Friday, October 5, 2012
Saturday, September 15, 2012
Hi ta ko article
पश्चिम सेती, उपल्लो कर्णाली र अरुण–३
अरुण कुमार सुवेदी
लामो प्रसव वेदनाका साथ पश्चिम सेती जलविद्युत् परियोजना आउला कि जस्तो भएको छ । यस परियोजनाका बारेमा मेरा स्तम्भका केही अंकहरू पहिले पनि लेखिइसकेका छन् । जे–जस्तो शर्तमा भए पनि पश्चिम सेती परियोजना ल्याउनुपर्छ भन्ने मेरो मान्यता थियो र छ । अहिले नेपाल बढी मोल मोलाइ गर्ने हैसियतमा छैन । व्यवस्थापिका संसद्मा अलि गडबड गर्ने संकेतहरू र अनावश्यक ढिलाइले गर्दा जनता पनि सशंकित भए । परियोजनाका पक्षमा नेपाली कांग्रेस र नेकपा एमालेले केही नकारात्मक टिप्पणी गरे पनि जनदबाब र राष्ट्रको स्थितिका कारणले त्यस परियोजनाका बारेमा नकारात्मक प्रभाव पार्ने कुनै काम गर्ने साहस गरेनन् । अरुण तेस्रो परियोजनाको विरोधमा लागेबापत ऊर्जा विकासको इतिहासमा कलंकको टीका लगाइएकोले एमाले यसै पनि हच्किएको थिया् । यसकारण पश्चिम सेतीका बारेमा राजनीतिक सहमति भए जस्तो देखियो । नेपालमा कुनै पनि परियोजना विकास गर्न लाग्दा अनेक प्रकारका व्यवधानजन्य टिप्पणी गरी जनतालाई गुमराह गर्ने कथित विकासे कार्यकर्ता र बुद्धिजीवीहरू पनि चुपचाप देखिए । नेपालको जलविद्युत् विकासका लागि यसलाई एउटा शुभसंकेत मान्न सकिन्छ । ९०० मेवाको उपल्लो कर्णाली माथिको माओवादी प्रहार र अरुण तेस्रो माथिको सरकारी बेवास्ताप्रति मौन रहनाका साथै ती परियोजनाप्रति अत्यन्त नकारात्मक सोच राखी तथ्य र तर्क विपरीतका टिप्पणी गर्ने रत्नसंसार श्रेष्ठ जस्ता जलविद्युत्हरू पनि पश्चिम सेतीमा मौन नै रहे । तर, पनि बाँकी दुई परियोजनाले नेपाललाई जुन फाइदा दिन्छ त्यस बारेमा जनता सूचित नभएर हुनसक्छ ती परियोजनाहरूका पक्षमा जनता पश्चिम सेतीमा झैं जागेनन्, पोखरा विमानस्थल प्रकरणमा झैं लागेनन् । अब ती परियोजनाहरूलाई पनि अगाडि बढाउनलाई जनजागरण होस् भन्ने यस लेखको अभिप्राय छ । ती परियोजनाहरूको सापेक्षित लाभ र विश्लेषणभन्दा पहिले केही तथ्यांकहरू हेरौं । (बक्समा)
माथिका तथ्यांकहरू आफैं बोल्दछन् । तथापि नेपालका केही विज्ञ भनाउँदाहरूले र केही राजनीतिक दलले उपल्लो कर्णाली बारेमा अभिव्यक्त गरेका विचार र क्रियाकलापले मेरो मन निकै दुख्यो ।
यसर्थ उपल्लो कर्णाली बारेमा संक्षेपमा केही तथ्यहरू राख्दछ । लगानीका हसाबले हेर्दा यो सबैभन्दा आकर्षक परियोजना हो । जलाशय युक्त बनाइँदा ४१८० मे.वा. सम्म निकाल्न सकिने यो परियोजनालाई रनअफ रिभरमा अधिकतम ९०० मे.वा. मात्र निकाल्न सकिन्छ । केबल ११ किमिको मात्र सुरुङमा प्राकृतिक रूपले नै १५० मिटरको हेड प्राप्त हुन्छ । यो प्रकृतिले बनाइदिएको बाँध झैं हो । माथिका परियोजनाका प्रवद्र्धक कम्पनीहरू नेपालको ऊर्जा अभावमा सहयोग गर्न भनी आएका छैनन् । सबै व्यापार गर्न आएका हुन् । यसर्थ जलाशययुक्त परियोजनामा ठूलो नाफा थियो भने ९०० मे.वा. मात्र सीमित हुनुपर्ने कुनै कारण छैन जीएमआरलाई यसर्थ सापेक्षित लाभ जेमा बढी पाउँछ त्यसतर्फ आकर्षित हुनु एउटा मुनाफाका लागि काम गर्ने कम्पनीको धर्म नै हो । यसर्थ सुरुमा ३०० मे.वा.को प्रारम्भिक सम्झौता भएता पनि बढी लाभ हुने ९०० मेवाको रन अफ रिभर प्रणालीको परियोजनामा जीएमआर गएको प्रस्ट हुन्छ । अब यसको छनोटको परियोजनालाई राष्ट्रको नीति र नियमको अधिनमा रही इजाजत दिँदा राष्ट्रले सापेक्षित लाभ कसरी अधिकतम रूपमा लिन सक्छ त्यसलाई राष्ट्रले ध्यान दिने हो । सापेक्षित लाभको विश्लेषण गर्दा उपल्लो कर्णालीले प्रतिवर्ष लगभग ३ अर्ब ५५ करोड नेपाल सरकरालाई प्रत्यक्ष रूपमा मुप्mतको ऊर्जा र रोयल्टीबाट प्राप्त हुन्छ । यसका अतिरिक्त २७ प्रतिशत इक्वीटी शेयर पनि सरकारले मुप्mतमा पाउने र यो परियोजना अत्यन्त आकर्षक भएकोले डिभिडेन्ट पनि राम्रो रकम आउने निश्चित छ । परियोजनाको लागत उत्पादन हेर्दा लगभग ५÷७ वर्षमा नै पूरा लगानी उठ्ने देखिन्छ । त्यसपछिको अवस्थामा नेपाल सरकारले ४–५ अर्ब थप रकम डिभिडेन्टको रूपमा प्राप्त गर्न सक्दछ । आजसम्म सम्झौता भएका परियोजनाहरूमध्ये सबैभन्दा राम्रो लाभ हुने गरी गरिएको सम्झौतामध्ये उपल्लो कर्णाली परियोजना देखिन्छ ।
त्यसरी नै अरुण तेस्रोमा पनि रोयल्टी र मुप्mको विद्युत् गरी नेपाल सरकारले ६ अर्ब ४० करोडभन्दा बढी प्राप्त गर्दछ । यी दुवै परियोजनाका लाभको सापेक्षमा पश्चिम सेती परियोजनाको तुलना नै हुन सक्दैन । तर, पनि यी दुई परियोजनाहरूप्रति सरकार र गैरसरकारी केही क्षेत्रबाट देखाइएको रबैयाको जनस्तरबाट विरोध हुन जरुरी छ । यदि ती परियोजनाहरू अन्य राष्ट्रका कम्पनीहरू आई, पश्चिम सेतीकै मोडेलमा गरेको भए पनि विरोध नहुने तर भारतेली कम्पनीहरूले त्यति लाभ दिई परियोजनाको विकास गर्दा राष्ट्रियता खलल हुने अनौठो तर्क प्रस्तुत हुने गर्दछ । मुनाफामूलक कम्पनी जहाँसुकैको होस् तिनीहरू समान उद्देश्यका हुन्छन् ।
उपल्लो कर्णालीको डिभिडेन्टलाई अलग गर्ने हो भने पनि दुई परियोजनाबाट प्राप्त हुने विद्युत् महसुल र रोयल्टी गरी लगभग प्रतिवर्ष १० अर्ब हुनआउँछ । १० अर्बले अर्को ७० मे.वा.को परियोजना विना ऋण बनाउन सकिन्छ वा ४ वर्षमा पूरा हुने लगभग ३००–४०० को परियोजना निर्माण गर्न सकिन्छ । यसरी दुई परियोजनाहरूलाई बीज योजना मान्ने हो भने ‘बुट’ अवधि भरमा नै यसले दिने लाभ राम्रो अनुपातको गुणोत्तर वृद्धिको हुने कुरामा शंकै छैन ।
यति प्रस्ट स्थिति हुँदाहुँदै पनि राजनीतिक क्षेत्र, सरकार, एनजीओ, प्रेस र जागरुक नागरिकहरू अगाडि नआउनु आश्चर्यको विषय हो ।
पश्चिम सेती उ. कर्णाली अरुण–३
१. प्रकार जलाशययुक्त रन अफ रिभर रन अफ रिभर
२. जडित क्षमता ७५० मे.वा. ९०० मे.वा. ९०० मे.वा.
३. जम्मा उत्पादन ३.३३ अर्ब युनिट ४.५ अर्ब युनिट ४.४५ अर्ब युनिट
४. लगानी १.६ अर्ब डलर ४७ करोड डलर ८६ करोड डलर
५. सरकारलाई मुफ्त ० १२ प्रतिशत २१.९ प्रतिशत
६. रोयल्टी ० ७५ करोड १ अर्ब ३५ करोड
७. सरकारलाई शेयर ० २७ प्रतिशत ०
८. प्रवद्र्धक कम्पनीको राष्ट्र चीन भारत भारत
९. कम्पनीका नाम थ्री गर्जेज जीएमआर सतलज ज.वि.नि
१०. बजार नेपाल ६० प्रतिशत ७८.१ प्रतिशत भारत
११. बुट समय ३० वर्ष ३० वर्ष ३० वर्ष
(नोट ः विद्युत्को मूल्य प्रतियुनिट ५÷२० मानिएको छ । यस तथ्यांकका स्रोत इन्टरनेट र पत्रपत्रिका हुन् ।)

Tuesday, August 7, 2012
बुधमति
नरपति पंडितको इज्जत गतिलो थियो । उनी एक मात्र ब्यक्ति थिए, जो सुब्बा नरबहादुर पापोहाङ संग दाजिने गर्थे । पापोहाङ सुब्बा र नरपति पंडितको जोडी पनि साच्चै मिलेको थियो । यि दुवै ब्यक्तिहरु गाउका लक्षिन थिए, सह थिए । पंच कचहरी देखि लिएर धर्म कचहरीमा समेत उनीहरुको निर्णय सर्बोपरि हुन्थ्यो । उनिहरुका निर्णय कहिल्यै बाझ्दै्रन पनि थिए । नरपतिले निर्णय सुनाएर पापोहाङ्ग सुब्बाले ब्याख्या गर्दथे, भने

पापोहाङ्ग
सुब्बाले दिएको न्यायमा नरपति सहमत हुन्थे । पापोहाङ्ग सुब्बा खान्दानी
सुब्बा थिए घरमा एकजना बिधुवा ब्राहमणीलाई मान्छे राखेका थिए । संत कविरका
अशल अनुयायी आफूलाई ठान्ने सुब्बाका घरमा मांसाहाुरको स्थान नै थिएन यस
कारण कट्टर पंडित नरपतिलाई सुब्बा काहाँ बस्न कुनै समस्य थिएन । यी दुई
ब्यक्तिहरु घोडामा हिडेपछि पूरा गाउ सतर्क हुन्थ्यो । उहिले काग्रेसका
पालामा चुनाब हुदा पनि यिनीहरुको नै बोलबाल थियो, जो त्यत्तिखेर बाइसे
वच्चीसे जवान थिए । पंचायतमा पनि प्रधान पञ्च बनाउने शक्ति यिनै जोडीमा
थियो । २०३६ साल पछि पनि सर्व सम्मत नै भयो । सुब्बाका कान्छी पट्टीका साला
श्रीप्रसाद चेम्जोङ्ग प्रधानपञ्च भए भने नरपतिका भान्जा एकराज लामिछाने उप
प्रधानपञ्च भए । त्यस्तै अर्को चुनावमा एकराज प्रधानपञ्च र पापोहाङ्गका
लुँगाका छोरा –भतिजा) नरहाङ्ग फागो उप–प्रधानपञ्च भए । यी सबै समयमा गाउमा
कुनै त्यस्तो समस्या रहेन जुन यो जोडीले भने अनुसार नहोस । तर २०४६ साल
पछिका दुईवटा कचहरी भिन्न किसिमका भए त्यस कारण होइन कि त्यहाँ उनिहरुको
शाख मर्दन भयो, यसकारण कि उनिहरुको निर्णयका बावजुद बुधमति लिम्बुनी अदालत
गएकी थिई । त्यस गाउँका मानिसहरुले त्यस अगाडी त्यस्तो घटना देख्नु, सुन्नु
र भोग्नु परेको थिएन ।
पंडित नरपतिको घरमा काम गर्न बसेको थियो बिर्खहाङ्ग । उसको वाबु झिल्के फेदाङ्गवा मरे पछि बिर्खाहाङ्ग टुहुरो भएको थियो । त्उसैले पापोहाङ्ग सुब्बाले भनेअनुसार नरपतिले बिर्खहाङ्ग र उसकी आमा लाई आफ्नो एउटा याक्सामा राखेको थिए ।
कुरा प्रजानत्त्र आउने बित्तिकैको हो । पापोहाङ्ग सुब्बाको घर दलानमा कचहरी बसेको थियो यसर्थ त्यो सर्बदलिय कचहरी थियो पञ्च कचहरी थिएन । दलानको छेउमा देवान कान्छो र उसकी छोरी बुधमति बसेको थिए । खाटमा ओछ्याइएको राडीमा नरपति र सुब्बा बसेका थिए । कुर्सीमा काग्रेसका अध्यक्ष श्रीप्रसाद चेम्जोङ्ग, कम्यूनिष्टअध्यक्ष एकराज लामिछाने र प्रजातन्त्र पार्टीका नरहाङ्ग फागो बसेको थिए । बाँकी मानिसहरु गुन्द्रीमा बसेका थिए । पापोहाङ्ग सुब्बाले हुक्ब्का गुड्गुदाउदै भने ए देवान कान्छा ! अब सबै दलका प्रतिनिधिहरु आए कुरा के हो भन ।
डराउदै देवान कान्छाले भन्यो बिहे मेत्वोङे कुधख लिपेत (हजुर बिहे नभई बुधवति धोजीया भइ )
आइमाइको रुप फेरी तेरी छोरी असाध्यै राम्री छ जापानी जस्ती । को को घुमे घुमे अब कसरी निर्णय ओला त ? पापोहाङ्गको कुरा सुनेर यस पालिमा कलेज जान थालेको थेगिम साइलाको छोरा किसोरलाई रिस उठ्यो उसले
झोस्कीएर भन्यो कहि यस्तो हुन्छ र ? पापोहाङ्गले किशोरलाई झपारे तरुनीको हात सम्म समातेको छैन होला तँ लाई के थाहा यसपछि के के हुन्छ । किशोर चुप लाग्यो ।
देवान कान्छो ले फेरी अनुरोध ग¥यो हेन पान्मिङ्ग बुधमतिल आफे पातु देशु (त्यो कुरा त बुधमतिले मानिहाल्छे नी)
यत्रो परिवर्तन हुदा पनि देवान कान्छाले राम्रो नेपाली बोल्न सकेन, ए बुधमति ! भन पापोहाङ्गले हुक्का तान्दै भने ।
बुधमतिको अनुहार झन रातो भयो यसै पनि रातो वर्णकी बुधमति लाजले रात्तीएर निहुरीदा रगत नै चुहिएला जस्तो भयो उसका गाला ।
बाबु देवान कान्छाले पनि गाली गर्दै भन्यो “खेप्से हेने लथिक साने चायी वे आल्लेक पोत” (हेर त एक्ली छोरी होस कुमति लागी हाल्यो छिटो भन)
बुधमति रोकिदै सुकसुक गर्दै भन्न थाली अस्ती तिहारमा रोटेपिङ्ग खेल्न गएका थियौं । कान्छा बाजे पनि गएको थियो । कान्छा बाजेले रक्सी खाँउ भन्यो दवैले खुव खायौं । अनि भा टे बनमा लुकेर जीवनको काम ग¥यौं । बुधमतिको कुरा नरपतिले अप्रत्यक्ष मात्र सुनीरहेका थिए । तर त्यो सवै दलिय बैठकमा आफ्नो पदालिखा कान्छो छोराको कुरा सुनेर उनी हतप्रभ भए । तर पंडीत पनि तिक्ष्ण बुद्धीका थिए । त्यस समस्याको सावधान खोजेरै आएका थिए ।
त्यत्तिकैमा काग्रेस अध्यक्ष श्रीप्रसादले सोधे “कस्तो जीवनको काम ?” बुधमतिले ओड्नेले मुख छोप्दै भनी “छी चेम्जोङ्ग लँगा पनि, यस्तो गरेको कुरा मुखले पनि भन्न सकिन्छ । एक पटक सर्व दलिय बै ठकमा हाँसो मच्चीयो । तर किसोर थेगिमलाई भने रिस उठ्यो । उसले आक्रोस साथ भन्यो उसो भए बुधमति लाई नरपति बाजेले बुहारी बनाई भित्राउनु पर्छ । फेरी पापोहाङ्गले उसलाई झपारे बैठकमा मौनता भयो । हरेक पार्टीको प्रतिनिधिहरु आ–आफ्नो साथीहरु संग साउति मारीरहेका थिए ।
श्रीप्रसादले आफ्ना साथीहरुसंग भने प्रकाश पंडीत कांग्रेस रहेछ भने त उम्काउनु प¥यो नि । सहि थप्दै रत्नबहादुर महल्दारले भने कम्यूतिष्ट र पञ्च भए फसाउन राम्रो अवसर थियो । तर बाजे बोल्दैनन् प्रकाश काठमाडौं छ । एकराज लामिछानेले आफ्ना साथीहरुलाई भने यहीनिर बाजे र पापोहाङ्गलाई कम्यूतिष्ट बनाउने बेला हो ।
नरहाङ्ग फागोले भने जिम्मा लगाउ कि हाम्रो पार्टीमा आउछौं, भन्नु पर्छ । पापोहाङ्ग र नरपति पनि खुसुर खुसुर गरिरहेका थिए । सुब्बाले सबै लाई चुप लाग्ने आदेश दिदै भने हैन बुधमति त्यो दिन रक्सीले मातीएको बेला चिनिन होला । त्यो कान्छा बाजे नभएर बिर्खहाङ्ग थियो होला । छ्या पापोहाङ्ग बाजे पनि १४÷१५ बर्षको बिर्खे भाई र तन्नेरी कान्छोबाजे पनि त्यत्रो काम गर्दा जान्दिन कि क्या हो ? बुधमतिले मुख लुकाउदै भनी ।
हैन तैले रक्सी खाएकी थिइस नि त । त होस की हैनस् ए बिर्खे ? नरपतिले सोधे ।
बिर्खहाङ्गले भन्यो मैले गरेको हो ?
एकराज लामिछानेले सोधे–के गरेको हो ?
बिर्खहाङ्गले फेरी जोवाफ दियो –पापोहाङ्ग बाजे र नरपति बाजेले भने जस्तो मैले बुधमतिलाई गरेकै हो ।
फेरि बैठकमा हासो छायो । किशोर थेगिम छक्क प¥यो । केटी एउटा कुरा गरिरहन्छे तपाईहरु हैन भन्नुहुन्छ । ।यो कस्तो बैठक हो उ झोकीयो । अब नरपतिको धर्यता टुटीसकेको थियो । उनि पनि झोकीदै भन्छन, चुपलाग ए थेगिम साइलाका छोरा त मेट्रीक पास जान्ने कि मेरो बि.ए पास गरेको छोरो जान्ने ? आइमाइलाई छुदै नछुऐको बच्चाले आइमाइको के कुरा जान्दछस् । यहाँ कांग्रेस छ कम्यूनिष्ट छ, प्रजातन्त्रपार्टी छ, सबैको चित्त बुझेकै छ । यसको मात्र चित्त नबुझ्ने । तलाई प्रजातन्त्र आएको थाहा छैन ? यो त अजोडी उग्रवादी जस्तो छ । ए श्रीप्रसाद, सकराज, तरहाङ्ग, यसलाई निकाल । पंडितको कुरा सुनेर सबै चुपचाप लाग्छन् । किशोर नाजवाफ भएर निस्कन्छ । कुरा पुनः सुरु हुन्छ ।
नरपति बाजेको तनाव देखेर पापोहाङ्ग सुब्बा पुनः कुरा सुधार्छन् । बिर्खहाङ्ग पनि फेदाङवा मरेपछि ९÷१० बर्षको उमेर देखिनै पंडीत कहाँ बस्दै आएको हो । अब बिर्खहाङ्ग पंडीतकै छोरा जस्तो छ । ए बुधमति भित्र आइज त कसकी श्रीमति होस भन्ने कुरा म बताउछु । पापोहाङ्गले घर भित्र लगेर बुधमतिलाई सम्झए ।
बुधमति र पापोहाङ्ग घरबाट निस्कीए । निर्णय सुनाउन सबैलाई सजग तुल्याए । पंडीतले फेरी सोधे ए बिर्खहाङ्ग भन त के भएको हो ? बिर्खहाङ्गले फेरी दोहो¥यायो “मैले गरेकै हो ।” सबै पार्टीका प्रतिनिधिहरुले सोभे पक्का हो ?
पापोहाङ्ग र नरपति बाजेहरुले भने जस्तै मैले बुधमतिलाई गरेकै हो । यहि जवाफ बिर्खहाङ्गले दोहो¥यायो । अब बुधमति चुप लागेर बसीरहेकी थिइन् । पापोहाङ्गले निर्णय सुनाउदै भने पृथ्वी नारायणको पाला देखि यस पल्लो किराँतको सुवाङ्गी पाएका लिम्बुहरु मध्येको म नरबहादुर पापोहाङ्ग सुब्बा कान्छो देवानकी छोरी बुधमतिले बिहे नभइ गर्भ बोकेको मुद्दामा प्रजातन्त्र पछि चलन फेरिए बमोजीम बसेको यो सर्बदलिय बैठकमा उक्त गर्भ बिर्खहाङ्गले जीम्मा लिएको कुरा सबैलाई थाहा गराउछु । उप्रान्त बुधमतिको लोग्ने बिर्खहाङ्ग हो यस गर्भवाट जन्मीउको सन्तान पनि बिर्खहाङ्गकै हुनछ । सानै देखि नरपति कहाँ बसेको बिर्खहाङ्गलाई पंडीतले गैरिवारी र याक्सा दिने भएका हुन् । अब बिर्खहाङ्ग देवान कान्छोको ज्वाइ हो । पापोहाङ्ग सुब्बाको कुरा सकिए पछि सबै खुसि हुदै उनिहरुको प्रशंसा गरे । ज्वाई पाएकोमा देवान कान्छो पनि खुशि भयो । अब रित अनुसार बिहे हुने भयो ।
लोकन्तिको सत्कारका लागि जाँड पार्ने र तोङवा बनाउने देखि लिएर बन्दुक पड्काउने काममा समेत सबै खर्च नरपतिले नै दिए । दशेको कोसेली सुगुरको समेत ब्यवस्था गरिदिए । सुत्केरीका लागि तेल मसला पनि पंडीतकै घरबाट आयो ।
आफू भन्दा १४÷१५ बर्षको पोइ बुधमतिलाई ठेट्नो मकै जस्तो लाग्थ्यो । तर पनि पहाडको ग्रामिण जीवन ५÷७ बर्ष यसै गयो अब बिर्खहाङ्गले पनि सबै कुरा बुझिसकेको थियो । कुरा अब अलिक अलग लाग्न थाले बिर्खहाङ्गलाई । गाउलेहरु किन बिखहाङ्गको छोरोको खनुहार प्रकाश पंडीतको जस्तो छ । उसले दिनभर पंडीतको हलो जोतेर बेलुका एक्लै पकाएर खानु पथ्र्यो । बुधमति राम्रा राम्रा लुगा लगाएर छोरा सहित रातभर पंडीतकै घरमा बस्थी । त्यो क्रम पंडाीतनी बज्यै मरेपछि सुरु भएको हो । यो कुरा गाउँलेलाई चर्चाको विषय भएको थियो । बिर्खहाङ्गलाई भित्रै देखि दुखे जस्तो लाग्थ्यो । पंडीतको कान्छो छोरा प्रकाश पंडीत कहा कुन्नी बिदेश छ अरे आमा स्वर्ग हुदा पनि आएन जेडो परिवार सहित मधेसनै बस्दछन् । त्यो घरमा उउटा मान्छे केटा र पंडीत मात्र छन् । घर सुनसान छ तर पनि बुधमति र उसको छोराले केहि जीवन दिएका छन् । दिन भरी काम गरी धन्दा गर्नलाई बुधमतिलाई बाजे कहाँ छाडी बिर्खहाङ्ग घर झर्दथ्यो । पहिले पहिले बुधमति रातभर आइन भन्ठान्थ्यो तर अब उसलाई बुधमति परिवर्त भए जस्तो लाग्न थाल्या,े साच्चै भन्दा छोरा जन्मीए पछि पनि उ खासै सुतेन । जव उसलाई बुधमतिको जरुसत पर्दथ्यो बुधमति घर मै हुन्नथी । उमेर संगै बिर्खहानलाई यस्ता कुरा पेचिला लग्न थाल्यो ।
धेरै बेर घोल्लिए पछि बिर्खहाङ्गले केहि गरेरै छोड्ने निर्णय ग¥यो । चिण्डोबाट हलुङगेको डबकामा रक्सी खन्यायो र तनतनी पियो अनि खुकुरी भि¥यो र सरासर नरपतिको आगनमा गई करायो–ऐ बुधमति आतान केबे (कहाँ गइस् ?)
बुधमति हतार हतार पंडीतकोटाँडकाट तल झरी । बिर्खहाङ्ग एकपटक तिलमिलायो । उसलाई त्यो उसकी बुधमतिनै हैन झै लाग्यो । उ गर्जीया,े सहर बा हे के तुफुङ आती केयोसु ? (शहरकी रानी जस्तो लुगा कहाँ पाइस् ?) डराउदै बुधमतिले भनि, “किन कराएको तिम्रो छोरा बिउझन्छ” बिर्खहाङ्ग झन आगो भयो –केशिम्भो बा हेन केलेम्बान धे ? (तेरो गुन्युको त्यो चिल्लो के हो) बिर्खहाङ्गको अकल्पनीय रुपबाट भयभित भएकी बुधमतिले बिस्तारै भनी “यत्रो रातमा किन कराएको, केराको चाप लााग्यो गा हेने बागन फेज एल चेप्ते ( के तलाई यहि खुकुरीले काटी दिउ !) भन्दै बिर्खहाङ्गले खुकुरी निकाल्यो । आधारातको हो हल्लाले छिमेकीहरु भेला भइसकेका थिए । नरपति पंडीतले सबैका सामु हप्काउदै भने लोग्ने स्वास्नी पनि यसरी बाझ्नु हुन्छ ? बिर्खहाङ्गका आँखा क्रोधले बलेका थिए । नरपतिलाई कुनै जवाफ लाउन सकिरहेको थिएन । आज सक्सी धेर भएर बिर्खहाङ्ग बौलायो । पंडितको शंकेतले बुधमति भित्र पट्टी भने सबैको सामु जवाफहिन भएको बिर्खहाङ्ग छेउछाउका रुखबिरुवाहरुमा खुकुरी बजार्दै घर तिर लाग्यो ।
स्त्रीको संझौता क्ष्यमता पनि अपरिमित रहेछ । बुधमतिले नरपति पंडित र बिर्खहाङ्गलाई थोरै समय भए पनि समानन्तर स्त्रीभाग प्रदान गरी कस्ता बिश्रृंखल विकल्पहरु तै पनि दुवैलाई भरसक उसले तन्काएरै थेगी । स्त्रीले पनि कहिल्यै आफ्नो कामलाई इच्छामा, कहिले अन्जानमा, कहिले बाध्यतामा कहिले आवश्यकतामा र कहिले यान्त्रीकतामा प्रदान गर्नु पनर्,े यसको ग्रामिण संस्करण हो बुधमति ।
अब समस्य के थपियो भने बिर्खहाङ्ग हरायो । कसैले उ मा¥यो भने कसैले ऊ मा¥यो भने र कसै ले त पंडीतलाई शंका पनि गरे । तर विर्खहाङ्गको खाजी न बुधमति न त पंडीतले नै गरे । पापोहाङ्ग सुब्बालाई पनि उसको वास्ता भएन । बिर्खहाङ्ग कथाको पात्रझै गाउँबाट हरायो । बिर्खहाङ्ग हराएको एक बर्ष पछि बुधमतिले अर्को छोरी पाई । तर यस पालि बिर्खहाङ्ग अर्को बिर्खहाङ्ग भेटीएन । पापोहाङ्गले बैठक त डाके तर कोही आएन । आफ्नौ आफन्त भए पनि पार्टीवालाहरु आएनन् पापोहाङ्गले खुइ कड्ढै भने समय साँच्चै बदलिएछ ।
कुरा अब बुधमतिमा मात्र सिमित रहेन । अधिवक्ता किशोर र थेगीमले बुधमतिका तर्फबाट नाता कायमका लागि मुद्दा लगाई सकेका थिए । फैसला भइ सकेको थियो अब पंडतिका सामु बिकल्प थिएन । उनले बुधमतिलाई भित्राए र अिड्न लागेको छोराको न्वारन गरे । यसपालीको गा.वि.स.को रोहवरको कचहरीले यही निर्णय ग¥यो ।
तर गाउलेहरुलाई एउटा समस्यले कहिले पनि छाडेन बुधमतिको जेठो र कान्छो छोरोको साइने के प¥यो ।
रचनाकार २०४९÷१÷१८
धनकुटा

लीलानटेश्वर राजगुरुघराना
अरुणकुमार सुवेदी
लीलानटेश्वर राजगुरुघराना अर्थात एलएन राजगुरुघराना, अवकाश प्राप्त ‘अफिसर’ राजदरवार सेवा । उहाँले आफ्नो परिचय यसरी दिनुभयो । ‘दिनुभयो’ यो शब्द हल्का प¥यो । काठमाडौंका नम्बरी ब्राह्मणको घरमा डेरा लिने सुरकसेपछि यो पाखे शब्दलाई ‘दिइस्यो’ वा ‘दिइबक्स्यो’ भनी परिमार्जन गर्नैपर्ने कुरा रामप्रसादलाई राम्ररी थाहा भयो । एक किसिमले रामप्रसादको चेत खुल्यो, भनौं यी एलए
न र
ाजगुरुघरानाको आफ्नो परिचय दिने शैली र बोलीको ओजले । घर बताइरहनु परेन, काठमाडौं डिल्लीबजार अझ काठमाडौं महानगरपालिका ३२ भनौं यस महानगरपालिकाको पदावलीले पनि गर्व थपेको छ राजगुरुघरानाको ठेगानामा ।
काठमाडौंको यथार्थ के छ भने, आवरणले जति ढाक्न खोजे पनि एकै छिनमा धरातलमा ओर्लिहाल्छन् यहाँका घरानियाहरु । सडकमा खोक्रो धमास जति पिटे पनि मसान्तका दिन बहालमा बस्नेको ढोका ढक्ढक्याएर संक्रान्तिका दिन पसलको वक्यौता बुझाई सुटुक्क ६०ः४० को बासमति चामल ल्याएर भए पनि मिठो मसिनो खानुपर्ने बाध्यता पनि काठमाडुवासीलाई छ नै । यसर्थ धरातलमा न ओर्ली धरै छैन । बल्ल कुरा सुरु भयो ।
‘भन त के रे तिम्रो नाम अँ रामप्रसाद ‘कमन’ पहाडिया नाम के निणय ग¥र्यौ त ? बहाल ३५ सय पर्दछ ।’
रामप्रसादलाई लाग्यो तीन हजार पाँचसय अलि बढी नै भयो । त्यो पनि काठमाडौंमा यस्तो मन्दी भएको बखत । रामप्रसादले प्रत्युत्तर दिन नपाउँदै फरक फाइदाहरुको विस्तार सुनाए एलएन राजगुरु घरानाज्यूले– हेर बाबु ! तिमी पहाडको गाउँबाट काठमाडौं आएर यहाँको जीवनमा भर्खर परिचित हुँदै गरेको मान्छे । विद्यार्थी कालको त के कुरा भयो र हावामै जान्छ । यसर्थ संगत र सम्बन्धको बारेमा प्राथमिकता पूर्वक सोच्नु पर्दछ । यसै पनि एलएन राजगुरुघरानाको घरमा बसेको छु भन्ने वित्तिकै तिम्रो इज्जत नै फरक पर्दछ । संगत पनि त्यस्तै पाउँछौं । हामी भनेका द्रव्य शाहका पालादेखिको राजगुरुघराना हौं । हामीसँग एउटा परम्परा र कुलिनता छ । कुलिनता भनेको वंशको गर्व अनुसार प्राप्त हुने कुरा हो ।एलएनज्यूको यत्रो फरक कथन सुनेपछि बहालमा उसले पुनर्विचारका लागि अनुरोध गर्ने साहसै गरेन । रामप्रसादले संमति सूचक किसिमले टाउको हल्लायो अन्ततः ऊ एलएनजीको घरमा ३५००। बहाल तिर्ने शर्तमा स¥यो । तीन महिनाको भाडा अग्रिम भुक्तानी पनि दियो । अब सुरु हुन्छ एलएन राजगुरुघराना र रामप्रसाद खत्री क्षेत्रीको कथा ।
एलएनजीले एकाबिहानै रामप्रसादको कोठा ढक्ढक्याएकोले एक पटक रामप्रसाद अलि हतास भयो । काठमाडौंमा घरपतिले डेरावालको ढोका ढक्ढक्याउनु भनेको विचरा डेरावालहरुका लागि यसै पनि शुभ संकेत होइन, त्यही माथि एलएन जस्तो गृहस्वामी । रामप्रसादलाई लाग्यो एलएनले तोकेको आचारसंहितामध्ये अन्जानमै भए पनि कुनै भंग भयो होला, काठमाडौंका डेरावालाहरुले घरपतिले तोकेको आचारसंहिता अन्तर्गत रहनुपर्दछ । नत्र आफ्नो तडितुम्वडी कसिहाल्नुपर्छ, रातविरात भन्न पनि पाइन्न । रामप्रसादले स्थितिलाई सहज पार्दै भन्यो – ‘उहाँ एलएन राजगुरुघराना ज्यू, गृहस्वामी ।’ रामप्रसादका दुबै साथीहरुले उठेर नमस्कार गर्दै परिचय दिए ‘हजुर म धनकुटा चौविसको बराल हुँ, म चाहिँ सप्तरीको अर्याल हुँ । धनकुटा चौविसका बराल त विजयपुरका सेन राजाहरुका राजगुरु थिए । पृथ्वीनारायण शाहले विजयपुर फत्ते गरेपछि त्यहाँका सेनराजाहरु सँगै भागेर चौविसतिर पसेका हुन् । ती सेन राजा पनि लिम्बु क्षत्रीय हुन् । ठकुरी क्षत्रीय हैनन् । त्यहाँ ठकुरी सेन नभएर लिम्बु सेनहरु छन् । वास्तवमा तिनीहरु नै त्यहाँका राजवंशहरु हुन् । सप्तरीका अर्यालहरु पनि शक्तिवल्लभ अर्यालका सन्तान हुन् । यी शक्ति बल्लभका पूर्खा पनि द्रव्यशाहका गुरु नारायण अर्जेलका सन्तान हुन् । द्रव्यशाहका पिता लम्जुङगे राजा यशोव्रह्म शाहका पालादेखि दरवारसँग रही शाहरुको सम्बन्धमा रहेर गुरु भई आएकाले पृथ्वीनारायण शाहले त्यहाँ विर्ता दिई पठाएका हुन् । तिमीहरु दुबै जना राजघरानासँग सम्बन्ध भएका वंशवृक्षमा पर्दछौं खुशी लाग्यो । हेर पृथ्वीनारायण शाहबाट किन अर्जेलहरुलाई विर्ता दिई त्यहाँ पठाए यसको पनि ठूलो रहस्य छ...’। रामप्रसादले जान्यो एलएन अविराम बोल्दै जानेछन् । उसले बीचमा बडो सर्तकताका साथ कुरा मोड्यो– ए विभू बाहिर हर्न बज्यो सायद गाडी आइसक्यो तिमीहरु मेरो अफिस गएर निलोफरलाई लिएर यी सामानहरु लिएर आइदेऊ बाँकी सयवटा कार्ड होलान् म आफैं लेख्छु । ए हजुर, मेरो विवाहको कार्य भइरहेको छ । साथीहरु सहयोग गर्न आएका । हजुरको नाममा कार्ड छ । यही टक्र्याउँ कि ?
एलएन– ‘हैन निम्तो घरमै आएर दिनुपर्दछ । माथि आएर देऊ । तिमीसँग अरु कुरा पनि गर्नु पर्नेछ ।’
रामप्रसादका दुबै साथीहरु गाडी लिएर निस्किए । ऊ चाहिँ एलएनको पछिपछि माथिल्लो तला चढ्यो । बैठकमा बस्ने वित्तिकै एलएनलाई सर्वप्रथम कार्ड टक्र्यायो । कार्डको बाहिर ध्यान नदिई पहिले बुढाले कार्ड हेरेर पढे ‘नृसिंहबहादुर वषतीकी सुपुत्री कल्याणमयी वषती । अँ, खान्दान राम्रो भेटेछौं । यी कहाँका वषती परे ?’ ‘पहिलो गोर्खा अरे हाल काठमाडौंमै ।’ उसले जवाफ दियो । ‘हेर रामप्रसाद तिम्रो नाम र थरले यस्तो घरानीया केटी पाउनु ठूलो शौभाग्य हो । गोर्खाका बषतीहरु पृथ्वीनारायणका पालादेखि दरवारसँग सम्बन्धित छन्, वषती, बस्न्यात, थापा, राणाहरु, शाहको छोरी बेटी अरु क्षत्रीयहरुले पाउनु भनेको ठूलो शौभाग्य हो । त्यसमा पनि तिमी त खत्री । हेर नामले नै खान्दानको परिचय दिन्छ । शास्त्रीय नाम राख्न पनि ढंग चाहिन्छ पहाडियाहरुलाई राम, श्याम, लक्ष्मण, हरिभन्दा अरु नाम थाह नै छैन । हेर कल्याणमयी कस्तो कुलिनता झल्कन्छ नामले नै । मेरा छोरीहरुकै नाम हेर जेठी शिखरिणी जसको विवाह डोटेली भट्टसँग भएको छ । ज्वाइको नाम श्वेतकेतु । माइली स्रग्धराको विवाह सुगौली भारतका उपाध्याय सुगौली सन्धि गराउने चन्द्रशेखर उपाध्यायका सन्तान दाहाल हुन् सँग भएको छ, नाम चाहिँ पिप्पलाद । साइली स्रग्वीणी, काइली शालिनी अनि मालिनी र कान्छी मन्दाक्रान्ता ।’ यो प्रसंग टुंग्याउँदा नटुँग्याउँदै एलएनको मुखाकृति एकाएक परिवर्तन भयो र झेक्किदै भने– ‘ए राम प्रसाद मेरो नाम कसरी लेखेको ? रामप्रसादले यसो हे¥यो ठिकै छ लीलानटेश्वराज गुरुघराना ’ होइन के गल्ती भयो र ठिकै छैन र ?’ फेरि एलएन झोकिन्छन्– ‘यी पाखेहरुलाई केही थाहा हुन्न । हेर ! यो राज चाहिँ गुरुघरानासँग जोडिएको हुनुपर्छ । ‘हैन हजुर ! ब्याकरणअनुसार प्रसाद, राज, सिंह, लाल जस्ता बीचका नाम पहिलो नामसँगै जोडिन्छन् नि त ।’ ‘कुल घरानामा जन्मिएको भए पो थाह पाउँथ्यौं । गुरुघराना त सबै व्राह्मणहरु गुरुघराना हुन् । राणाका गुरुघराना दीक्षितहरु, अरु अरु पनि तर राजकुलको गुरुघराना भएकोले यो राजगुरुघराना एकै ठाउँ भएको हो । यसको सम्मान र महिमा पृथक छ । सुन ! यसको पनि एउटा ठूलो कारण छ । हामीहरु वास्तवमा गुरुज्यू खलक राजपाण्डेयहरु हौं ।’ हाम्रा वडाबाले वीरगन्ज तिर कामतमा जाँदा एकजना सोह्र सत्रकी थारुकी छोरीलाई काम चलाउने गर्नुभएको रहेछ । एउटा भाइ त्यहीँबाट जन्मिई हाल्यो । त्यो केटी भई बडीआमा र त्यो पनि राज पाण्डे नै भै हाल्यो । हुँदाहुँदा एउटा बिक पनि राजपाण्डे नै भेटेँ । पक्नाजोलका मेरा तेह्रदिने भाइ छन् एउटी निग्रोलाई नाइजेटियाबाट उठाएर ल्याए बस खिस्तानी वर्णशंकर पनि राज पाण्डेय नै भए । यस करण राजपाण्डेयले त्यो गरिमा धान्न सकेन । यसर्थ मेरा पिताजीले हामी सबैलाई राजगुरुघराना बनाइ लिनुभयो ।’
एलएनजीको बेलिविस्तार अरु लम्बेतान जान्थ्यो होला । तर विचरो हप्ता दिन पछिको बेहुलो रामप्रसादलाई मुक्त हुन हतार भइसकेको थियो । यसर्थ उसले भूलसुधार गर्दै भन्यो, ‘हजुर ! गम्भीर त्रुटी भएछ क्षमा पाऊँ, म अर्कै कार्ड होशियार साथ लेख्नेछु’ । रामप्रसाल निक्लन मात्र लागेको थियो एलएनले फेरि डाकेर भने– ‘रामप्रसाद तिम्रामा मानिस पनि धेरै आउँदा रहेछन् । हामी जस्ता कहाँ त त्यत्रो मानिस आउन्न । अब विवाह गर्दैछौं पानी पनि धेरै प्रयोग हुन्छ आइमाइहरु नछुने हुन्छन्, लुगा धेरै धुन्छन् । अब यो समस्या चाहिँ गमभीर भयो ।’ यो तात्पर्य नभएको कुराको तात्पर्य रामप्रसादलाई थाहा भएन । यसर्थ सम्झौताको विन्दु पनि उसलाई सुझेन तर उसै काठमाडौंको घरपति त्यसमाथि एलएन राजगुरुघराना । ढोकाको संघारमै बसेर उसले सोध्यो के गर्न सकिएला त हजुर ? ‘आजसम्म पानी तान्ने मोटरको प्वाइन्ट माथिबाट प्रयोग भएको थियो उप्रान्त तिम्रो सव मिटरमा उठ्ने गरी तल तिम्रो फ्ल्याटको प्वाइन्ट प्रयोग गर्नुपर्छ ।’ रामप्रसादलाई प्रतिवाद गर्ने फुर्सद र आँट दुबै थिएन । यसर्थ हस् भनेर ऊ तल झ¥यो ।
बेलुका उसका साथीहरु विभु र उत्सव एवम् निलोफरले कपडाहरु, गरगहना, २२ इन्चको टिभी, डेक, रेफ्रिजरेटर, बासिङमसिन, भ्याकम क्लिनर लगायतका सामानहरु लिएर आए । विभु, उत्सव र ड्राइभर सामान ओसार्न थाले, निलोफर सामानहरुको बारेमा र मूल्य भन्न थाली । रामप्रसाद अँ अँ गर्दै निलोफरको कुरा सुनिरहेथ्यो र एलएनजी हरेक सामानको टिप्पणी गरिरहेथे एउटा÷दुईटा शब्दमा । उनले प्रष्ट देखिरहेका थिए, कुनै खोट विनाको सामान नै आएका छैनन् । अन्ततः सम्पूर्ण खरिदको बजेट दुई लाख पचास हजार निलोफरले रामप्रसालाई बिल दिई, बिलको बारेमा चाहिँ एलएनको कुनै टिप्पणी आएन । उनी सरासर माथी चढे ।
रामप्रसादको विवाह भयो । एलएनजी पनि जन्ति गए । नृसिंहबहादुर वषतीको घरको भोजभतेर खाए र विवाहको ढाँचा ढर्रा पनि हेरे । रामप्रसादले दिएको भब्य भोज पनि । एलएनजीको कुलिनता ३÷४ महिनासम्म मौन नै रह्यो । एक दिन फेरि एलएन राजगुरुघरानाजी रामप्रसादको कोठामा आए । घरपति डेरावालको कोठामा आउनु भनेको आफैंमा ठूलो त्राश हो । त्यसको अनुभव भनेको काठमाडौंमा डेरा गरी बस्नेहरुलाई मात्र थाह हुन्छ । रामप्रसादले बढो दबेको श्वरमा भन्यो कल्याणमयी उहाँलाई चिया टक्र्याउ न । अहिले एलएनको कुरा कल्याणमयीतर्फ लक्षित थिए ।
हेर ! कल्याणमयी यी तिम्रा पति रामप्रसाद खत्रीलाई खान्दानिया कुराहरु पनि थाह छैन र काठमाडौंको बारेमा पनि थाहा छैन । यत्रो कोठामा किन २२’’को टिभी चाहियो ? हामीले त १४’’ ले काम चलाउन सक्छौं । काठमाडौंमा फ्रिजको काम नै छैन । यस्तो जाडो ठाउँमा । यसैले हामी राख्दैनौं । यो कुरा थाहै छैन तिम्रा श्रीमान्लाई । तिम्रा माइतिमा पनि त राखेको छैन । २५ वटा च्यानल केवुल अपरेटरले दिइरहेछ, त्यहीबाट अंगे्रजी, हिन्दी सिनेमा देखि लिएर स्पोर्टस सबै आउँछ, डेकको के काम । यो वासिङ मेसिन चलाएपछि त लोड बढेर फ्यूज नै गैहाल्छ । भ्याकुमको भाइबे्रसनले घर र स्वास्थ्य दुबैलाई ठीक गर्दैन । वास्तवमा शहरी सभ्यतामा कसरी बस्ने भन्ने कुरा तिमीले सिकाउनु पर्छ है नानी ।’ एलएनको चिया आइसकेको थियो । उनी चियाँको चुस्की लिँदै अरु कुरा पनि गरिहेका थिए । काठमाडौंको सभ्यता भनौं काठमाडौंको रैथाने हुनुको गर्व पनि अजीव छ । उनीहरुले केही गर्न नसकेको कारणले अरु बाहिरबाट आएकाहरुले पनि केही गर्न हुन्न । बरु त्यहीको रैथाने बनोस् तर अरु दोयम नै रहनु पर्दछ । यो विचित्रको कुण्ठाको सायद औषधी छैन । यही कुण्ठाले काठमाडौं अरु कुण्ठित रुग्ण र भग्न भइरहेछ ।
रामप्रसादलाई थाहा छ कि एलएनको मतलव अरु केही छ । यसर्थ उसले सोध्यो हजुर हामीबाट केही भूल भयो कि ? भूल त धेरै भएका छन् रामप्रसाद, तर एउटा कुरा तिमीले काम गर्ने केटी पनि राख्या छौं, तिम्रो आमा पनि आएकी छन्, श्रीमती पनि सुत्केरी हुनेवाली छिन्, यस कारण पानीको प्रयोगमा ठूलो समस्या आउने भयो । उनको परिवार चारवटी तरुणी छोरी र आमा पाँचवटी आइमाइ भएको छ । यति भन्दा रामप्रसादकी आमाले पानीको समस्या पार्ने काठमाडौंको अनुपात गणित पनि विचित्रको छ । तर घरपतिले भनेपछि त्यो समस्या हो र समाधान हुनुप¥यो । यस कारण रामप्रसादले प्रस्ताव सोच्नैप¥यो समाधानको । किनकी ऊ डेरामा बसेको रामप्रसाद खत्री हो । अब पानीको सबै महशुल रामप्रसादले नै बेहोर्नुपर्छ । यही हो न्यायोचित कुरा । एलएन भनौं काठमाडौंका घरपति जस्तो न्याय प्रवीण दुनियाँमा कोही हुन्न ।
अब रामप्रसादको छोरा भयो । व्यापारमा पनि रामै्र प्रगति भयो । कामको दौडधूप भ्याइ नभ्याइ । रामप्रसादले झारपोथर गरेर एउटा ‘सेकेण्ड ह्याण्ड’ मारुती कार पनि किन्यो । उसकहाँ सांसद, मन्त्रीहरु, नेताहरु पनि प्रसस्त आइरहन्थे । एलएनजी कहाँ रामप्रसाद बसेको पनि करिव दुई वर्ष भइसकेको थियो ।
अचेल घाम ताप्न एलएनजी पनि तल्लै तलाको बाहिर आउने गर्नथाले । प्रायः कुराहरु भइरहन्थ,े तर आज पुनः विशेष कुरा भयो । घरपतिले विशेष कुरा भन्ने वित्तिकै डेरावालको सातो उड्ने गर्दछ । तर रामप्रसादले अब अलि सहजरुपमा लिन थालेको थियो । एलएनले आज अलिक गम्भीर हुँदै भने, तिम्रामा त नेताहरु पनि आउँदा रहेछन् यिनीहरुसँग विशेष सतर्क रहनुपर्दछ नि ! रामप्रसाद प्रजातान्त्रिक आन्दोलनमा जेलनेल खपिसकेको परिपक्व तरुण थियो । यसर्थ उसको राजनैतिक सम्बन्ध निकै फराकिलो थियो । आज एलएन राजगुरुघरानाको कुन ग्रन्थी हो कुन्नी खुबै भड्किएको थियो । उनी एकैचोटी पट्किए ‘यी विश्वेश्वरका भरौटेहरुले राष्ट्र खत्तम पारे ।’ आज भने रामप्रसाललाई अलि झोकै उठ्यो– उसले अलि जोड दिएर भन्यो ‘होइन, एलएनज्यू ! यस प्रणालीमा त कम्युनिष्ट र हिजोका पञ्चहरु पनि त राजनीति गरिरहेछन्, विचरा स्वर्गे भइसकेका बीपीलाई किन यत्रो दोष ?’ तर एलएन राजगुरुघरानाको व्याख्या भने अलग थियो ।
जो सुकै जे सुकै दलको कुरा गरोस् बहुदलको कुरा मानेपछि त्यो बीपीकै अनुयायी भइगयो । यसर्थ कांगे्रस, कम्युनिष्ट, हिजोका पञ्च सबै आज बीपीवादी नै हुन् । विश्वेश्वर भनेको अर्काको खान्दानसँग द्वेष राख्ने मान्छे हुन् । जन्मैले मानिस राजा, गुरु, रंक भएको हुन्छ । उनले सबै राजा रजौटाहरु विर्तावालहरु र धनीमानीलाई देखि सहेनन् । परम्परालाई उखेलेर फ्याक्ने एक मात्र लक्ष्य साधना गरेका बीपी कोइराला आफैं उखेलिनुप¥यो । स्व. महेन्द्रबाट राष्ट्र र परम्परालाई प्रश्रय दिने चेष्टा भएको हो । खोसिएका राजामध्ये ३÷४ को भत्ता र सान शौकत फिर्ता पनि गरिबक्सेको हो । तर आज फेरि त्यही गल्ति दोहोरिदैछ ।
मानिस पढेर र विश्व देखेर मात्र फराकिलो हुदोरहेनछ । त्यसको जिउँदो उदाहरण थिए एलएन राजगुरुघराना । यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो तर उनलाई संसारका ठूला मानिस भनेका केवल गलकोटे, भीरकोटे भुरे टाकुरे राजा रजौटा, तिनका गुरुपुरोहित, ढोके, हुक्के र सन्तान दरसन्तानलाई सलाम ठोक्नेहरु मात्र हुन् । काठमाडौंका घरानिय भनाउँदाहरुमा अनौठो ग्रन्थी छ । उनीहरु देशका औषत नागरिकहरुभन्दा आफूलाई अब्बल दर्जाको सम्झन्छन् । राजघरानाहरुमा कुनै न कुनै किसिमको सम्बन्ध आफ्नो कुलको रहेको कुरा प्रमाणित गरी आफू हिङ नभए पनि हिङ बाँधेको टालो भनी गर्व गर्दछन् । यसले हिङवाधेको टालो हो वा टालो च्यातेको थाङ्नो हो धेरैवटा एलएन राजगुरुघराना जन्माएको छ । वास्तवमा यो झत्तो भनौं वा थाङ्नो संस्कृति हो । यो थाङ्नो संस्कृति काठमाडौंका घरानियाहरुको पहिचान हो । थाङ्नो संस्कृतिको दुर्गन्धले केही परपर हट्यो भने त्यसलाई आफ्नो प्रतापको विजय भनेर ढोंगमा खुशी हुने परम्परा छ यहाँका मानिसहरुको । आज रामप्रसादलाई त्यही थाङ्नो संस्कृतिको दुर्गन्ध आइरहेको थियो । एलएन राजगुरुघरानाको प्रत्येक लवजबाट ।
एलएनको बेलि विस्तारको अर्थ कहाँनेर टुंगिने हो र के सम्झौता गर्नुपर्ने हो, रामप्रसादलाई थाह भइरहेको थिएन । तर यसका निमित्त पनि उसले धेरै बेर पर्खन परेन । एलएनजीले प्रष्टसाथ भनीहाले उप्रान्त भाडा चार हजार बुझाउनुपर्ने भयो । मरिसकेका बीपी माथिको यत्रो प्रश्न अन्ततः रु. ५०० (पाँचसय) मा टुंगियो । तर एलएनका उपकथा भनै अझै छन् ।
राप्रसादको छोरो पनि भयो । समय पनि अलि महिना बित्यो । आज फेरि एलएनबाट बोलावट भयो । एलएनको बैठक कोठामा अलि हल्ला भइरहेथ्यो । रामप्रसाद बैठकमा पस्यो । ५ जना बसेर ‘मेरिज’ खेलिरहेका रहेछन् । एलएनले परिचय गराउँदै भने ‘ए ! रामप्रसाद नमस्कार गर । उहाँ अभिमानसिंह बस्न्यातको सन्तती, उहाँको एघारौं पुस्ता र अभिमानको तेस्रो पुस्ता ठ्याक्कै जोडिन्छ । उहाँका काकाले कस्मीरका राजा करणसिंहको साइनो पर्नेसँग विवाह गरेका छन् । उहाँको नाम ऋक्षेश्वरमान सिंह बस्न्यात । उहाँ पार्थिवेश्वरमणि दीक्षित, उहाँका ससुराली काशी नरेशका पुरोहित हुन् । उहाँ मान्यवरसिंह थापा अमरसिंह, भीमसेन, माथवरसिंह थापाहरुको खान्दान । उहाँका बाजेले प्रतापगढका राजघरानामा सम्बन्ध गास्नु भएको थियो । उहाँ हेरम्वनरसिंह कुँवर जंगबहादुरका पिता वालनरसिंह कुँवरका काका नै उहाँका पुर्खा थिए । उहाँकी जिजुमुमा पञ्जावका नरेश रणजीत सिंहकी ठूलीआमाकी नातिनी थिइन् । चारै जनाको वंश महिमा सुनाएपछि एलएनले उसको परिचय गराए– ‘ऊ भाइ आरपी के क्षत्री कलंकीका नृसिंहबहादुर वषतिका ज्वाइँ ।’ बल्ल यत्रो विविध विरुदावली पश्चात कुरा खुल्यो रामप्रसालाई बोलाएको । ... कुरा के परेछ भने मेरिजको ठिनी रहेछ पचिस पैसा । चानचुनको अभावमा कहिले काहिँ गठबढ पर्दोरहेछ । एकदुई प्वाइन्टको तलमाथिले निकै मार्का पर्छ यसर्थ एलएनजीलाई चाहिएछ चानचुन । तर यो जमानामा मकैको गेडाले पनि मिल्न नसकेको तासे हिसावलाई काम लाग्ने चानचुन पैसा विचरा रामप्रसादले कहाँबाट निकालोस् । चानचुनको अभावमा कुरा निकैवेर अड्कियो । बल्लबल्ल ‘बीसको माल सो’ गरेर एलएनजीले हिसाव मिलाए । तै पनि उनलाई ४ प्वाइन्ट घाटै लाग्यो । अन्ततः खेल उठ्यो । काठमाडौंका खान्दानीहरुको खेल यस्तै हुन्छ ।
सबैलाई बिदा गरेपछि एलएनले कुरा खोले– अब डेरा परिवर्तन गर्नुपर्ने भयो । तर किन यसको उत्तर छैन । रामप्रसादको छोरा भएपछि एलएनजी मात्र होइन उनकी पत्नीको पनि ‘मुड’ कहिल्यै ठीक भएन । अन्ततः केही लागेन रामप्रसाद डेरा स¥यो । डेरा सर्नासाथ लक्ष्मनियाँ हराई । १४÷१५ वर्षकी केटी हराउनु निकै तनावको कुरा थियो । उसले घरमा खबर ग¥यो । पुलिसलाई जानकारी दियो, केही पत्तो भएन ।
कुरा दुई वर्षपछि खुल्यो । जब एलएनजी लगाएका दाँत र रंगाइएको कपलमा छोटो जिन्स पाइन्ट र भेष्ट लगाएकी थाइकट केस विन्यास गरेकी लक्ष्मुनियाँसँगै भैरहवामा देखा परे । एलएनले हतारहतार भने रामप्रसाद मेरो पनि छोरो भयो नि, यी, यिनी चाहिँ लिलेश्वरी । रामप्रसादका घरमा काम गर्ने लक्ष्मुनियाँ एलएन राजगुरुघरानाकी लिलेश्वरी भइछ । रामप्रसादले छोराको नाम सोध्ने विचार गरेथ्यो तर त्यतिञ्जेलमा एलएन राजगुरुघराना रिक्सा चढेर कतै लागिसकेका थिए ।
रचनाकाल ः २०५२

Tuesday, July 17, 2012
हिग्स वोसन र ब्रह्म–१
अरुणकुमार सुवेदी
यसपालि विषयान्तर भयो । सधैं आर्थिक र विकाससम्बन्धी लेख हुने आज ‘फिजिक्स’ सम्बन्धी । युरोपेली अनुसन्धान संस्था सर्न ९ऋभ्च्ल्० ले भगवत् अणिमा (गड पार्टिकल) हिग्स वोसन पत्ता लगाएको घोषणा गरे । लगभग ६ दशक अगाडिदेखि परिकल्पना गरिएको हिग्स वोसन पत्ता लाग्यो भन्नासाथ ब्र≈माण्ड व्युत्पत्तिको रहस्य पत्ता लागेको उद्घोष गरियो । अर्बौं युरोको खर्च र हजारौं वैज्ञानिकको अहोरात्रको परिश्रम सफल भएको भनी ठूलो खुसीको वातावरण निर्माण भयो । तथापि यसका आधारभूत प्रश्नहरू अहिले पनि अनुत्तरित नै छन् ।
यस अनुसन्धानका लागि बनाइएको विशालतम् संयन्त्र ‘लार्ज हेड्रन कोलाइडर’ मा प्राक–पारमाणविक अणिमा प्रोटोनलाई प्रकाशको गतिमा गतिमान गराई एक अर्कामा ठोक्काइयो । विशाल शक्तिक्षेत्रमा प्रोटोन जस्तो सघन अणिमालाई ठोक्काउँदा (कोलिजनको अर्थमा) सृष्टिको प्राक–अणिमा वा उनीहरूको व्याख्यामा भगवत् अणिमा वा पदार्थ सृष्टिको कारक अणिमा उत्पन्न भयो र त्यसको सुखद् दर्शन त्यहा“ अनुसन्धानरत वैज्ञानिकहरूलाई प्राप्त भयो । यसभन्दा अगाडि २०११ मा पनि वैज्ञानिकहरूले अहोरात्र खटी हिग्स वोसनको उत्पत्तिको दर्शन गर्ने अभिलाषा लिएका थिए । तर, त्यतिखेर प्रकाशको गतिभन्दा तेज गतिमा गतिमान हुने एउटा सपिण्डी अणिमाको अवलोकन गर्न सकिएको तर हिग्स वोसनको अवलोकन चाहिँ २०१२ को मध्यतिर मात्र गर्न सकिने कुरा बताइएको थियो । त्यतिखेर पनि ‘फिजिक्स’को सामान्य चेत भएका मानिसको मन मस्तिष्कमा एउटा प्रश्न उब्जिएको थियो । के कुनै पनि सपिण्डी अणिमा प्रकाशको गतिमा गतिमान हुन सक्छ ? यदि हुन सक्छ भने पदार्थ जगतको अन्तिम सत्ता र सत्य प्रकाशको गति सीमा हो, यसैको सापेक्षमा अरू सम्पूर्ण गोचर सत्ताहरू यथारूप र धर्ममा अस्तिŒववान् छन् । यदि कुनै पनि सपिण्डी अणिमा प्रकाशको गतिमा गतिमान भएमा त्यसको पिण्ड परिमाण गतिसँगै वृद्धि हुन थाल्छ र अनन्त हुन्छ । अर्थात् कुनै पनि सपिण्डी अणिमाले प्रकाशको गति लिनै सक्दैन भन्ने जगतको सार नियमलाई आइन्स्टाइनले प्रतिपादन गरेका थिए । यदि सर्नले भनेझैं एनई न्युट्रिनोजले प्रकाशको गति सीमा नाघेको र प्रोटोनहरूलाई पनि प्रकाशकै गतिमा ठोक्काइएको हो भने आइन्स्टाइनको गति सीमासम्बन्धी भैतिक नियमको अन्त्य भएको हो ? यो प्रश्नको उत्तर भने अहिलेसम्म हो भनी कसैले दिन सकेको छैन । माथि भनिएको न्युट्रिनोको
बारेमा सर्नसँग सम्बन्धित र अन्य भौतिकशास्त्रीहरू पनि असहमत देखिए । त्यसको व्याख्या र प्रमाणीकरण पनि आजसम्म हुन सकिरहेको छैन । अब ‘हिग्स वोसन’ उत्पन्न गराउने प्रोटोनहरूको गति प्रकाशको गति सीमामै भयो भन्ने कुरा पनि पत्याउन धेरैलाई गाह्रो भइरहेको छ ।
के ‘हिग्स वोसन’ नै अन्तिम सत्य हो ? आजभन्दा करिब ६ दशकअघि हिग्सले पदार्थ जगत वा ब्र≈माण्डको व्युत्पत्तिसम्बन्धी नया“ अवधारणा अगाडि सारेका थिए । ब्र≈माण्ड उत्पत्ति पूर्व एउटा अविछिन्न क्षेत्र थियो । अहिले पनि ब्र≈माण्डको सीमाबाहिर उक्त क्षेत्र छँदैछ । त्यो दिक्क्षेत्रलाई उनकै नामबाट हिग्स दिक्क्षेत्र अर्थात् हिग्स फिल्ड भनियो । त्यो दिक्क्षेत्रमा निरवछिन्न सत्तामय भएको वोसन छ जसको रोकावट नै पिण्डको जननी हो भन्ने अवधारणा उनले ल्याएका थिए । यो धारणा वेदले सृष्टिपूर्व के थियो भनी विश्लेषण गर्ने क्रममा भनेको ‘तम असित्’ अर्थात् अन्धकार थियो । त्यो गुढ तम दिक्क्षेत्रबाटै सृष्टि भयो भन्ने धारणासँग कता–कता मिल्न आउ“छ । तर, हिग्स दिक्क्षेत्रको धारणामा मेरो बुझाइमा केही अनुत्तरित अवस्था रहेका छन् । हिग्स दिक्क्षेत्र प्रकाशको वा विद्युत् चुम्बकीय तरंगको उपस्थितिमा सत्तावान् रहन्छ कि रहन्न ? यदि रहन्छ भने यो कसरी प्राक्सत्ता हुनपुग्यो ? यो पिण्डको जननी सत्ता हो भने आइन्स्टाइनको पिण्ड र शक्तिको सन्तुलनको चिरन्तनतासम्बन्धी मान्यता अब अन्त्य भएको हो ? पिण्ड यही सत्ताबाट उत्पन्न भएको हु“दा पिण्ड हिग्स दिक्क्षेत्रको उपज हो ? यदि पिण्डलाई पछिल्लो वा कुनै अर्को प्राक्सत्ताबाट आएको सत्ता भन्ने कुरा स्थापित भएको हो भने यो धारणा पूर्वीय दर्शनको जगतको सृष्टिसम्बन्धी धारणाको नजिक पुग्दछ । तर, ‘फिजिक्स’ ले यसबाट पिण्ड सृष्टि भई अन्ततः यसमै लय हुन्छ भन्ने व्याख्या र खोजमा पुग्न सक्छ सक्दैन हेर्न बा“की छ । यदि पुगेछ भने पूर्वीय दर्शनको पिण्डलाई माया सत्ता (मेनिफेस्टेटिभ एक्जिस्टेन्स्) मान्ने धारणाको एकदम नजिक फिजिक्स आइपुगेको प्रतीत हुन्छ तर यी सबैभन्दा महŒवपूर्ण कुरा हो मानिसको अवलोकनियताको सीमा । मानव चेतनाको अवलोकनियताको सीमा प्रकाशको गतिका सापेक्षका रूपमा धर्महरूसम्म मात्र सीमित छ । यसै सीमाभित्र रही भौतिकशास्त्रीहरूलाई हिग्सको दर्शन भएको छ । तर, जगतको आधार सत्य त्योभन्दा पर छ जो गोचरातित छ ।
यसकारण हिग्स वोसन अन्तिम सत्य र जगतको प्राक् आधार हुन सक्दैन भन्ने मेरो तर्क छ । मेरो धारणामा अवलोकनीय सत्य अर्थात् गोचर सत्तामै जगतको अन्तिम आधार देख्न खोज्नु र त्यसैलाई मान्नु जगतका माया प्रतितिलाई सत्य मान्नु हो । मानव गोचरियताको परिसीमाबाहिर केही हुन्न भन्नु तथ्यसंगत भए पनि युक्तिसंगत होइन र सत्यसंगत पनि होइन । यसकारण ‘हिग्स वोसन’ सम्भवत गोचर सत्ताहरूको अन्तिम रूप हुनसक्छ तर जतगको अन्तिम वा सृष्टिको अन्तिम आधार हुन सक्दैन भन्ने मेरो तर्क छ ।
सृष्टिको अन्तिम आधार के हो ? पूर्वीय सर्व प्राचीन दर्शनका आधारमा प्रकाश र पदार्थका जे जस्ता स्वरूप भए पनि ती कालवछिन्न सत्ताहरू नै हुन् । रूपात्मकता कालवछिन्न सत्ताहरूको धर्म हो । धर्म वा गुण भएका सत्ताहरू ‘माया’ सत्ता अर्थात् ‘अनित्य’ सत्ता हुन् । जगतको आधार सत्ता त नित्य, सनातन, अनित्य, अपरिछिन्न सत्य एक वा अद्वैत सत्ता मात्र हो । जो अविशेषणीय छ तर मानव चेतनाको सीमा र अभिव्यक्तिको बाध्यताले त्यसलाई शब्द वा संज्ञाबद्ध गर्नुपर्ने हुन्छ । यही कारणले यसलाई ब्र≈म शब्दले व्याख्या गर्ने गरिएको छ ।

हिग्स वोसन र ब्रहृम–२
अरुणकुमार सुवेदी
फिजिक्सको दुनियाँ आज हिग्स बोसनमय भएको छ । जगतको अन्तिम जीव तत्व खोज्ने फिजिक्सको प्रयत्न परमाणु, इलेक्ट्रन, प्रोटन क्वार्क हुँदै आज हिग्स वोसनमा आइपुगेको छ । एकथरी फिजिक्सका विद्वान्हरूको मत छ यो नै अन्तिम बीज सत्य हो यसर्थ भगवत अणिमा हो भन्ने छ । अर्काथरि यो नयाँ अध्यायको सुरुआत हो भनिरहेका छन् । फिजिक्सले आधारभूत संरचनात्मक अणिमाहरू भनी मानिआएका परमाणुका पनि संरचनात्मक अणिमाहरू इलेक्ट्रन, प्रोटन, न्यूट्रन इत्यादि पर पनि अर्को संरचनात्मक अणिमाको सत्ता छ भनी खोज गरेको इतिहास निकै दशकको भइसकेको छ । यस क्रममा आंशिक विद्युत् धर्म भएको क्वार्कहरू हँुदै आज हिग्स वोसन पत्ता लागेको उद्घोष ‘शर्त’ ले गरेको छ । यस समयमा ट्याकिवन्स, एक्जियन्स, काओत्स जस्ता परिकल्पित अणिमा उपर पनि प्रशस्त बहसहरू भए तर अर्बौं युरो खर्चिएर अन्ततः हिग्स वोसन उपर हजारौं वैज्ञानिकहरू केन्द्रित भए । तर, यहा“सम्म आइपुग्दा पनि फिजिक्सको एउटा अलमल भने टुंगिएको छैन । त्यो हो पिण्ड सत्य सनातन सत्ता हो या होइन भन्ने ।
यो ब्रहृमाण्ड जगतको सुरुआत महाविस्फोटबाट भयो भन्ने कुराको टुंगोमा फिजिक्स उहिले नै पुगेको हो । तर, त्यो आद्य प्रलय एउटा अपरिमेय घनत्व भएको बिन्दुरूप पिण्डको विस्फोट थियो भन्ने एउटा धारणा छ भने त्यो अनादि दिक्काल एकाकार अवस्था विकीरण युग थियो, घना विकीरणमा आएको आदि महाकम्पनले पिण्डत्व र विद्युत् धर्मको निर्माण सुरु भयो भन्ने अर्को धारणा छ । पहिले अवस्थामा सघन पिण्डत्वबाट विस्फोटका कारणले परिमेय पिण्डत्वको अवस्थामा ब्रहृमाण्ड विस्तारहुँदै गयो र आज पनि विस्तार भइरहेछ भन्ने अर्थ लाग्दछ भने दोस्रो मान्यताले प्राक्अवस्थामा पिण्ड थिएन, शक्ति मात्र अर्थात् विकीरण मात्र थियो र त्यही विकीरण अर्थात् पिण्डहीन अवस्थाबाट महापिण्डको आदि रूप न्युट्रिनोज र त्यसपछि विरल अणिमाहरू (लेप्टन्स) र सघन अणिमाहरू (हृयाड्रन्स) को जन्म भयो जसको विकास हुँदै खगोलियन अस्तित्व आज यस रूपमा छ भन्ने मान्यता छ । फिजिक्सको यो ठूलो अलमललाई समाधान गर्नलाई प्रयत्न धेरै नै भइरहेछन् । यस प्रयत्नमा फिजिक्स एउटा मान्यताबाट बाहिर आएर सोच्न कहिल्यै तयार छैन ।
फिजिक्स गणितीय प्रयत्न र प्रयोगात्मक अवलोकनका तथ्यहरूमा मात्र विश्वास गर्दछ । त्यसमा पनि प्रयोगात्मक प्रमाणीकरण नहुने कुरालाई स्वीकार गर्न तयार हुँदैन । अर्थात् फिजिक्सको आधार अवलोकनवाद हो । मानिसको अवलोकनको सीमा प्रकाशको गतिको सत्ताको सीमासम्म मात्र निहित छ । यस आधारमा भन्ने हो भने फिजिक्स प्रकाशको गतिका सापेक्षका सत्ता र प्रणालीहरू अध्ययन मात्र हो भन्न सकिन्छ । उसो भए प्रकाशको गति र उपस्थिति अर्थात् शक्तिको गति र उपस्थितिभन्दा पर कुनै प्रणाली वा सत्ता छ कि छैन ? निरवलोकनीय भएका कारणले त्यस्तो कुनै प्रणाली छैन र हुनसक्दैन भन्ने एउटा मान्यता छ भने अन्य शक्तिको दिक्क्षेत्रको उपस्थिति त्यस्तै एउटा प्रणाली वा सत्तामध्येको हुनसक्छ र त्यस्तो प्रणाली वा सत्यलाई अस्वीकार गर्न सकिन्न भन्ने अर्को मत छ । महाकम्पन वा विस्फोट जे बाट जगतको ब्युत्पत्ति भए पनि हिग्स वोसन आजसम्म स्थापित जगत ब्युत्पत्तिको स्थापित
समीकरणमा कहा“नेर चाहि“ देखाप¥यो होला ? भन्ने कुराको उत्तर आजसम्म भेटिएको छैन । बिन्दुपिण्ड थियो र त्यही विस्फोट भएको हो भने हिग्सबाट पिण्ड कसरी निर्माण भयो भन्ने मान्ने ? यदि पिण्डहीन अवस्थाबाट पिण्डको उत्पत्ति भयो मान्ने हो भने फोटनपछि हिग्स वोसन र त्यसपछि मात्र न्युट्रिनोज हुँदै क्वार्क, लेप्टन्स र हृयाड्रन्सहरू भए भन्ने मान्नुपर्छ ।
एउटा सर्वमान्य सिद्धान्त हो अभाव विना नयाँ सृष्टि हुन्न । फिजिक्सले भनेको महाकम्पन पूर्वको विकीरणमय अवस्थामा कस्तो अभाव उत्पन्न भयो जसले गर्दा पिण्ड र विद्युत् धर्मको द्वैतताको उत्पत्ति भयो ? यस कोणबाट हेर्दा फोटन वा प्रकाशको अणिमा आफैंमा वोसन वा विद्युत् धर्म हीन अणिमा हो । यसको त्रिआयामिक दिशाको अवस्थिति जताबाट हेर्दा पनि उस्तै हुने वा क्यान्टम संख्या एक (१) भएको हुन्छ । अणिमा विज्ञानमा यो अत्यन्त संतृप्त अवस्था हो । यसमा अभाव सिर्जना हुन कठिन छ । जब यसमा अभाव निर्माण हुन्छ तब यो अर्को रूपमा प्राप्त हुन्छ । प्राक्अवस्थाको विकीरणमय जगतमा विकीरणको सघनताले फोटनमा अभाव सिर्जना भयो । फोटनमा अभाव निर्माण हुने त्यो क्रिया नै आदि कम्पन वा वीग व्याङ्ग हो । त्यो अवस्थामा फोटनमा अभाव निर्माण भई अत्यन्त न्यून पिण्ड धर्म र विद्युत् धर्म प्राप्त भयो । लगभग पिण्डहीन विद्युत् धर्मले युक्त ती अणिमाहरू न्युट्रिनोज हुन र ती नै जगत्का आदि सृष्टि हुन् भन्ने मान्यता फिजिक्समा स्थापित छ । अब हिग्स वोसनलाई त्यो भन्दा पनि प्राक्सत्ता मान्ने हो भने फोटनभन्दा त्यसमा कस्तो अभाव धर्मको सृष्टि भई उत्पत्तिको पहिलो आधार अणिमा बन्न गयो । यसको विश्वसनीय तर्क र तथ्यहरू आउन सकिरहेका छैनन् । जगत्को सृष्टि बहुसत्तामयताबाट होइन कुनै एउटै वा अद्वैत सत्ताबाट भएको हुनुपर्छ भन्ने मान्यताकै आधारमा फिजिक्स पनि यहाँसम्म आइपुगेको छ । तर, आजसम्म त्यो अद्वैत सृष्टिबीजको खोज र व्याख्या फिजिक्सले गर्नसकेको छैन । पूर्वीय सर्वप्राचीन दर्शन वेद÷वेदान्तले भने त्यसको निरोपण गरिदिएको छ । व्याख्या र तर्कका आधारमा एउटा विश्वास स्थापित गरिदिएको छ, त्यो ब्रहृम हो । त्यो प्रकाश र पदार्थको पनि जननी सत्ता हो । फिजिक्सले स्थापित गरेका सिद्धान्त र मान्यताहरूका आधारमा ब्रहृमको अद्वैता सत्ताबाट बहुत्वमय ब्रहृमाण्डको सृष्टि उपर परिचर्चा गर्ने मेरो पुरानो चाख हो । आज हिग्स वोसनको प्रकरणले पुनः त्यस उपर चर्चा गर्न अभिपे्ररित ग¥यो ।
म कुनै खोज अनुसन्धानमा अहोरात्र लागिपरेको पात्र होइन । हजारौं वैज्ञानिको अर्बौं खर्बौं धनराशी खर्च गरी गरेको अध्ययनका कुराहरू माथि म जस्तो अकिञ्चन पात्रले प्रश्न उठाउनु हास्यास्पद हुनसक्छ तथापि धेरै पहिलेदेखि मेरो सामान्य चेतमा उब्जिएको प्रकाशभन्दा अगाडि कुनै सत्ता छ वा छैन ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा यो अनौठो क्षेत्रको स्वान्त सुखाय केही अध्ययन र लेखन गर्न पुगेको मात्र हु“ ।
फिजिक्समा विद्युत् चुम्बकीय तरंग वा प्रकाशको सृष्टि या त पिण्डको ‘फ्युजन’ बाट हुन्छ या ‘फिसन’ बाट हुन्छ । महाकम्पनको सिद्धान्तमा फेरि प्रकाशबाट पिण्ड बन्यो भनिएको छ । यो चल्ला र अण्डाको कथाको अवस्थामा जगत्को अनादि अवस्था कल्पना गर्न सकिन्न । अर्कोतर्फ आइन्स्टाइनको शक्ति पदार्थ आपसी विवाहिताको सन्तुलन नै जगत् हो, यो चिरन्तन सत्य सनातन भएको हुँदा यसको सुरु र अन्त्य खोज्नु मूर्खता हो भन्ने मान्यता छ । फिजिक्समा यो अलमल भए पनि पूर्वीय दर्शनको मान्यता भने स्पष्ट छ । सबैभन्दा पहिलो अवस्था भनेको महातम दिक्काल एकाकार अवस्था हो । तर, त्यो अवस्था पूर्ण असत्तामयता होइन । जब सम्पूर्ण सत्ताहरू प्रतिशोधित हुन्छन् तब पनि एउटा सत्य सनातन, सर्वअपरिछिन्न, अनिलय सत्ता रहिरहन्छ त्यही सत्तालाई शब्दबद्ध गर्दा ब्रहृम भन्नु परेको हो । त्यो शान्त सनातन महातम दिक्काल एकाकार अवस्थामा कुनै कारण विना, उसैको कामनाले अनाहतवाद अर्थात् अनादिवाद भयो । त्यो नादले मरिचिलोकको सृष्टि भयो । अर्थात् महातमबाट प्रकाशको सृष्टि भयो वा ब्रहृममय दिक्काल एकाकार अवस्थाबाट प्रकाशको उत्पत्ति भयो, प्रकाशबाट महाकम्पन (विग ब्यांग) भई पदार्थको सृष्टि भयो । जगत सृष्टिको क्रम यही हो । लय पनि यही क्रममा हुनेछ । अर्थात् पदार्थको लय प्रकाशमा र प्रकाशको लय महातममा हुनेछ । यो निरवलोकनीय सत्य हो । अब प्रश्न उठ्छ हिग्स वोसनको स्थान यो सृष्टि क्रममा कहा“नेर छ र यसलाई प्राक्सत्ता मान्ने ?

Saturday, June 30, 2012
नेपाली र बाँदर
अरुणकुमार सुवेदी
कुरा २०४९÷५० साल तिरको हो । गिरिजाप्रसद कोइराला प्रधानमन्त्री भएकोमा तात्कालीन प्रतिपक्षी नेकपा एमालेलाई असाध्य असहृय भइरहेको थियो । दिनहुँ जसो चक्काजाम नारा जुलुस, टायर दहन र पुत्ला दहनका कार्यक्रम त हुन्थे नै सँगसँगै सडकका रेलिङ भाँच्ने, टेलिफोनका बुथ जलाउने जस्ता काम यथेष्ट हुन्थे । एक प्रकारले नेकपा एमाले यस कुराको गुरु नै हो । त्यति खेर सडकमा भाषण गर्ने माधव नेपाल, केपी ओली, प्रदीप नेपाल, सीपी मैनालीलाई आज देख्दा म स्वयंलाई अपत्यारिलो लाग्छ के यी नेता त्यस्ता उग्र थिए होला भनेर । त्यति खेरका रेकर्डिङहरू कामरेडहरूलाई देखाइदिने हो भने आज उहाँहरूलाई कस्तो अनुभूति हुँदो हो । एक दिन एमाले समर्थक अखिलका साथीहरू र एमाले
कामरेडहरू क्रान्तिकारी उपद्रो गर्दै हुनुहुन्थ्यो रत्नपार्क क्षेत्रमा । प्रहरीले अश्रुग्यास प्रहार गर्दा बटुवाको रूपमा हिँडिरहेको म सहितका केही मानिस एउटा फार्मेसी भित्र शरण लिन बाध्य भयौं । त्यहाँ एकजना गौरांग पर्यटक पनि थिए । उनका जिज्ञाशालाई मैले बुझाइरहेको थिएँ । यसै क्रममा आफ्नै जातिप्रति असन्तुष्ट हुँदै मैले हामीहरू (नेपाली) लाई बाँदरको संज्ञा दिए । ती पर्यटकले मलाई जवाफ लगाए– बाँदरले त आफ्नो हित र अहित बुझ्छ, तिमीहरू त आफ्नो हित पनि के हो भनी जान्दारहेनछौ । टेलिफोन जलाएपछि आफैंलाई खाँचो भएन । यस कारण तिमीहरू बाँदरभन्दा भिन्न रहेछौ । यति कुरा भनी उनले ‘सरी’ भने । मलाई बढो गुरुमन्त्र लाग्यो उनको त्यो टिप्पणी र मलाई आजसम्म पनि नेपाली र बाँदरबीचको त्यो भेद खुब जचिरहेछ ।
त्यसपछिका सरकार प्रतिपक्षी सबैले गरेका कार्यहरूको लामो सूची तयार पारौं र बाँदरले के गथ्र्यो होला र हामीले के गर्न पुग्यौं भनी समीक्षा गरे असली कुरा सबैलाई थाहा हुने नै छ । मलाई आफ्नै जातिप्रति यति विघ्न रीस उठ्ने कारण चाहिँ कोशी उच्चबाँध परियोजनामा नेपाली जनताका तर्फबाट त्यहाँ गएको प्राविधिक अध्ययन टोलीप्रतिको व्यवहार, त्यसपछि सरकराले देखाएको उदासिनता र त्यस परियोजनाको प्रत्यक्ष फाइदा पुग्ने, त्यस परियोजनाले जीवन नै आमूल परिवर्तन हुने क्षेत्रका जनताको मौनता नै हो ।
हाम्रो बाँदरभन्दा तल्लो स्तरका कार्यहरूमध्ये अरुण तेस्रो परियोजनामा राजनीतिक स्तरबाट नेकपा एमालेले सत्तापक्ष र प्रतिपक्ष हुँदा गरेका कामहरू, जनताका नाम पद्मरत्न तुलाधर, गोपाल चिन्तन र विकास पाण्डे जस्ता एनजीओ प्यादाहरूका कार्यहरू सबैले सधैं सम्झिने कुरा हो । कोशी पहाडी क्षेत्रको विकास र नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण त्यो परियोजना तुहिँदा त्यसबाट प्रत्यक्ष लाभान्वित हुने जनता जागरुक भएर सडकमा आउनुपथ्र्यो तर आएनन् । सामाजिक जागरण, जनचेतना, विकास आदि इत्यादिमा जनतालाई सचेत गराउने सामाजिक संघ÷संस्थादेखि राजनीतिक दलहरूसम्मले परियोजनामा पक्षमा एउटा जुलुससम्म गरेनन् । एउटा सामान्य दुर्घटनामा पूरा राष्ट्रको यातायात प्रणाली बन्द गर्ने नेपालीहरू त्यस परियोजनाप्रति त्यस्तो क्रियाशील देखिएनन् ।
केही समयअगाडि पश्चिम सेती परियोजना राजनीतिक विवाद भयो । आज त्यही कारणले समझदारीपत्र सम्झौता भइसक्दा पनि थ्री गर्जेज चुपचाप बसेको छ । यत्रो ठूलो परियोजना माथि संकट आइपुग्दा पनि त्यस क्षेत्रका आमजनता र सामाजिक, राजनीतिक नेतृत्वमा रहेकाहरूले विकासका लागि दबाब दिने जनआन्दोलन गर्न सकेनन् । माथिल्लो कर्णाली परियोजनामाथि आक्रमण हुँदा पनि जनता चुपचाप रहे । न त जनतालाई अधिकारको पाठ पढाउन गाउँ÷गाउँ पुग्ने एनजीओहरूले नै यसलाई विषय बनाउन चाहे । यस्ता धेरै योजनाहरू छन् जो तुहिँदा पूरा मुलुक र त्यस क्षेत्रका जनताको आर्थिक सामाजिक विकासमा ठूलो असर परेको छ । तर, यसका उल्टा क्रियाकलाप भने यथेष्ट भएका छन् । कुनै पनि परियोजना कुनै पनि ठाउँमा गयो भने स्थानीयहरूको अधिकारको कुरा उठान गरेर त्यस्ता परियेजनाहरूमाथि दुःख दिने कार्य भने प्रसस्त भएका छन् । मैले हालसालै लिखु–४ परियोजनाको स्थलगत भ्रमण गरेको थिएँ । त्यहाँको जमिनको मूल्यमा स्थानीय व्यक्तिहरूले लिएको क्षतिपूर्तिको रकम सुन्ने जो कोहीले पनि स्थानीयहरूले दृष्टिकोण र व्यवहार त्यस्ता परियोजनाप्रति कस्तो छ भन्ने जानकारी मिल्छ । पहिले पहिले यस्ता परियोजनाहरूप्रति स्थानीय नेतृत्वमा रहेका व्यक्तिहरू रजनताहरू अत्यन्त सहयोगी हुने गर्थे । आजकल त्यस्ता योजना स्थल थाहा पाउनासाथ सामान्य मानिसहरूका पाखाबारीलाई लिई घर बनाई परियोजनाहरूसँग बेस्कन कस्ने र मूल्य लिने पाइन्छ भनी टाठाबाठा वा नेतृत्वमा रहेकाहरू लागिपर्दछन् । त्यस्ता परियोजनाहरूलाई अधिग्रहण गरी सरकारले आवश्यक जमिन उपलब्ध गराउने नीति नै छैन हाम्रो देशमा । राज्य निस्पृह हुने स्थानीयहरू अराजक, आक्रामक र लाभका लागि असहिष्णु हुने वातावरणले निजी क्षेत्रबाट प्रवद्र्धन हुने त्यस्ता परियोजनाहरू निरुत्साहित भइरहेछन् ।
कुरा फेरि कोशी उच्चबाँधमा नै ठोकिन्छ । केही समयअगाडि कोही उच्चबाँध परियोजना र भारतको राष्ट्रिय नदी लिंकिङ परियोजना उपर संक्षिप्त विश्लेषण गरी नेपालले लिनुपर्ने नीति उपर केही विमर्श गरेको थिएँ । उक्त परियोजनाका लागि बजेटसमेत निकासा गरी भौगर्भिक सर्वेक्षणमा आएको भारतेली टोलीलाई जनस्तरबाट भनी लखेटिएपछि पनि भारतले वार्ताका लागि केही समय टोलीको अपेक्षा पनि ग¥यो । त्यसपछि पनि नेपालले चासो नदेखाए पछि उसले कोशी उच्चबाँधको संयुक्त अफिस नै बन्द गर्ने निर्णय ग¥यो । तर, पनि नेपालको राज्य पक्ष र जनता पनि प्रतिक्रिया विहीन बसेका छन् । यस सम्बन्धमा केही पक्षहरूको पुनरुक्ति गर्नैपर्ने महसुस भयो । कोशी बाँध अर्थात् भीमनगरको बाँँधको आयु सकिँदैछ । यसको विकल्प खोज्न नेपाल हतारिनुपर्ने हो । यस परियोजनाले नेपालको अत्यन्त अहित भयो भनी भारतको आलोचना अनवरत गरिरहने नेपाली राजनीतिककर्मीहरूले अब त त्यसको विकल्प दिनुपर्ने हो । यो बाँध पनि भएन राष्ट्रघाती भयो अनि बराह क्षेत्रमा पनि बाँँध बनाउन नपाइने भनी सर्वेक्षण टोलीलाई नै कुटुँमारु गरी भगाइ दिने अनि त्यसलाई राज्यले मौन समर्थन गर्ने यो कस्तो दृष्टिकोण हो हाम्रो । के हामीलाई थाह छैन भीमनगरको पुल थलमाथि हुनासाथ पूर्वाञ्चलको लाइफ लाइन समाप्त हुन्छ भनेर । तर, पनि किन हामी हामै्र हित हेर्न सकिरहेका छैनौं ? यस परियोजनाको विद्युत् उत्पादनले राष्ट्र लाभान्वित हुन्छ, जनताले ‘लोडसेडिङ’ को मार खेप्न पर्दैन । काँकडभिट्टादेखि ठोरीसम्मको जमिनलाई सिंचाइसुविधा प्राप्त हुन्छ । हल्दियाबाट गंगा–महानन्द–कोशी पूर्वी नहर हुँदा चतरासम्म जल यातायात आउँछ । धनकुटा, भोजपुर, उदयपुर, खोटाङको पूरा जनजीवन नै परिवर्तन हुन्छ । यी फाइदाहरूका बारेमा कसले ‘क्याम्पेन’ गर्ने सरकार र राजनीतिक दलहरू निरपेक्ष हुन् कथित अधिकारवादी र विकासवादी एनजीओहरू विरुद्धमा छन् । अब सामाजिक र राजनीतिक रूपले क्रियाशील जनतालाई स्वयंले यसका लागि दबाबमूलक जनआन्दोलन सुरु गर्ने बेला आइसकेको छ । यो आफ्नो समेत हितको कुरा नजान्ने÷नसोच्ने बाँदरभन्दा पनि पतित संस्कारबाटमुक्त गराउन जरुरी छ । यस बारेमा ओशोको एउटा कथन मलाई बढो घत लागेको छ । डार्बिनले भनेथे मानिस बाँदरको विकसित रूप हो तर हामीले कहिल्यै बाँदरलाई सोचेका छौं कि बाँदरले मानिसलाई के सोच्ला ? ऊ सोच्दो हो मानिस हाम्रो पतन हो ।’ वास्तवमा हामी बाँदरले जति पनि आफ्नो हितको हेक्का राख्न नसक्ने नेपालीहरू बाँदरकै पतन त होइनौं ?
अब नेपालीले जागरुक भएर विकासका लागि जनआन्दोलन सुरु गर्ने बेला आइसक्यो । सम्बन्धित क्षेत्रमा रहेका जागरुक जनताले यसका लागि ‘क्याम्पेन’ गर्ने र आन्दोलन सुरु गर्ने बेला भयो । जहिले पनि राजनीतिलाई मात्र मुद्दा बनाइएकोमा अब विकासको मुद्दा लिएर पनि जनआन्दोलन गरेको उदाहरण देखाउन सक्नुपर्दछ ।

Sunday, June 24, 2012
Koshi High dam-1
कोशी उच्चबाँध–१
अरुणकुमार सुवेदी
गत हप्ता कोशी उच्चबाँधसम्बन्धी दुईवटा समाचार र एउटा विचार आयो । गत केही अंकमा निरन्तर लेखिँदै आएका भारतको रिभर लिंकिङ परियोजनामा कोशी उच्चबाँधसम्बन्धी उल्लेख सुरु गरेकोमा पाठकहरूका तर्फबाट पनि जिज्ञाशाका मेलहरू आए । यसर्थ यो लेख कोशी उच्चबाँधमै केन्द्रित रही यसको भारतीय नदी लिंकिङ परियोजनामा कस्तो सम्बन्ध छ भनी विश्लेषण हुनेछ ।
कोशीमा बाँध बाँधी नेपाल र भारतमा बाढी नियन्त्रण गर्ने र सिंचाइको विकास गर्ने कुरा नयाँ होइन र २०११ सालदेखिको विवादको विषय पनि हो । भीमनगरमा भारतले बनाएको बाँधले नेपाललाई घाटा भयो, सीमा क्षेत्रमा बनाई उसको मात्र फाइदा हे¥यो, हेपेर बनायो यस कारण राष्ट्रियता माथि अतिक्रमण भयो भनी त्यही समयदेखि भारत, त्यो समझौतामा हस्ताक्षरकर्ता मातृकाप्रसाद कोइराला र त्यस परियोजनामा असंलग्न रहेको नेपाली कांगे्रससमेतले खुबै आलोचित हुनुप¥यो । एकथरि कम्युनिस्टहरूले त राल्फाली गीत बनाई गाएर पनि हिँडे । तर, अब कोशी ब्यारेजको आयु सकिएको छ । त्यसको विकल्पमा धेरै पहिलेदेखि अध्ययन भइरहेको चतरामा बनाइने भनिएको कोशी उच्चबाँध भारतले प्रस्ताव गरेको छ । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनलाई नेपालसँग सम्झौता भए अनुसार भारतले बजेट पनि निकासा गरी प्राविधिकहरूको टोली त्यस क्षेत्रमा पुग्दा स्थानीयहरूको विरोधका कारण कुनै काम हुनसकेन । त्यहाँ डीपीआरको काम अगाडि बढ्न नसकेपछि नेपालको एउटा टोली वार्ताका लागि भारत जाँदैछ । यसैबीच रत्नसंसार श्रेष्ठको लेख आयो । कोशी बाँधको आयु सकिएकाले कोशी उच्चबाँधका लागि भारत व्यग्र छ भनी ।
कोशी उच्चबाँध सम्बन्धमा आजसम्म नाफा÷नोक्सानको यथा विश्लेषण गरी नेपालले कुनै कुरा सार्वजनिक गरेको छैन । यसले गर्दा सामाजिक, राजनीतिक रूपले क्रियाशील व्यक्तिहरूलाई पनि ठोस धारणा बनाउन अप्ठेरो परेको छ । यस्तो आमचासोको विषयमा र सुदूर भविष्यसम्म असर पार्ने योजनाका बारेमा यस्तो ‘कन्फ्युजन’ राम्रो होइन । यस कारण यसबारेमा आमजनतामा पनि ठोस अवधारणा बनाउन सहज होस् भन्ने उद्देश्यका साथ यो लेख लेखेको छु ।
पहिलो कुरा कोशी बाँधको आयु सकिएकाले उच्च बाँधका लागि भारत अत्यन्त व्यग्र छ भनी रत्नसंसार श्रेष्ठले लेख्नुभएको छ र यसै दृष्टिकोणमा केही अरू पनि विचार आइरहेछन् । निश्चय पनि ठूलो जनसंख्यालाई बाढीको जोखिमबाट बचाउनुपर्ने दायित्व भएको र आफ्नो दृष्टिकोणमा कुनै अलमल नभएकोले भारत ठोस प्रस्तावका साथ आउनु स्वाभाविक हो । तर, भारत व्यग्र छ भनी हामी भाउ खोजी बस्नु आफ्नो हितमा छ कि छैन विश्लेषण गर्नैपर्ने विषय हो । आयु सकिएको कोशी बाँध भत्काउनुपर्ने स्थिति आयो भने भारतले आफ्नो क्षेत्रमा तटबन्ध गरी बाढी व्यवस्थापन गर्न केही न केही त गर्ला, ऊ सक्षम पनि छ तर महेन्द्र राजमार्गको मुख्य पुल नै सकिएपछि नेपालको त ‘लाइफ लाइन’ नै भत्किन्छ । यसप्रति हामी कति सम्वेदनशील छौं, हामीचाहिँ व्यग्र हुनुपर्ने हो कि होइन ? तर त्यसप्रति हामी यथेष्ट सम्वेदनशील देखिएका छैनौं । कोशी सम्झौतामा राष्ट्रियता माथिको अतिक्रमण देख्ने आँखाहरूले अब बाँध माथि सारिने, नेपालले बिजुलीको रोयल्टी पाउने, पूर्व झापादेखि पर्साको ठोरीसम्मलाई पूरा सिंचाइको पानी तथा त्यस बीचका शहरहरू र उपयोगहरूलाई जल आपूर्ति गरेर बाँकी पानी भारत लिएर जाने प्रस्तावलाई कस्तो देख्ने हुन् प्रतिक्षाको विषय छ । तर, यस परियोजनाका तथ्य र सत्यहरूलाई जनसाधारणसम्म प्रचार गरी जनतालाई सुसूचित गराई सकारात्मक सोच दिन चाहिँ नेपाली पक्षले सकिरहेको छैन । यसले पनि हामीहरू आफ्नै लाइफ लाइनप्रति असंवेदनशील भएको प्रमाणित हुन्छ । तथ्यहरूका आधारमा नेपालले लिनुपर्ने नीतिहरूका बारेमा यस लेखमा चर्चा गर्ने कोसिस गरिनेछ ।
प्राविधिक तथ्यांकका आधारमा कोशी उच्चबाँध–
मेरो गतहप्ताको लेखमा कोशी उच्चबाँधबाट पूर्वतर्फ लगिने नहरलाई महानन्द नदीसँग जोड्नेसम्मको प्रस्तावको चर्चा गरियो । समग्रमा धनकुटा जिल्लाको आहाले, छिन्ताङ, सुनसरीको विष्णु पादुका र उदयपुरको मैनामैनीबीचमा बन्ने उक्त बाँधलाई दुईवटा विकल्पमा सोचिएको छ । एउटा २६९ मि. अग्लो र अर्को ३३५ मि. अग्लो । पहिलो विकल्पमा यसमा ९.१३ अर्ब क्युविक मिटर पानी सञ्चयन हुनेछ भने दोस्रो विकल्पमा ११.७ अर्ब क्युविक मिटर । दोस्रो विकल्पमा गएमा यो संसारकै सबैभन्दा अग्लो बाँध रोगुनबाँधबराबरको हुनेछ । कोशी नदीको औषत बहाव २१६६ क्युमेक्स छ अर्थात् एकमिटर गहिरो एक मिटर चौडा कुलो बनाउने हो भने एक सेकेन्डमा बग्ने पानीले त्यो कुलो २१६६ मिटर लामो हुनेछ । यसको अधिकतम बहाव २४२०० क्युमेक्समम्म रेकर्ड गरिएको छ । औषत बहावबाट गणित गर्दा ३३५ मिटर अग्लो बाँध भरिन कोशीलाई ६३ दिन लाग्दछ अर्थात् ६३ दिन कोशीलाई सुकाउँदा बल्ल बाँध भरिने छ । अधिकतम अवस्थामा बग्दा पनि ६ दिन लाग्नेछ । वर्षायाममा आधा पानी छाडेर भर्न थालियो भने पनि करिब एक महिनामा सरोवर भरिने छ ।
सामान्यतया बाढीको याममा कोशी नदीमा १५०००÷१६००० क्युमेक्स पानी बग्ने गर्दछ । यो मात्राको जलस्तर खतरापूर्ण हो । कोशी उच्चबाँध निर्माण भएमा र हिउँदमा कोशी सरोवरको जल सञ्चयन आधा भएमा २४०० क्युमेक्स पानी दुईतर्फका नहरहरूमा छाडेर कोशीको बहावलाई १०,००० क्युमेक्सको अवस्थामा राख्ने हो भने सञ्चयनका लागि ४००० क्युमेक्स अधिरिक्त पानी उपलब्ध हुनेछ । यसका आधारमा सरोवर पूरा भरिनका लागि १७ दिन लाग्नेछ । कोशीमा लगातार १७ दिनसम्म यति ठूलो जलस्तरका साथ बाढी आउने सम्भावना नै हुँदैन । यसकारण यो बाँधको निर्माणले कोशीमा बाढीको भय भने पूर्णरूपेण समाप्त हुनेछ ।
– यसबाट ३३०० मेवासम्म विद्युत् निस्कने छ ।
– यसको पूर्वतर्फको कोशी–मेची महानन्द लिंक नहर ११२.५५ किमि लामो नहर हुनेछ । यसतर्फ १४०८ क्युमेक्स पानी लगिनेछ । जसमध्ये ९८ क्युमेक्स महानन्दमा मिसाइने छ, बाँकी पानीमध्ये २८ क्युमेक्स मेचीको बहाव बढाउन प्रयोग गरिनेछ । अरू पानीलाई १.७५ लाख हेक्टर नेपालको भूमि सिंचाइ गरिने छ भने ३ लाख हेक्टर भारतीय
(विहार)को भूमिलाई सिंचाइ सुविधा उपलब्ध हुनेछ साथै यसबीचका उद्योग र शहरहरूलाई पनि आपूर्ति गरिनेछ । यसको रुट शिवालिंग पर्वतको फेंदबाट हुनेछ ।
– पश्चिमतर्फको नहरलाई कोशी घागरा लिंक नहर बनाइने छ । ४२९ किमि लामो यो नहरतर्फ १०२१ क्युमेक्स पानी छाडिने छ भने अन्तिममा घागराको सहायक नदी गौरामा मिसाइँदा ६७ क्युमेक्स हुनेछ । यसको रुट त्रियुगा हुँदै शिवालिंग पर्वतको फेंदैफेंद कमला, बागमती नदी हुँदै ठोरी (पर्साबाट) भारत पसी गण्डक पार गराई राप्ती, सरयूलाई समेत तराएर गौरा नदी पु¥याइने छ । यसबाट नेपालतर्फ १.७५ लाख हेक्टर, विहारमा ८.१७ हेक्टर र उत्तरप्रदेशमा ०.६७ लाख हेक्टर भूमिलाई सिंचाइ सुविधा प्राप्त हुनेछ ।
यसले कति डुबान होला ?
यस परियोजनाबाट सबैभन्दा बढी डुबानमा पर्ने जिल्ला हो धनकुटा । यसले धनकुटा जिल्लाका लगभग ७० प्रतिशत खोलाखेत डुबानमा पर्नेछ । तमोरको गड्तिरतर्फ आहालेको ताम्राङ (३५०मि) छित्ताङको सिम्ले (२०० मि) मूलघाट, साप्तेनटार (३५०मि) देखि लिएर हंसमोरङ (२९० मि) भैंसे
(३७० मि) र लामीबगर पाँचथर मौवासम्म पूरा सरोबर बन्ने छ । यसले समुद्र सतहदेखि ४८०–५०० मि.उचाइसम्मका भूभाग डुबाउने छ । तमोरका हरेक सहायक खोलाहरूमा १ किमिदेखि ३ किमिसम्मका सरोवरहरू बन्नेछन् ।
अरुणको गड्तिर क्षेत्र पनि त्यस्तै हुनेछ । छिन्ताङको अरुण क्षेत्रका बेसीहरूदेखि लिएर लेगुवा बेल्टारसम्मका सबै खेतहरू डुब्नेछन् र हरेक सहायक खोलामा भोजपुर र धनकुटा दुवैतर्फ ३ किमिसम्मका सरोवरहरू बन्नेछन् । सुनकोशीतर्फ पनि खोटाङको बतासे र उदयपुरको आँपटारसम्मका गड्तिरका बस्तीहरू र खेतहरू डुब्नेछन् ।
तर, यति धेरै डुबान भए पनि कोशी उच्चबाँध यस्ता ठूला बाँधहरूमध्ये सबैभन्दा कम जनसंख्या विस्थापन गर्ने परियोजना हुनेछ । माथिका तथ्यहरूका आधारमा कोशी उच्चबाँधलाई जस्तो र जत्रो सोचेका छौं हामीहरूले त्यो भन्दा अत्यन्त विशालकाय हुनेछ यो बाँध । यो दक्षिण एसियामा मात्र नभएर संसारमै एउटा चामत्कारिक उदाहरण बन्ने छ ।
संसारका ३०० मि. भन्दा अग्ला बाँधहरू
१. रोगुन ताजिकिस्तान ३३५ मि.
२. कोशी नेपाल ३३५ मि.
३. पञ्चेश्वर नेपाल ३१५ मि.
३. न्यूरेक ताजिकिस्तान ३१४ मि.
४. सुङजिङयाङकु चीन ३१२ मि.
५. जिनपिङ्ग चीन ३०५ मि.
६. श्रीशैलम भारत ३०० मि.
दक्षिण एसियाका ठूला बाँधहरू
(सञ्चयनमा)
१. चिसापानी (१०८०० मेवा) नेपाल ६.२ अर्ब क्यू मि.
२. टर्बेला पाकिस्तान १३.७ अर्ब क्यू मि.
३. कोशी (३३०० मेवा) नेपाल ११.७ अर्ब क्यू मि.
४. नागर्जुन सागर भारत ११.५ अर्ब क्यू मि.
५. पञ्चेश्वर (६४००) नेपाल ६ अर्ब क्यूमि
६. तेहरी (२४०० मेवा) भारत २.६ अर्ब क्यू मि.

Koshi High dam
अरुणकुमार सुवेदी
नेपाल-भारत सम्बन्धको बलबुतामा मात्र सम्भव हुने कोशी उच्च बाँधका बारेमा लेखिरहँदा एकजना भारतीय कनिष्ट कुटनीतिज्ञको नेपाली राजनीतिमाथि गरिएको टिप्पणीले नेपालमा सघन तरंगहरू पैदा भएका छन् । यसले आमनेपालीमाथि सकारात्मक सन्देश गएको छैन । नेपालको आन्तरिक राजनीतिमा भारतसँगको सम्बन्धलाई लिएर सधैं नकारात्मक प्रचार गरी आफूलाई राजनीतिक रूपले सवल बनाउने राजनीतिक शक्तिहरूलाई यसले अरू एउटा राम्रो मौका दिएको छ । यस्ता परिघटनाहरूले नेपाल भारतको सहकार्य, समझदारी र विश्वासमा विकास गर्नुपर्ने कोशी उच्चबाँध, महाकाली पञ्चेश्वर, कर्णाली चिसापानी जस्ता परियोजनाको भविष्यमा पनि गम्भीर असर पर्न सक्दछ । तर, नेपालको बुद्धिमानी एकजना कनिष्ट कुटनीतिज्ञको उत्ताउलो टिप्पणीका आधारमा मात्र भारतसँगको अपरिहार्य सम्बन्धलाई असर पार्ने किसिमका प्रतिक्रिया र क्रियाकलाप नगर्नुमै हुन्छ । यसकारण कोशी उच्च बाँध जस्ता परियोजनाहरू यथावत् छिटोभन्दा छिटो अगाडि बढाउनुमै नेपालको भलो छ । माधुरी दीक्षित र ऋतिक रोशन प्रकरण जस्तो अनावश्यक प्रतिक्रियात्मक अवस्था यसले ल्याउनेछैन भन्ने मेरो अपेक्षा छ ।
पुनः प्रसंगमै फिरौं । कोशी उच्च बाँध यदि अगाडि बढाइएमा जो स्वयं नेपालकै लागि पनि अपरिहार्य छ । केही रोचक अवस्थाहरू निर्माण हुनेछन् । यस अंकमा यस्तै अवस्थाहरूको उल्लेख गर्ने कोशिष गरेको छु । १. धरान-धनकुटा सडकमा मूलधारमा तमोर तर्नुपर्छ । सबैलाई थाहा भएकै कुरा हो । यदि कोशी बाँध बनाइएमा या त बाटोलाई माथिबाटै लेउती खोला तारी बुढी मोरङ हुँदै तमोर तार्नु पर्नेहुन्छ या त सिंसुवा फेरीदेखि बेलाहारको भित्तासम्म पानीभित्र सुरुङ बनाउनुपर्ने हुन्छ । पहिलो अवस्थामा १.५ कि.मि.लामो पुल बनाउनुपर्ने हुन्छ जसको बीचको खम्बा १ सय ५० मिटरभन्दा अग्लो हुनेछ । यो आफैंमा इञ्जिनियरिङ करिस्मा हुनेछ । यदि दोस्रो अवस्थामा सडक निर्माण गरे लगभग ५ किमिभन्दा लामो, त्यसमा पनि घुम्तीहरू भएको सुरुङ हुनेछ । पानीभित्र अर्थात् सरोवरभित्रको सुरुङ आफैंमा इञ्जिनियरिङ पर्यटन र सामान्य पर्यटकको विषय बन्नेछ । ठीकै यस्तै अवस्थामा अरुण नदीमा पनि हुनेछ । या त धनकुटाबाट जरायोटार भोजपुरसम्म ४-५ किमि लामो पुल १ सय ५० मिटरभन्दा बढीका खम्बा हाली बनाउनुपर्ने हुन्छ । या त तमोरमा भन्दा लामो सुरुङ माङमावा खोलादेखि जरायोटारसम्म बनाउनुपर्ने हुन्छ । यी दुवै अवस्थामा यो पनि इञ्जिनियरिङ चमत्कार हुनेछ ।
डुबान क्षेत्रमा परेका ठाउँबाट एक अर्को स्थानमा जान सडक यतायाताको स्थानमा 'फेरी' र 'मोटरबोट'हरू चल्नेछन् । पाँचथरको मौवा, आङ्ना क्षेत्र, धनकुटाको कुरुले मुडेवास क्षेत्र र तेह्रथुमको छत्थर पोखरी क्षेत्रका मानिस तमोर सरोवर आई 'फेरी' चढेर बराह क्षेत्र हुँदै धरान, उदयपुर, भोजपुर र शंखुवासभातिर जान सक्नेछन् । मूलघाट र लेगुवामा पुल बनाइए फेरीहरू पुलमुनिबाट पार हुनुपर्नेछ । जसको कारणले पनि पुलहरू विशालका हुनुपर्नेछ, यदि पानी सुरुङ बनाइए सुरुङमाथिबाट फेरीहरू चल्नेछन् । यी दुवै अवस्था आफैंमा रोमाञ्चक हुनेछन् ।
३. यो कोशी सरोवर त्रिशुल आकारको हुनेछ । अरुण, सुनकोशी र तमोर सरोवरहरू त्रिशुलीका एक/एक शुलझैं देखिनेछन् । यो पूरा क्षेत्र सरोवरमय हुनाले नयाँ पर्यावरण चक्रको सुरुआत हुनेछ । यस क्षेत्रका मानिसको जीवनशैली पूरा रूपान्तरित हुनेछ । कृषिमा आधारित जीवनशैली सरोवर सम्पदामा आधारित हुनेछ । हरेक गाउँका सरोवरतटमा होटल र रिसोर्टहरू हुनेछन् भने मत्स्यपालनको विकास हुनेछ । भेडेटार, छिन्ताङ चौदण्डी जस्ता स्थानमा स्टार होटल खुल्नेछन् र पर्यटन व्यवसाय मुख्य व्यवसायको रूपमा हुनेछ ।
४. नेपाललाई जलमार्गको सुविधा प्राप्त हुनेछ । बंगालको हल्दिया सुवर्ण्र्ााखा हुँदै जहाजहरू गंगा, महानन्द नदी भएर कोशीको पर्ूर्वी नहर हुँदै चतरासम्म आइपुग्नेछन् ।
५. कोशी उच्च बाँध संसारमै सबैभन्दा कम जनसंख्या विस्थापित गरी बन्नेमध्ये एक हुनेछ ।
कोशी उच्च बाँधको 'मोडालिटी' - नेपाललाई के कति फाइदा हुन्छ, यस बाँधबाट भन्ने विश्लेषण गर्नुभन्दा अगाडि जल, ऊर्जा र बाढी नियन्त्रणमा भारतसँग कस्तो साझेदारी गर्ने भन्नेमा नेपाल प्र्रष्ट हुन जरुरी छ । आजसम्म नेपाल पक्षले कोशी उच्च बाँधको साझेदारी 'मोडालिटी' यस्तो हनर्ुपर्छ भनी र्सार्वजनिक गरेको भेटिएको छैन । गत हप्ताका समाचारहरूको जानकारीअनुसार यस बाँधका लागि वार्ता गर्न नेपाली टोली भारत भ्रमणमा जाने भएको छ । यस कारण पनि साझेदारीसम्बन्धी 'मोडालिटी' महत्वपूर्ण हुनसक्छ । यहाँ उल्लेख गरिएको 'मोडालिटी' कुनै सरकारी स्रोतबाट प्राप्त सूचनाका आधारमा लेखिएको होइन । अहिले नेपालमै चलिरहेका 'मोडालिटी' भारतमा अभ्यास गरिएका 'मोडालिटी'हरूका आधारमा तथ्य एवं तर्कहरू प्रस्तुत गरी एउटा 'मोडालिटी' तयार पार्ने कोशिष गरिएको छ ।
नेपालले केही ठूला परियोजनाहरू अरुण तेस्रो -९००मेवा) र उपल्लो कर्ण्ााली -९०० मेवा) लाई २१ प्रतिशतभन्दा माथि विद्युत् परिणाम नेपाललाई मुफ्तमा उपलब्ध गर्राई ३५ वर्षम्म 'बुट' मा चलाई हस्तान्तरण गर्ने सम्झौता भए भने चीनको थ्री गर्जेजसँग पश्चिम सेती -७०० मेवा) परियोजना एक मेवा पनि नलिई ३५ वर्षा लागि नै दिइयो । पहिलेका दर्ुइ परियोजनाहरू रन अफ रिभर र सरोवरवाला हुन् भने दोस्रो परियोजना मूलतः सरोवर प्रविधिको मात्र हो । अन्य साना तथा मझौला परियोजनाहरू सिधा 'बुट' समयसम्मका लागि पूरा उत्पादनको विद्युत् खरिद सम्झौता गरिएका छन् । भारतमा पनि अहिले 'बुट' प्रणालीद्वारा धेरै परियोजना निर्माणाधीन छन् । र्सार्वजनिक र निजी क्षेत्रको समेत ठूलो लगानी भएका यस्ता परियोजनाहरू अरुणाञ्चल, सिक्किम, उत्तराखण्ड, हिमाञ्चल र जम्मु कश्मीर प्रदेशहरूमा बढी केन्द्रित छन् । हालै मात्र अरुणाञ्चल सरकारले सम्झौता गरेका केही १००० मेवासम्मका परियोजनाहरूको हकमा सरकारले सम्पर्ूण्ा उत्पादन पर््रवर्द्धक कम्पनीकै स्वामित्वमा रहने गरी ३५ वर्षो 'बुट' सम्झौता गरेको छ । तर, बहुउद्देश्यीय परियोजनाहरू र नदी लिंकिङ परियोजनासँग सम्बन्धित बाँधहरूमा भने निजी लगानी भएका उदाहरण छैनन् । सबैमा सरकारी लगानी नै भएको छ । यिनै तथ्य र अभ्यासहरूका आधारमा कोशी उच्च बाँधमा भारतीय सरकारी लगानी ल्याई त्यसका उत्पादनहरूको साझेदारी गर्ने 'मोडालिटी' को परिकल्पना गरिएको छ । जसका लागि केही नीतिगत आधारमा नेपालले भारतलाई लगानीका लागि राजी गराउनुपर्ने हुन्छ ।
१. विद्युत्को हकमा ३५ वर्षम्म २५ प्रतिशत अर्थात् ८२५ मेवा विद्युत् निःशुुल्क नेपाललाई उपलब्ध गराउनुपर्नेछ । जसको क्रय सम्झौता पनि गर्नुपर्नेछ । यदि साढे ४ रुपैयाँका दरले प्रतियुनिटको क्रय सम्झौता भएमा यसबाट नेपाललाई प्रतिवर्ष३२.५ अर्ब राजस्व प्राप्त हुनेछ । यो भारत र नेपाल दुवैतर्फअभ्यासमा आइसकेको पनि छ ।
२.सिंचाइको हकमा पूर्वी नहरतर्फ नेपाललाई १.७५ हेक्टर र पश्चिम नहरबाट १.७४ लाख हेक्टर गरी ३.५ लाख हेक्टर जमिनमा सिंचाइ सुविधा प्राप्त हुनेछ । भारततर्फ पूर्वी नहरले २.९९ लाख हेक्टर र पश्चिम नहरतर्फाट ८.८४ लाख हेक्टर गरी लगभग १२ लाख हेक्टर जग्गामा सिंचाइ सुविधा प्राप्त हुनेछ । नेपाललाई ३० प्रतिशत र भारतलाई ७० प्रतिशत हिस्सा सिंचाइ हुनेछ । सिंचाइतर्फ५ प्रतिशत बढी नेपाललाई प्राप्त हुने र औद्योगिक तथा घरायसी प्रयोजनका लागि ७ लाख साठी हजार क्युबिक मिटर नेपाललाई प्राप्त हुने हुँदा ४० वर्षम्म सिंचाइ निःशुल्क उपलब्ध हुनेगरी त्यसपछि मात्र पानीको मूल्य निर्धारण गरी भारतबाट राजस्व प्राप्त गर्ने गरी शर्त राख्नुपर्ने हुन्छ ।
३. जल यातायाततर्फभारतलाई पनि उसको उत्तर-पूर्वतर्फ अर्थात् 'चिकेन नेक' को सैन्य सुदृढीकरणमा जल यातायातले ठूलो सामरिक महत्व राख्दछ । यस कारण बाँधको आयु रहुञ्जेलसम्म एकअर्कालाई निःशुल्क उपयोग गर्न दिने ।
४.बाढी नियन्त्रण मानवीय पक्ष पनि हो । यसले नेपालको तर्राई क्षेत्र र भारतको बिहारमा ठूलो जनसंख्यालाई बचाउँछ । यसको पनि व्यापारिक हिसाब नगर्ने ।
५.बाँध, पावरहाउस र प्रसारण लाइनको सुरक्षा अर्को महत्वपूर्ण र सम्बेदनशील विषय हो । फेरि भारतको संलग्नता हुनासथा अन्तर्राष्ट्रिय आतंकवादको जोखिम झन् बढेर आउँछ । नेपालका विभिन्न राजनीतिक शक्तिहरूको भारतप्रतिको दृष्टिकोण अलग/अलग भएबाट पनि बाँधको सुरक्षाप्रति भारत आश्वस्त नहुनु स्वाभाविक हो । यस कारण भारतलाई समेत आश्वस्त पार्न उक्त बाँधको सुरक्षा भारतीय गोर्खा रेजिमेन्टलाई दिनु राम्रो हुनेछ । गोर्खा भर्तीसम्बन्धी सम्झौतामा पनि गोर्खाली सेना नेपालको सुरक्षाका लागि प्रयोग गर्न सकिने प्रावधान छ । यस कारण यो र्सवाधिक महत्वको अव्यक्त विषयको पनि समाधान हुनेछ । क्रमशः

koshi dam
अरुणकुमार सुवेदी
केही अंक अगाडिदेखि भारतको राष्ट्रिय नदी लिंंकिङ परियोजना, त्यससँग नेपालको सम्बन्ध र नेपालको त्यससम्बन्धी लिनुपर्ने नीतिहरू तथा त्यस सञ्जालमा पर्ने नेपाली नदीहरूको बारेमा लेख्दै आएको छु । यसै क्रममा कोशी उच्चबाँधसम्बन्धी लेख गत दुई हप्तामा लेखिएन । यस अंकमा पनि कोशी उच्चबाँध सम्बन्धमा नै लेख केन्द्रित रहनेछ । तर, यी दुई हप्तामा नेपालको राजनीतिमा यति घिनलाग्दो, डरलाग्दो र उदेकलाग्दो परिघटना घट्यो कि एउटा संवेदनशील नागरिक भएकाले त्यसप्रति अलिकति पनि नलेखी बस्ने धैर्यता नै भएन । यस्तो किसिमले मुलुक जलिरहेका बखत एकोहोरो रूपमा रिभर लिंकिङ र नेपाली नदीहरूका बारेमा लेखिरहँदा वर्तमान वातावरणमा अप्रासांगिक र निरपेक्ष जस्तो हुनपुग्यो । यसर्थ अहिले उदेकलाग्दो राजनीतिक वातावरण गाउँ÷शहरका डरलाग्दा परिस्थिति र एउटा सन्देनशील नागरिकका लागि दुःखलाग्दो अवस्थाका कारणहरूका अन्तर्वस्तुमा संक्षेपमा जाने जमर्को गरेको छु ।
संसारमा नै यस्ता विपद्पूर्ण विवाद र राजनीतिक दुर्गति भोग्ने राष्ट्रहरूको सूची तयार गर्ने हो भने आर्थिक प्रगति गर्न नसकेको गरिब राष्ट्रहरू वा प्रजातान्त्रिक अधिकार कुण्ठित गरिएका सर्वसत्तावाद राष्ट्रहरू मात्र त्यस सूचीमा पर्दछन् । बढी अशिक्षित र धर्मभीरु, राष्ट्रहरू पनि त्यस सूचीमा पर्दछन् । तर, नेपालको उदार प्रजातान्त्रिक अवस्थामा राष्ट्र प्रदेश गरी राम्ररी प्रजातान्त्रिक अभ्यास गरिरहेकै बेला विद्रोहको सामना गर्नुपथ्र्यो र त्यस विद्रोहलाई समायोजन गरेपश्चात् झन मुलुकको स्थिति दुर्गतितर्फ लाग्यो । आज मुलुक जातीय र क्षेत्रीय द्वन्द्वमा फसिसकेको अभ्यास भएको छ । आखिर यो परिणति किन आयो । कसरी लाखौं युवाहरू दिनहुँ सडकमा विना कुनै संकोच निस्किरहेका छन् । सडक हेर्दा लाग्दछ ८० प्रतिशत युवाहरूको इलम नै सडकमा नाराबाजी गर्नु हो । प्रौढ र पुरातन भनिएको पीडित जात र धर्म निरपेक्ष हुनसक्थ्यो तर आजको साइवर पीडित अझ एक कदम अगाडि गई राष्ट्रसमेत निरपेक्ष भइसक्दा पनि साम्प्रदायिक भड्काउमा फिरिरहेछ ? यो पेचिलो प्रश्नको उत्तर खोज्नैपर्ने हुन्छ । जतिखेर माओवादीहरू जंगलबाट विद्रोह गरिरहेका थिए त्यस बखत एकजना मेरा जर्मन मित्रले मलाई सोधे, ‘एउटा उदार प्रजातान्त्रिक मुलुकमा यति छोटो समयमा विद्रोही कम्युनिस्टहरूले यत्रो शक्ति कसरी आर्जन गर्न सक्छन् ?’ यो राजनीति शास्त्र र समाजशास्त्रले व्याख्या गर्न नसक्ने विषय हो जस्तो लाग्छ । उनको यो पे्ररक प्रश्न धेरै प्रसंगमा मैले उठाउने गरेको छु । आखिर एउटा किशोर÷किशोरी खाउँ÷खाउँ, लाउँ÷लाउँ गर्ने उमेरमा, जीवन सबैभन्दा प्रिय र रमाइलो हुने कालमा किन जीवनकै जोखिम उठाएर मार्न र मर्न तयार भएर जंगल फस्न पुग्यो ? २०४६ सालपश्चात्का नीति अभियन्ताहरूले सबैभन्दा बढी ध्यान दिनुपर्ने प्रश्न आज पनि यही हो भन्ने लाग्छ । यी प्रश्नहरूको उत्तर खोज्दै जाने क्रममा अन्ततः आर्थिक, सामाजिक कारणमा नै हामी पुग्नुपर्ने हुन्छ । आर्थिक रूपले सम्पन्न र सबैसँग समान हक पाएको एउटा व्यक्तिले कहिल्यै विद्रोह गर्दैन । यो सब कोहीले बुझ्ने कुरा हो । सबै नागरिक समान हुन् भन्ने प्रजातन्त्रको शाश्वत मान्यताबाट शासन गर्ने प्रजातान्त्रिक शक्तिहरूले सबैलाई समृद्धि त परै जाओस् सामान्य जीवनयापनको वातावरण पनि तयार पार्न सकेनन् । मुलुकको आर्थिक, सामाजिक रूपान्तरणको स्वप्नशीलता तिनीहरू खास गरिकन नेपाली कांगे्रससँग भएन । परिणाम स्वरूप विगतदेखि आजसम्मका दिनहरू देख्नुप¥यो । त्यही तिनीहरूको दुष्परिणाम स्वरूपको विद्रोहकारी मनोविज्ञानलाई माओवादीले राम्ररी उपयोग गर्न सक्यो । तर, आज त्यही विद्रोही शक्ति सत्तासिन छ तर ती विद्रोहका कारण बनेका नीतिहरू र आर्थिक विकास नहुनु नेतृत्वमा स्वप्नशीलता नहुनु जस्ता कारणहरू यथावत् छन् । अर्थात् विद्रोहको नेतृत्व गर्ने शक्तिको पलायन भयो र विद्रोहका कारणहरू झन् दर्बिला भएर आए । जसको परिणाम नेपाल बहुआयामिक द्वन्द्वमा फस्दै गएको छ । युवाहरू जातीयता र साम्प्रदायिकता वा क्षेत्रीयतामा बहकिन थालेका छन् । संक्षेपमा आउँदा दिनहरू झन् कष्टकर र भयावहपूर्ण हुन सक्छन् ।
यी समस्याहरू भए । यिनीहरूको निराकरण एउटा स्वप्नशील नेतृत्वले आफ्ना सपनाहरूका आधारमा तीव्र आर्थिक विकास गरेर मात्र गर्नसक्छ । यस्तै धेरै सपनाहर मध्ये कोशी उच्चबाँध पनि एक हुनसक्छ । म राष्ट्रलाई नेतृत्व गर्ने सम्भावना भएको स्वप्नशील नेता होइन । एकदम सामान्य चेतनशील नागरिक मात्र हुँ । तथापि मलाई सपना देख्ने लत बसेको छ । यसकारण कोशी उच्चबाँधसँग सम्बन्धित पनि मेरा मिठा सपनाहरू छन् । यी सपनाले नीति र विधि बनाई राज्यलाई नेतृत्व गर्ने सम्भावना भएकाहरूलाई कुनै प्रभाव पार्छ भन्ने पनि मलाई आशा छैन । त्यस परियोजनाको प्रतिफल स्वरूप सुखद भविष्यको संभावना भएका त्यस क्षेत्रका नागरिकहरूलाई पनि यसले कुनै प्रभाव पार्ला भन्ने मलाई लाग्दैन । तथापि म, भावनावश वा स्वान्तसुखाय यी सपनाहरू लेखिरहेछु वा पोखिरहेछु । कुनै नेतृत्व तहको व्यक्तिले कुनै दिन देख्न अवश्य सक्नेछ भन्ने आश भने छ ।
यो विशालतम सरोवरको नाम कोशी किरातेश्वर सरोवर राख्ने सपना छ मेरो । जसको बाँधको पर्खालबाट बनेको सडकमाथि भगवान् शंकरको विशालकाय मूर्ति बनाई त्यही मूर्ति भित्रबाट केवलकारहरू बनाउने सपना छ ।
– एउटा केवलकार चतराबन्दरगाह (पोर्ट) कोशी हुँदै टप्पु आरक्षण क्षेत्रको पर्यटनसमेतका लागि महेन्द्र नगरसम्म पुग्नेछ । अर्को केवलकार छिन्ताङ डाँडा हुँदै छिन्ताङ मन्दिरसम्म पुग्नेछ । छिन्ताङ डाँडामा पर्यटकीय होटलहरू हुनेछन् । महेन्द्रनगर पनि पर्यटकीय वासस्थान हुनेछ ।
– चतराबाँधदेखि उदयपुरको घुर्मीसम्म ड्रिम यातायात चल्नेछ ।
– तीनैवटा सरोवरका सहायक खोलाहरूका किनारमा रिसोर्ट तथा होटलहरू यत्रतत्र हुनेछन् ।
– तीनैवटा सरोवर क्षेत्रमा फेरीहरू र मोटरबोटहरूबाट जल यातायात सेवाहरू सञ्चालन हुनेछन् ।
– पर्यटनलाई आधारित कृषि तथा पशुपालन व्यवसायहरू सञ्चालनमा आउनेछन् ।
– किनार क्षेत्रमा केजहरू राखी मत्स्यपालन व्यवसायहरू चल्नेछन् ।
– जलगर्भ यात्रादेखि लिएर हिमाली क्षेत्रको दृश्यावलोकन, बराहक्षेत्र, छिन्ताङ देवी र हलेसी महादेवसम्मको धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ ।
यस परियोजनाको विकासपछिका मेरा सपनाका केही व्यक्तिहरू छन्–
१. शेरहाङ लावती, शेरहाङ मौवा पाँचथर होटल व्यवसायी हुन् । मौवा लामी बगरमा उनको चारतारे होटल छ । चतराबाट आएका फेरीहरूको अन्तिम बिसौनी र तमोर एवं कावेली क्षेत्रका विद्युत परियोजनाहरू र जनसंख्या क्षेत्रमा जाने केवल वे हरूको अन्तिम बिसौनीको संगम स्थल हो लामीमगर । यस कारण उनको होटल असाध्यै चल्दछ । आज कोशी किरातेश्वर सागर क्षेत्र होटल एसोसिएसनको साधारणसभा छ, उदयपुरको घुर्मीमा उदयपुर घुर्मीको पाँचतारे होटलमा हुने साधारणसभाको उद्घाटन प्रधानमन्त्रीले गर्दैछन् । उनी बिहानै उठेर तयार भए । अफ्नो निजी मोटरबोट लिएर उदयपुरतर्फ लागे उनलाई आँपटारमा मोटरबोट छाडी ट्राम चढेर १ बजे घुर्मी पुग्नुछ । आफ्नो ल्यापटपबाटै अनलाइन रही होटलको व्यवस्थापन र सञ्चालन गर्दै आजको साधारणसभामा पेस गरिने कोषाध्यक्षको प्रतिवेदन पनि यही समयमा अन्तिम रूप दिइसक्नुपर्ने छ । आज उनलाई निकै ठूलो बोझ छ ।
२. नन्दन गच्छदार महेन्द्रनगरका ट्राभेल एन्ड टुर्स चलाउने व्यवसायी हुन् । आज उच्च इन्जिनियरहरू, अध्येताहरू फिजिक्स र वातारणका केही विज्ञहरूसहितको अध्ययन टोली दक्षिण अमेरिकी राष्ट्रहरूबाट आउँदैछ । त्यसलाई विराटनगर अन्तर्राष्ट्रिय विमानस्थलमा लिनलाई पुग्नु छ । उनी बिहानै उठी केवलकार चढी चतरा आउँछन् र चतराबाट रेल चढी विमानस्थल पुग्दछन् । तिनीहरूले बराह क्षेत्रबाट विभिन्न स्थानको जलगर्भ यात्रा गरी विभिन्न अध्ययन गर्ने छन् । यो परियोजनाको इञ्जिनियरिङ चमत्कारको अध्ययन गर्नेछन् । यो समूह नै यस वर्षको अन्तिम समूह हो उनको । यसको आयसहित यस पालिको टर्न ओभर रामै्र हुनेछ । उनी मनमनै हर्षित हुन्छन् र सपरिवार अफ्रिकाको जंगल सफारी जाने योजना बनाउँदै केवल वे स्टेसनतर्फ लाग्दछन् ।
३. रूप सिंह माझी मेरा सपनाका मत्स्यकिसान हुन् । खोकु बैंसीमा सप्तशरमा कार्यालय राखी उनी मत्स्यपालन गर्दछन् । खोकुदेखि जरायोटारसम्म उनका मत्स्य ‘केज’ हरू छन् । आफ्नो रेफ्रिजरेटर मोटरबोटहरूलाई वितरण गर्नपर्ने होटल र रेस्टुरेन्टहरूको सूची दिएर उनको आजको व्यापार सुरु भएको छ । पूरा सरोवर क्षेत्रका होटल र रेस्टुरेन्टहरूमा उनका माछा बिक्री हुन्छन् । यसपटकको उनको टर्नओभर ठूलै भयो । आफ्नो कम्पनीकी लेखा अधिकृत मैया सुन्चौरीलाई एक करोड त्रैमासिक कर भुक्तानीको चेक जारी गर्ने आदेश दिँदै अफ्नो घुम्ने कुर्सीमा एक चक्कर घुमेर पाइप सल्काउँछन् ।
४. उत्तम उपाध्याय चतरामा वधशाला सञ्चालन गर्दछन् । उनलाई रातको ३ बजेपछि फुर्सदै छैन । यत्रो पर्यटकीय सरोवर क्षेत्र, चतरा र धरानसम्म उनको नै एकछत्र व्यापार छ । उनले यसपटक मात्र ४ अर्बको कारोबार गरे । अफ्नो प्रमुख कार्यकारी अधिकृत लेखमान लुंगेलीलाई सबै जिम्मेवारी दिई उनी एक महिनाका लागि अस्टे«लिया यात्रामा सपरिवार जाँदैछन् ।
५. सुचिमा वान्तवा घडियाल र डलफिन किसान हुन् । उनका शौक नै अचम्मका छन् । हंसनपुर (भोजपुर) मा उनले ठूलो घडियाल फारम चलाएका छन् । घडियालको मासु मात्र उनले दुई अर्बभन्दा बढीको परिमाणमा चीनतर्फ निर्यात गरिन् यसपाली । यसको छाला भने इटलीतर्फ निर्यात गर्दछिन् । त्यति मात्र होइन यसको मासु त अंगअंगको अलग अलग मूल्य । यसको जिज्ञाशा राख्ने स्वदेशी पर्यटकलाई उनी व्याख्या गर्दछिन् । उनलाई आज अलि हतार छ । फलाटे रूपाटार (धनकुटा) को डल्फिन फारमको दृश्यावलोकन तथा डल्फिनसँग क्रीडा गर्ने उद्देश्यले रसियन पर्यटकहरूको टोलीलाई उनले स्वागत गर्नुपर्ने छ । यस कारण हतार हतार उनी आफ्नो निजी मोटरबोट लिई अरुण सरोवरतर्फ लागिन् ।
६. नेत्र तितुङ र विश्वेश्वर श्रेष्ठ यस क्षेत्रका नामी पर्यटक व्यवसायी साझेदारहरू हुन् । तीनैवटा सरोवरहरूमा फ्लोएटिङ होटल चलाउने ठेक्का यिनीहरूको छ वर्षांैदेखि । सफा पानीका सुन्दरसरोवरका बीच बीचमा तैरिएका होटलहरूमा रात बिताउन संसारभरिका मानिस आउने गर्दछन् । भारतका प्रमुख शहरका धनाढ्य तथा मध्यमवर्गकाहरूको ‘हनिमुन स्पट’ बनेका ती होटलहरूको त ख्याति नै अलग । यसपटकको टेन्डरमा कोशी किरातेश्वर सागर प्राधिकरणलाई रोयल्टी मात्र एक अर्ब दिने कबोल गरेका थिए उनीहरूले ।

Thursday, June 14, 2012
Ultimately ,CERN has become unable to find the Higg's boson as well can't prove the speed of NE neutrinos is higher thn d speed of light.I 'm firm to say that something exists beyond light which is having speed higher thn d light but our observation capacity is limited by the speed of light, so, try to observe the entity having speed higher thn light is futile ,Don't worry dear scientists associated in that project,it is clealy mentioned in eastern ancient philosophy plz go through it n try to understand Brahma
Friday, May 4, 2012
Saturday, March 31, 2012
Omni or multi craft of Ghatotkach
Ghatotkach is one of the major character in Mahabharata.After 14thday of war ,the war started at night also.In night war Ghatotkach was having omnikraft of 1800ft cuboid .The shape and size of the Omnicraft was changeable as desired by Ghatotkach.It was capable to fly in space,wheel in Earth ,float in sea and immersed in deep sea.Can we imagine such Omni or Multi craft at present,if so,how can we explain that?plz write.
Friday, March 30, 2012
Subscribe to:
Posts (Atom)