Tuesday, March 15, 2016

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

सेनापतिको भारत भ्रमण र मधेस आन्दोलनको पटाक्षेप

२०७२ फागुन ५ गते १७:१२ मा प्रकाशित
 0  4 
  0
अरुणकुमार सुवेदी
भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउका नवावी समाजवादीको आतिथ्य र मन्त्रणापछि नेपालमा मधेस आन्दोलन शुरु भएको कुरा कसैबाट छिपेको थिएन । आन्दोलनमा उठेका माग र भावनाप्रति धेरै कोणबाट समर्थन पनि जुट्न पुगेकै थियो ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
मधेसी नेताहरुको अभिव्यक्ति तराईको जनमनोविज्ञान तथा आन्दोलनको स्वरुप हेर्दा तुरुन्त नटुंगिने देखिन्थ्यो । तर, प्रधानमन्त्री भन्दा पहिले मित्रराष्ट्र भारतको आमन्त्रणमा दिल्ली पुगेका नेपाली प्रधानसेनापति सैनिक तथा राजनैतिक अधिकारीहरुसँग भेटघाटमा व्यस्त रहेका बखत मधेसी नेताहरुलाई पटनाबाट बोलावट आइपुग्छ । पटनाको लालु उपदेशपछि एकाएक मधेस आन्दोलनको अवतरण हुन पुग्छ । यो अनपेक्षित अवतरणपछिको रहस्य आज सर्वाधीक जिज्ञासाको विषय बनेको छ ।
मधेस आन्दोलनको पाश्र्व उद्देश्य
१. पश्चिमाहरुको दीर्घकालीन रणनीतिअन्र्तगत नेपालमा अराजकता निर्माण गरी राष्टसंघ मार्फत पश्चिमको उपस्थिति जनाउन महत्वपूर्ण औजारका रुपमा अहिलेको विवादास्पद संविधान लागु गराउने ।
२. चीनलाई घेर्ने रणनीतिअन्र्तगत भारतका सेकुलारिष्टसँग पश्चिमले सहकार्य गर्ने र मोदीलाई नेपाल मुद्दाबाटै बिहारको चुनाव हराई कमजोर बनाएर तीन चार वर्षपछिको आम निर्वाचनमा परास्त गर्ने ।
यी दुबै उद्देश्यका लागि भारतका सेकुलारिष्ट, पश्चिमाहरु र भारतिय खुफिया संस्था ‘रअ’ समेत सहकार्यमा रहेको कुरा यथेष्ट चर्चामा आइसकेको छ । अहिलेको सेकुलारिष्ट विभाजनकारी संविधान लागु गरेपछि उनीहरुको योजनाअनुसार नै तराईमा अराजकता र आन्दोलन बढ्दै गयो । तर, यसवीचमा एउटा अवस्था भने पाश्र्व निर्देशकहरुको अपेक्षा भन्दा बिल्कुल अलग किसिमले निर्माण हुन पुग्यो। नेपालका केही बुद्धिजिवी, विश्लेषकहरु (यो लेखक समेत) राष्ट्र बिघटनोन्मूख भएबाट अब अन्तिम शक्तिकारुपमा सेनाले सत्ता लिनुपर्छ भन्ने पक्षमा उभिन थाले भने जनमत पनि बिस्तारै त्यसै पक्षमा बन्न थाल्यो ।
नेपाली सञ्चार माध्यममा यस्ता विचारहरु आइरहदा सेनाले आफ्नो मुख्यालयमा अवकास प्राप्त केहि सैनिक उच्च अधिकारीहरु र बहालवाला अधिकारीहरुको सम्मेलन आयोजना गरी मार्शल मन्थन पनि गर्‍यो । मार्शल मन्थनपछिको शैनिक वक्तव्य पनि घुमाउरो किसिमले सेनाको सक्रियताको संकेत दिने प्रकारकै आएको हो । तर, नेपालजस्तो रणनीतिक अवस्थिति भएको राष्ट्रको राजनीतिक वा सत्ता परिवर्तनमा विश्व समुदाय र भारत तथा चीनको रवैया निर्णायक हुन जान्छ ।
पश्चिम र भारतका मोदी विरोधी सेकुलारिष्टहरुसँग नेपालका सबै राजनैतिक शक्तिहरुले भिन्न-भिन्न मोडेलमा सहकार्य गरिरहेको अवस्थाको विरुद्धमा सेनाले सत्तालिनु पर्ने खण्डमा चीन र भारतको केन्द्र सरकारसँग सेनाको कन्फिडेन्स नै निर्णायक कारण हुनु स्वाभाविक हो । सोका लागि सेनाले आफ्नो अन्तराष्ट्रिय सम्वन्धलाई मिहीनरुपमा उपयोग गर्न सुरु गरेका संकेत पनि आउन थालेका थिए ।
मोदीको ढिलाइ
नेपालमा बढ्दो अराजकता, धर्मान्तरणमार्फत खुकुलिँदो सास्कृतिक राष्ट्रियता र बढ्दो भारत विरोधी भावनावीच कुनै पनि बेला राष्ट्र संघ मिसनमार्फत पश्चिमाहरुको उपस्थितिको सम्भावना बढ्न थालेको सूचनाले मोदी ठूलो सकसमा पर्न थाले । यो अवस्थाप्रति निकै असन्तुष्ट रहेको चीनबाट पनि मोदीलाई नेपाल व्यवस्थापन गर्न नसकेकोमा ठूलो दबाव पर्नु स्वभाविक थियो ।
चीन स्वयमलाई पनि नेपाल खतराको स्थल बन्दै गएकोमा चीनले आफ्नो सरोकार देखाएकै हो । भारत नेपाल विवादका कारण उत्पन्न स्थितिले चीनमाथि अनावश्यक कुटनीतिक झण्झट थपियो भन्ने संकेत चीनको व्यवहारले दर्शाएकै हो । यस्तो अवस्थामा मोदीका लागि नेपालमा भरोसायोग्य राजनीतिक व्यक्ति मिलिरहेको थिएन । नेपालमा आफनो सानो मसिनो सहकर्मीसमेत नपाएका मोदीलाई अत्यन्त कम विकल्पहरु बाँकी थिए ।
नेपालको राजनीतिक अवस्थालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नु । मोदीको विवशता बुझ्न नेपालको सैनिक नेतृत्व सक्षम पनि भएको देखिन थाल्यो नेपाली सेना स्वयमनै सास्कृतिक राष्टियताको परम्परामा संगठित छ । यसकारण आपतकालिन उपायका रुपमा सेना अगाडि ल्याई मुलुकमा सल्किएको आगो निभाउन सक्ने सम्भावनालाई मोदीको सुसुप्त सर्मथन रहन सक्थ्यो । तर, मोदी त्यसका लागि तुरुन्त निर्णयमा पुग्न नसकेको देखियो सामान्यतया शिघ्र निर्णय गर्ने स्वभाव भएका मोदीले नेपालमा सैनिक सासनका पक्षमा निर्णय लिन हिच्किचाएको देखिन्छ ।
सायद नेपाली सेनाको इतिहासको केही घटनाहरुको प्रभाव र एउटा प्रजातान्त्रिक नेताको साखका कारणले उनमा त्यो अवस्था पैदा भएको हुन सक्छ । अराजकता र चरम तनावका वीच नेपाली सत्ता पक्षले लिएको उत्तेजक नीतिले कुनै पनि बखत ठूलो हिसांत्मक रुप ग्रहण गर्ने अवस्था लगभग आइसकेको थियो । यस्तो तरल अवस्थामा नेपालका प्रधान सेनापति दिल्ली पुग्नु केवल नियमित शिष्टाचार मात्र थिएन ।
अब भारतेली सेकुलारिष्ट र पश्चिमसँग पनि समय सकिँदै थियो तराईमा सेना परिचालन गरी द्वन्द्व भड्काउने नीतिलाई नेपाली सेनाले नै अश्विकार गरेर सेना अर्काे लाइनमा सकि्रय भइसकेको अवस्था बुझ्न गाह्रो थिएन । यस कारण मधेस आन्दोलन यथावत राख्नुको अर्थ सेना मार्फत अहिलेको संविधान निलम्वन हुने अवस्था निर्माण हुनु मात्रै नभएर नया राजनीतिक प्रकि्रयामा गणतन्त्र पनि धरापमा पर्न सक्ने सम्भावना स्पष्ट थियो ।
नेपालका प्रधान सेनापतिको दिल्ली भ्रमण त्यो पनि भारतको केन्द्र सरकारसँग नेपालको घोर तिक्तता भएका बखत, संकेत स्पष्ट थियो- अब मिनेटको ढिलाइ पनि उनीहरुका लागि जोखिमपूर्ण थियो ।
मोदीको एउटा निर्णयलेे सबै पासाहरु पल्टन सक्थे । यसर्थ रोकथामका लागि यसपटक सक्रिय बनाइए भारतीय राजनीतिमा अलग मौलिकताका व्यक्ति र मोदीका उग्र विरोधी लालु प्रसाद यादव ।
नेपाली मधेसी नेताहरु प्ाटना बोलाइए र अपमानजनक शारीरिक भाषाबीच मधेस आन्दोलनको अपमानपूर्ण विसर्जन गर्नैपर्ने वाध्यतामा मधेसी नेताहरु पुर्‍याइए । यसरी नेपाली राजनीतिमा आउन सक्ने यु टर्न को सम्भावनालाई रोकियो र मधेसी नेताहरु सेकुलारिज्म र संविधानका लागि बलीको बोका बनाइए ।
डिजाइन अरु खतरनाक छ
अहिले आएर मधेसका मूलप्रवाहका नेताहरु पूरै आवरुहीन भएका छन् । जनतामाथिको उनीहरुको पकड धरापमा परेको छ । तर, त्यसले ठूला दलहरुको पकड पनि बढेको छैन, घटेकै छ ।
स्पष्ट छ-अब तराईमा विखण्डनवादीको पकड दह्रो हुँदै जानेछ । नेपाललाई अस्थिर बनाउन र बिखण्डनमा पुर्‍याउने अवस्था विकसित भइरहेछ ।
तुरुन्त पश्चिमको उपस्थिति नभए पनि दीर्घकालीन अवस्था झनै खतरनाक हुने देखिन्छ । यसपछि विकसित हुने अवस्थाले पहाडमा पनि तीब्र अस्थिरता छाउनेछ ।
परिणामस्वरुप पहाडबाट क्षेत्री-बाहुनको सबैभन्दा बढी बसाइ-सराइ हुनेछ । यसको ठूलो हिस्सा युरोप अमेरिका र अष्टे्रलिया पनि पुग्नेछ । उच्चमध्यम र उच्च आर्थिक औकात भएका जनजातिहरुको बसाइ-सराइ पनि तीब्र हुनेछ । यसप्रकार बसाइ सरेको जनसंख्या या त केही जनसंख्या केन्द्रहरुमा या त विदेशमा नै पुग्ने छ । यो अवस्थालाई सांस्कृतिक अतिक्रमणबाट झन बढावा मिल्ने छ ।
तराईको अवस्था पनि पहाडी मधेसी द्वन्द्व र अराजकताले तीब्र बसाइँ सराइतर्फ नै उन्मूख हुनेछ । यो अवस्थाबाट मुक्त हुँदा तराई विभाजित भइसकेको हुनेछ भने पहाडको ग्रामीण क्षेत्रको आधाउधि जनसंख्या इसाइकरण भइसकेको हुनेछ ।
यो संविधान र अहिलेको अवस्था निरन्तर रहे यो परिणामका लागि तीन दशकको समय पनि लाग्ने छैन । यहाँसम्मको यात्राले लगभग कर्णाली नदीदेखि मेघना (बाराक ) नदी भारतसम्मको पहाडी भूभाग इसाइहरुको प्रभुत्वमा जानेछ ।
जुन जनसंख्या र जनमत भारत र चीनलाई व्यवस्थापन गर्न सबैभन्दा ठूलो हतियार हुनेछ । सम्भवतः यस समयसम्म यस क्षेत्रको राजनीतिक भूगोल परिवर्तन पनि हुन सक्नेछ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2016/02/389405/#sthash.1j6kBHNq.dpuf

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

कांग्रेसमा शशांक कोइरालाको नयाँ अवतार

एउटै लाइनका शेरबहादुर र शशांक किन दुई खेमामा ?

२०७२ फागुन २१ गते १८:०३ मा प्रकाशित
 4  7 
  0
अरुणकुमार सुवेदी
नेपाली कांग्रेसमा कोइराला परिवारको वर्चश्व र महत्व कहीँकसैबाट छिपेको छैन । यसप्रति विरोध र समर्थन पनि सुरुदेखि नै भई आएको छ । तर, आजको विषय भने यसतर्फ भन्दा पनि कोइराला परिवारका कान्छा भाइ शशांक कोइरालाको नयाँ अवतारका बारेमा केन्द्रित हुनेछ ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
बैचारिक रुपमा कोइराला परिवारभित्र समय-समयमा विवाद परेको र बढेको कुरा नेपाली कांग्रेसको इतिहासको सामान्य जानकारी हुने जोकोहीलाई थाहा छ ।
मात्रिका अवतार
विसं. २००८ सालमा सर्वप्रथम नेपाली कांगे्रसकै नेता पहिलो प्रधानमन्त्री भएका बखत तात्कालीन प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र वी.पी. कोइरालावीचको विवादले एक्लिएका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला नयाँ भूमिकामा देखापरे ।
कोइराला परिवार र नेपाली कांग्रेस पार्टीको साथ नपाएर एक्लिएका मात्रिकाबाबुलाई तात्कालीन राजा त्रिभुवन र तात्कालीन हिन्दुस्थानी प्रधानमन्त्री नेहरुको भने राम्रै साथ थियो भन्ने इतिहासले देखाउँछ । तर मात्रिकाबाबुको राजा र हिन्दुस्थानपरस्त अवतारले २००७ सालको क्रान्तिमा वहाँले खेलेको भूमिकाको समेत यथोचित मूल्यांकन र चर्चाबाट नै वञ्चित गर्‍यो । त्यसपछिका दिनहरुमा पनि मात्रिकाबाबुको राजनीतिक यात्रालाई सधैं संकटमा पार्‍यो ।
मात्रिकाबाबुको यो अवतार कांग्रेस, प्रजातन्त्र, कोइराला परिवार र वहा स्वयंलाईसमेत प्रत्युत्पादक भएको देखिन्छ ।
प्रकाश अवतार
कोइराला परिवारभित्र वीचवीचमा अरु पनि विवादहरु नआएका होइनन् । तर, कांग्रेस पार्टी र कोइराला परिवारको निर्णय विपरीत सबैभन्दा उल्लेख्य विद्रोहकारी अवतार देखियो ०४६/०४७ सालको जनआन्दोलनमा बीपी कोइरालाका ज्येष्ठ पुत्र प्रकाश कोइरालाको ।
Prakash Koirala-1नेपाली कांग्रेस, पूरा हिन्दुस्तान र पश्चिमाहरुसमेत एक खेमामा आएर चलाइएको जनआन्दोलनलाई कांग्रेसको मूल मान्यता विपरीत भनी वहाँले विरुद्धमा वक्तव्य दिनुभयो । वहाँको विरोधका बावजुद जनआन्दोलनले लक्षातीत उपलब्धि हासिल गर्‍यो र पञ्चायत ढल्यो ।
त्यसपछिका राजनीतिक क्रियाहरुमा प्रकाश कोइराला नेपाली कांग्रेसभित्र ‘एकोमोडेट’ त हुनुभयो, तर आफ्नो लाइन भने कहिल्यै परिवर्तन गर्नुभएन ।
कांग्रेसको मूल लाइनको विपरीत उभिएर पनि प्रकाश कोइराला केन्द्रीय सदस्य, सांसद, मन्त्री इत्यादि भइरहनुभयो । नेपालको प्रजातान्त्रिक आन्दोलन प्रक्रिया र राजावीचको तनाव पनि निरन्तर रहि नै रहयो । ज्ञानेन्द्रको मन्त्रिमण्डलमा सहभागी भएता पनि प्रकाश १३ महाधिशवेनसम्म नेपाली कांग्रेसको प्रतिनिधि बन्दै आएका छन् ।
गिरिजा अवतार
नेपालको प्रजातान्त्रिक प्रकिया, भारत, राजदरबार र पश्चिमको चाख द्वन्द्वलाई नेपाली कांग्रेसले समायोजन र सन्तुलन गर्न नसकिरहेका बेला गिरिजाप्रसाद कोइरालाको एकछत्र नेतृत्वमा नेपाली कांग्रेस पुग्यो ।
Girija-Prasad-Koiralaगिरिजाप्रसाद कोइरालाको एकोहोरो कार्यशैली, विषयको गाम्भीर्यतामाथिको मसिनो समझ र आत्मकेन्दि्रत एवं परपीडक सोचबीच नेपालमा अप्रत्याशित घटनाहरु हुन पुगेको इतिहास निकट समयकै हो ।
यसैवीच पछिल्लोपटक तात्कालीन महाराज ज्ञानेन्द्रले राज्यसत्ता लिँदा फेरि कोइराला परिवारमा प्रकाश कोइराला पुरानै आफ्नो लाइन अनुसार राजा ज्ञानेन्द्रको नेतृत्वको मन्त्रीपरिषदमा सहभागी हुनु पुग्नुभयो ।
अलिकति आफ्नै कुरा
मेरो ०४७ सालपछि कोइराला परिवारका सदस्यमध्ये प्रकाश कोइरालासँग नै सघन सम्वन्ध भयो । तथापि सप्तकोशी पारिको कांग्रेसी राजनीतिमा निवासको इशाराविना पात पनि नहल्लिने अवस्थामा निवासको ठुलै सदस्यसँगको सम्वन्ध आफ्नै करिअर राजनीतिमा पटक-पटक खग्रास ग्रहण बनेर आउला भन्ने मलाई लागेको थिएन । तर, मैले यो नियति भोगें ।
प्रकाश कोइरालासँगको सामीप्यसँगै उहाँले लिनुभएको लाइनप्रति समय-समयमा मेरो गम्भीर असहमति रहेको पनि हो । तर, त्यसले सम्वन्धलाई त्यस्तो असर पारेन । वहाँका कतिपय बानी व्यहोराबारे अतिरञ्जनापूर्ण दुश्प्रचार पनि भए ।
प्रकाश कोइराला पछिल्लोपटक जब राजा ज्ञानेन्द्रको ‘कु’सरकारको मन्त्री बन्नुभयो त्यसपछि केही दिन उहाँसँग मेरो सघन सम्वाद भयो । गतिलै संवैधानिक हैसियतमा आफ्नो नियुक्तिको प्रस्तावमाथि हामीबीच धेरै नै विमर्श भयो । धेरै लामा टेलिफोन वार्ता भए । अन्ततः उहाँको प्रस्ताव मैले स्वीकार गर्न सकिँन । मेरो अन्तिम निर्णयपछि उहाँले आफ्नो लाइनका बारेमा भनेका दुईवटा तर्क भने अहिलेको नेपालको स्थितिले मेरा निमित्त झन मननीय बनाइरहेछ-
पहिलो- महत्वपूर्ण कुरा, राजाले सत्तालिनु नलिनु हैन, यो कदम असफल हुने वा बनाइने सम्भावना प्रशस्त छ । तर, पनि यो राष्ट्रियतासँग प्रत्यक्ष सम्वन्धित विषय भएकाले मैले यस्तो निर्णय लिएको हँु । यो राजाको कदमको अन्त्यपछि नेपाल निकै ठूलो दुर्गतिमा फस्छ ।
र, दोस्रो- अब नेपाललाई साम्प्रदायिक र धार्मिक द्वन्द्वमा फसाइनेछ । र, नेपाल अत्यन्त कमजोर हुनेछ ।
यीबाहेक पनि उहाँले धेरै कुराहरु गर्नुभयो । तर, ती सबैका बावजुद मैले राजा ज्ञानेन्द्रको कदमको औचित्य पुष्टि गर्दै समर्थन जनाउन र सहभागिताको सम्भावनातर्फ सोच्न चाहिँन । त्यो ‘मौका’ को उपयोग नगरेकोमा मेरा निकटस्थहरुबाट म अहिले पनि यथेष्ट आलोचित छु ।
त्यसपछि नेपालको राजनीतिक घटनाक्रम कता गयो, सबैलाई थाहा छ ।
आश्चर्यको एउटा अवस्था
दिल्लीको बाह्रबुँदे सम्झौतापछि भएको आन्दोलनमा मेरो पनि सक्रिय सहभागिता थियो नै । आफ्नो कार्यस्थान हेटौडामा रहेर जे गर्न सक्थें गरि नै रहेको थिएँ । त्यसपछिको राजनैतिक परिवर्तन सामुन्नेमा छन् ।
मलाई त्यसबखत सर्वाधिक आश्चर्य भयो, जब तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाह्रबुँदे सहमतिमा नभएका तीन कुराहरु आफ्नो खल्तीबाट निकाल्दै दिन थाल्नुभयोः संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ।
कुनै जमानामा चुनाव जितेका आफ्नै नेताले विघटन गरेका र त्यो विघटन संविधानसम्मतः छ भनी सर्वोच्च अदालतले ठहर्‍याएका भूतपूर्व सांसदहरु र जंगलबाट आमन्त्रण गरी ल्याएका व्यक्तिहरु सम्मिलित एउटा संज्ञाविहीन सभाको गठन भयो राजाकै हुकुम प्रमाङ्गीबाट । र, त्यही सभाले उप्रान्त आउने भनिएको संविधानसभालाई तिनै तीन कुरालाई पूर्वशर्त बनाई निर्णयसमेत गर्‍यो ।
म आश्चर्यमा परेको थिएँ यी निर्णयहरु काँग्रेस सभापति र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरिरहनुभएको छ कि कुनै कथित कम्युनिष्ट नेताद्वारा यी निर्णयहरु भइरहेका छन् ?
समय आएको थियो, मैले आफ्नो ब्रह्मको आवाज सुनें । हरेक कोणबाट विश्लेशण गरेर कांग्रेस अर्थात गिरिजाप्रसाद कोइरालाको विरुद्धमा उभिएँ । यी कृत्यहरु भइरहँदा किसुनजी, शैलजा आचार्य, तारानाथ रानाभाट जस्ता धेरै व्यक्तिहरु यसको विरुद्धमा उभिइसक्नुभएको थियो । तर, त्यसले राजनीतिक प्रवाहलाई थोरै पनि प्रभाव पार्न सकेन ।
नेपालमा भइरहेका राजनीतिक घटनाक्रमप्रति भारतको तत्कालीन विपक्षीमात्र नभएर कांग्रेस आइकै केही उपल्ला नेताहरुसमेत असहमत देखिन्थे । तथापि गिरीजाप्रसाद कोइराला रोकिएनन् ।
यी सबै घटना भइरहँदा मेरो अडान र सोचबारे मैले आफैंलाई बारम्बार विश्लेषण गरें । तर, मेरो स्थिति राजतन्त्रलाई छाड्ने हो भने प्रकाश कोइरालाले लिनुभएकै अडान वा भन्नुभएको लाइनमा देखियो । यो आकस्मिकताले म स्वयम आश्चर्यमा थिएँ । र, लामो समयपछि प्रकाश कोइरालासँग सम्पर्क गरेर आफ्नो मनको कुरा बताएँ । तरल उहाँको राजतन्त्रबारेको लाइनमा म आझसम्म पनि आएको छैन । त्यसबारेमा मेरा आफ्ना तर्क र धारणाहरु छन्, जुन यहाँ उल्लेख गर्न सम्भव छैन ।
शशांकको नयाँ अवतार
पहिलो संविधानसभा स्खलनपछि दोस्रो संविधानसभा र नेपालको संविधान ०७२ सम्म आइपुग्दा नेपाली कांग्रेसमा प्रकाश कोइरालाको लाइनमा धेरै नेता-कार्यकर्ताहरु आइपुगेका छन् । तर, प्रकाश कोइराला कांग्रेसमा आइपुग्नुभएको छैन । म स्वयमले पनि कांग्रेस छाडें तिनै मुद्दाहरुका कारणले । अहिले कांग्रेसमा ठूलै खेमा त्यो लाइनमा छ ।
Shasank Koiralaधर्म निरपेक्षतामा संविधान निर्माण प्रक्रियामा चुँसम्म नगरेका बरिष्ट नेता शेरबहादुर देउवाले समेत यस अभियानको कद्दावर नेता खुमबहादुर खडकाको गृहजिल्लामा पुगेर अझै हिन्दुराष्ट्र बनाउन सकिन्छ भन्नुभयो । डा. शेखर कोइराला पहिलेदेखि बोलिरहनुभएको थियो । तर, उहाँहरुले यो संविधानको विरुद्धमा आजसम्म खुलेर बोल्नु भएको छैन । र, कांग्रेसले यस अभियानको नेतृत्व गरेर संविधान परिवर्तन गरी छाडने प्रतिवद्धता कसैबाट आएको छैन ।
स्थिति हेर्दा लाग्छ, हिन्दु सांस्कृतिक राष्ट्रवादको लाइनबाट कमल थापाको पतन भएपछि कांग्रेसमा भइरहेको यो लाइन रामनामको मण्डी ओडेर पदको घिऊ खाने चाल हो कि, अन्तःस्करणको आवाज हो ? पर्गेल्न गार्‍हो भइरहेको छ ।
यसैवीच हिन्दु सांस्कृतिक राष्ट्रियताको लाइनमा बोल्नसमेत लगलगी कामेका आफ्नो खेमाका सभापतिका उमेदवार रामचन्द्र पौडेलको लाइनमा कहीँ ‘फिट’ नदेखिएको लाइन शशांक कोइरालाले अप्रत्याशितरुपमा लिएका छन् । विगतका राजनीतिक उपलब्धि भनिएका तीनैवटा विषयमाथि पुनरावलोकन हुनुपर्छ भनी डा. शशांक कोइरालाले ‘माष्टर स्ट्रोक’ हानेका छन् ।
दक्षिणबाट मोदीको निरन्तरको असन्तुष्टिवीच शशांकको नयाँ अवतार कति सोचविचार र योजनावद्ध किसिमले आएको हो ? प्रतिक्षाको विषय बनेको छ । तर, अचम्मको विषय के छ भने एउटै लाइनको वकालत गर्ने शेरबहादुर र शशांक अलग-अलग खेमाबाट चुनाव लड्दैछन् ।
हुनत कांग्रेसमा तेस्रो खेमा पनि देखिएको छ । तर, त्यसको औकात ‘चिढीको दुक्की’ भन्दा माथिको नदेखिएकाले यसको चर्चा गरिएन ।
शशांकको यो अवतार जेठा दाजु प्रकाश कोइरालाको लाइनकै शत प्रतिशतको अभिव्यक्ति चाहिँ पक्कै हो । अब प्रतिक्षाको विषय, शशांकको यो अवतार महामन्त्रीको निर्वाचन जित्न ओढिएको मण्डीमात्रै हो कि नेपालको राजनीतिक कोर्ष नै परवर्तनका लागि नेतृत्व लिन कसिएको कम्मर हो ?
नेपाली कांग्रेसको १३ महाधिवेशनमा शुभकामना मन्तव्य दिन आएका अतिथिहरुमध्ये भारतीय कम्युनिष्ट पार्टीका जोगेन्द्र शर्माले मोदीको मुख्य एजेन्डा हिन्दु राष्ट्र नै भएको पुष्टि गरे । भाजपाका पूर्वउपाध्यक्ष भगतसिंह कोसियारीले आफ्नो दल नेपालको संघीयतामा हिमाल, पहाड, तराई सम्मिलित विभाजनको पक्षमा रहेको कुरा व्यक्त गरेर तराई आन्दोलनको भौगोलिक विभाजनसम्वन्धी मागमा भाजपा असहमत रहेको सन्देश दिए ।
भारतवाटै यस्तो सोच आइरहँदा अब कांग्रेसभित्र भाजपा र संघ परिवारको भावनासँग तादम्य राख्ने नेतृत्वका लागि शेरबहादुर देउवा र शशांक कोइरालावीच प्रतिस्पर्धा पनि देखिएको छ । अब भविश्यमा देख्न पाइएला, यिनीहरुले संविधान निर्माण प्रक्रियामाझैं मोदीलाई छक्याउने छन् वा यही लाइनमा अडिग रहनेछन् ?
जे होस् यो लेखक डा. शशांकको नयाँ शुरुवातले निरन्तरता पाओस् भन्ने पक्षमा छ ।
- See more at: http://www.onlinekhabar.com/2016/03/396435/#sthash.uo8L1TiA.dpuf