Tuesday, July 17, 2012

हिग्स वोसन र ब्रहृम–२
अरुणकुमार सुवेदी

फिजिक्सको दुनियाँ आज हिग्स बोसनमय भएको छ । जगतको अन्तिम जीव तत्व खोज्ने फिजिक्सको प्रयत्न परमाणु, इलेक्ट्रन, प्रोटन क्वार्क हुँदै आज हिग्स वोसनमा आइपुगेको छ । एकथरी फिजिक्सका विद्वान्हरूको मत छ यो नै अन्तिम बीज सत्य हो यसर्थ भगवत अणिमा हो भन्ने छ । अर्काथरि यो नयाँ अध्यायको सुरुआत हो भनिरहेका छन् । फिजिक्सले आधारभूत संरचनात्मक अणिमाहरू भनी मानिआएका परमाणुका पनि संरचनात्मक अणिमाहरू इलेक्ट्रन, प्रोटन, न्यूट्रन इत्यादि पर पनि अर्को संरचनात्मक अणिमाको सत्ता छ भनी खोज गरेको इतिहास निकै दशकको भइसकेको छ । यस क्रममा आंशिक विद्युत् धर्म भएको क्वार्कहरू हँुदै आज हिग्स वोसन पत्ता लागेको उद्घोष ‘शर्त’ ले गरेको छ । यस समयमा ट्याकिवन्स, एक्जियन्स, काओत्स जस्ता परिकल्पित अणिमा उपर पनि प्रशस्त बहसहरू भए तर अर्बौं युरो खर्चिएर अन्ततः हिग्स वोसन उपर हजारौं वैज्ञानिकहरू केन्द्रित भए । तर, यहा“सम्म आइपुग्दा पनि फिजिक्सको एउटा अलमल भने टुंगिएको छैन । त्यो हो पिण्ड सत्य सनातन सत्ता हो या होइन भन्ने ।
यो ब्रहृमाण्ड जगतको सुरुआत महाविस्फोटबाट भयो भन्ने कुराको टुंगोमा फिजिक्स उहिले नै पुगेको हो । तर, त्यो आद्य प्रलय एउटा अपरिमेय घनत्व भएको बिन्दुरूप पिण्डको विस्फोट थियो भन्ने एउटा धारणा छ भने त्यो अनादि दिक्काल एकाकार अवस्था विकीरण युग थियो, घना विकीरणमा आएको आदि महाकम्पनले पिण्डत्व र विद्युत् धर्मको निर्माण सुरु भयो भन्ने अर्को धारणा छ । पहिले अवस्थामा सघन पिण्डत्वबाट विस्फोटका कारणले परिमेय पिण्डत्वको अवस्थामा ब्रहृमाण्ड विस्तारहुँदै गयो र आज पनि विस्तार भइरहेछ भन्ने अर्थ लाग्दछ भने दोस्रो मान्यताले प्राक्अवस्थामा पिण्ड थिएन, शक्ति मात्र अर्थात् विकीरण मात्र थियो र त्यही विकीरण अर्थात् पिण्डहीन अवस्थाबाट महापिण्डको आदि रूप न्युट्रिनोज र त्यसपछि विरल अणिमाहरू (लेप्टन्स) र सघन अणिमाहरू (हृयाड्रन्स) को जन्म भयो जसको विकास हुँदै खगोलियन अस्तित्व आज यस रूपमा छ भन्ने मान्यता छ । फिजिक्सको यो ठूलो अलमललाई समाधान गर्नलाई प्रयत्न धेरै नै भइरहेछन् । यस प्रयत्नमा फिजिक्स एउटा मान्यताबाट बाहिर आएर सोच्न कहिल्यै तयार छैन ।
फिजिक्स गणितीय प्रयत्न र प्रयोगात्मक अवलोकनका तथ्यहरूमा मात्र विश्वास गर्दछ । त्यसमा पनि प्रयोगात्मक प्रमाणीकरण नहुने कुरालाई स्वीकार गर्न तयार हुँदैन । अर्थात् फिजिक्सको आधार अवलोकनवाद हो । मानिसको अवलोकनको सीमा प्रकाशको गतिको सत्ताको सीमासम्म मात्र निहित छ । यस आधारमा भन्ने हो भने फिजिक्स प्रकाशको गतिका सापेक्षका सत्ता र प्रणालीहरू अध्ययन मात्र हो भन्न सकिन्छ । उसो भए प्रकाशको गति र उपस्थिति अर्थात् शक्तिको गति र उपस्थितिभन्दा पर कुनै प्रणाली वा सत्ता छ कि छैन ? निरवलोकनीय भएका कारणले त्यस्तो कुनै प्रणाली छैन र हुनसक्दैन भन्ने एउटा मान्यता छ भने अन्य शक्तिको दिक्क्षेत्रको उपस्थिति त्यस्तै एउटा प्रणाली वा सत्तामध्येको हुनसक्छ र त्यस्तो प्रणाली वा सत्यलाई अस्वीकार गर्न सकिन्न भन्ने अर्को मत छ । महाकम्पन वा विस्फोट जे बाट जगतको ब्युत्पत्ति भए पनि हिग्स वोसन आजसम्म स्थापित जगत ब्युत्पत्तिको स्थापित
समीकरणमा कहा“नेर चाहि“ देखाप¥यो होला ? भन्ने कुराको उत्तर आजसम्म भेटिएको छैन । बिन्दुपिण्ड थियो र त्यही विस्फोट भएको हो भने हिग्सबाट पिण्ड कसरी निर्माण भयो भन्ने मान्ने ? यदि पिण्डहीन अवस्थाबाट पिण्डको उत्पत्ति भयो मान्ने हो भने फोटनपछि हिग्स वोसन र त्यसपछि मात्र न्युट्रिनोज हुँदै क्वार्क, लेप्टन्स र हृयाड्रन्सहरू भए भन्ने मान्नुपर्छ ।
एउटा सर्वमान्य सिद्धान्त हो अभाव विना नयाँ सृष्टि हुन्न । फिजिक्सले भनेको महाकम्पन पूर्वको विकीरणमय अवस्थामा कस्तो अभाव उत्पन्न भयो जसले गर्दा पिण्ड र विद्युत् धर्मको द्वैतताको उत्पत्ति भयो ? यस कोणबाट हेर्दा फोटन वा प्रकाशको अणिमा आफैंमा वोसन वा विद्युत् धर्म हीन अणिमा हो । यसको त्रिआयामिक दिशाको अवस्थिति जताबाट हेर्दा पनि उस्तै हुने वा क्यान्टम संख्या एक (१) भएको हुन्छ । अणिमा विज्ञानमा यो अत्यन्त संतृप्त अवस्था हो । यसमा अभाव सिर्जना हुन कठिन छ । जब यसमा अभाव निर्माण हुन्छ तब यो अर्को रूपमा प्राप्त हुन्छ । प्राक्अवस्थाको विकीरणमय जगतमा विकीरणको सघनताले फोटनमा अभाव सिर्जना भयो । फोटनमा अभाव निर्माण हुने त्यो क्रिया नै आदि कम्पन वा वीग व्याङ्ग हो । त्यो अवस्थामा फोटनमा अभाव निर्माण भई अत्यन्त न्यून पिण्ड धर्म र विद्युत् धर्म प्राप्त भयो । लगभग पिण्डहीन विद्युत् धर्मले युक्त ती अणिमाहरू न्युट्रिनोज हुन र ती नै जगत्का आदि सृष्टि हुन् भन्ने मान्यता फिजिक्समा स्थापित छ । अब हिग्स वोसनलाई त्यो भन्दा पनि प्राक्सत्ता मान्ने हो भने फोटनभन्दा त्यसमा कस्तो अभाव धर्मको सृष्टि भई उत्पत्तिको पहिलो आधार अणिमा बन्न गयो । यसको विश्वसनीय तर्क र तथ्यहरू आउन सकिरहेका छैनन् । जगत्को सृष्टि बहुसत्तामयताबाट होइन कुनै एउटै वा अद्वैत सत्ताबाट भएको हुनुपर्छ भन्ने मान्यताकै आधारमा फिजिक्स पनि यहाँसम्म आइपुगेको छ । तर, आजसम्म त्यो अद्वैत सृष्टिबीजको खोज र व्याख्या फिजिक्सले गर्नसकेको छैन । पूर्वीय सर्वप्राचीन दर्शन वेद÷वेदान्तले भने त्यसको निरोपण गरिदिएको छ । व्याख्या र तर्कका आधारमा एउटा विश्वास स्थापित गरिदिएको छ, त्यो ब्रहृम हो । त्यो प्रकाश र पदार्थको पनि जननी सत्ता हो । फिजिक्सले स्थापित गरेका सिद्धान्त र मान्यताहरूका आधारमा ब्रहृमको अद्वैता सत्ताबाट बहुत्वमय ब्रहृमाण्डको सृष्टि उपर परिचर्चा गर्ने मेरो पुरानो चाख हो । आज हिग्स वोसनको प्रकरणले पुनः त्यस उपर चर्चा गर्न अभिपे्ररित ग¥यो ।
म कुनै खोज अनुसन्धानमा अहोरात्र लागिपरेको पात्र होइन । हजारौं वैज्ञानिको अर्बौं खर्बौं धनराशी खर्च गरी गरेको अध्ययनका कुराहरू माथि म जस्तो अकिञ्चन पात्रले प्रश्न उठाउनु हास्यास्पद हुनसक्छ तथापि धेरै पहिलेदेखि मेरो सामान्य चेतमा उब्जिएको प्रकाशभन्दा अगाडि कुनै सत्ता छ वा छैन ? भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा यो अनौठो क्षेत्रको स्वान्त सुखाय केही अध्ययन र लेखन गर्न पुगेको मात्र हु“ ।
फिजिक्समा विद्युत् चुम्बकीय तरंग वा प्रकाशको सृष्टि या त पिण्डको ‘फ्युजन’ बाट हुन्छ या ‘फिसन’ बाट हुन्छ । महाकम्पनको सिद्धान्तमा फेरि प्रकाशबाट पिण्ड बन्यो भनिएको छ । यो चल्ला र अण्डाको कथाको अवस्थामा जगत्को अनादि अवस्था कल्पना गर्न सकिन्न । अर्कोतर्फ आइन्स्टाइनको शक्ति पदार्थ आपसी विवाहिताको सन्तुलन नै जगत् हो, यो चिरन्तन सत्य सनातन भएको हुँदा यसको सुरु र अन्त्य खोज्नु मूर्खता हो भन्ने मान्यता छ । फिजिक्समा यो अलमल भए पनि पूर्वीय दर्शनको मान्यता भने स्पष्ट छ । सबैभन्दा पहिलो अवस्था भनेको महातम दिक्काल एकाकार अवस्था हो । तर, त्यो अवस्था पूर्ण असत्तामयता होइन । जब सम्पूर्ण सत्ताहरू प्रतिशोधित हुन्छन् तब पनि एउटा सत्य सनातन, सर्वअपरिछिन्न, अनिलय सत्ता रहिरहन्छ त्यही सत्तालाई शब्दबद्ध गर्दा ब्रहृम भन्नु परेको हो । त्यो शान्त सनातन महातम दिक्काल एकाकार अवस्थामा कुनै कारण विना, उसैको कामनाले अनाहतवाद अर्थात् अनादिवाद भयो । त्यो नादले मरिचिलोकको सृष्टि भयो । अर्थात् महातमबाट प्रकाशको सृष्टि भयो वा ब्रहृममय दिक्काल एकाकार अवस्थाबाट प्रकाशको उत्पत्ति भयो, प्रकाशबाट महाकम्पन (विग ब्यांग) भई पदार्थको सृष्टि भयो । जगत सृष्टिको क्रम यही हो । लय पनि यही क्रममा हुनेछ । अर्थात् पदार्थको लय प्रकाशमा र प्रकाशको लय महातममा हुनेछ । यो निरवलोकनीय सत्य हो । अब प्रश्न उठ्छ हिग्स वोसनको स्थान यो सृष्टि क्रममा कहा“नेर छ र यसलाई प्राक्सत्ता मान्ने ?

No comments:

Post a Comment