छ ।
अहिलेको परिप्रेक्षमा यी कुरा अत्यन्त ठूला सपना लाग्न सक्छन् । तर यो सोच राजनैतिक नेतृत्वसँग यस्ता सपनाको फम्र्याट नै नभएर उत्पन्न भएको हो ।
जब हाम्रा दुईतिर यत्रा ठूला स्रोत राष्ट्रहरु छन् भने त्यस्ता ठूला परियोजना हामीले गर्न नसक्ने कुरै आउन्न । यस्ता ठूला परियोजनाहरुमा लगानी जुट्नु भनेको पुनर्निर्माण र नवनिर्माणको लगानीले अर्थतन्त्रमा पार्ने प्रभावका सामु त्यो धेरै सानो हुनेछ ।
कर्जा नीति कस्तो बनाउने ?
अर्को अत्यन्त महत्वपूर्ण विषय हो, कर्जा नीति । नेपाल संसारकै अनुदार, अव्यवहारिक, संकीर्ण र कठोर कर्जा नीति भएको राष्ट्रमध्ये पर्दछ । पुनः नवनिर्माणका लागि तथा आपतकालीन दायित्वका लागि सरकार बढी आन्तरिक ऋण लिन बाध्य भएको छ ।
यसले गर्दा कर्जाको माग र आपूर्तिको सन्तुलन बिग्रन सक्छ र यही कठोर कर्जा नीति अरु कठोर कर्जा बन्न सक्छ । यसको सम्भावना ठूलो देखिन्छ । यस्तो अवस्था आउन नदिन मात्र हैन, वर्तमान कर्जा नीतिलाई नै उदार बनाई कर्जाको उपभोग बढाउनु अपरिहार्य छ ।
धितोपत्र बजार सन्तुलित रहोस् भनी सरकारी नियन्त्रणका वित्तीय संस्थाहरुले लगानी गरी साना लगानीकर्तालाई मूल्य अवरोहबाट मार्का नपरोस् भनी जुन नीति अवलम्वन गरियो, त्यो त्यस्तै कर्जा नीतिमा पनि असल परिवर्तनको जरुरी छ ।
बजारमा संकुचन सुरु भइसकेको छ । कर संकलन घटिसक्यो भनेपछि बजारमा आर्थिक क्रियाकलाप होस् र उत्पादनशील क्षेत्रले गति लेओस भनेर शिघ्र नयाँ कर्जा नीति आउनुपर्दथ्यो । यस्तो असमान्य अवस्था हुँदा पनि राष्ट्र बैंकले यसतर्फ ध्यान पुर्‍याएको देखिँदैन ।
- See more at: http://www.onlinekhabar.com/2015/05/282622/#sthash.LiYee1x7.dpuf