Tuesday, July 17, 2012

हिग्स वोसन र ब्रह्म–१
अरुणकुमार सुवेदी
यसपालि विषयान्तर भयो । सधैं आर्थिक र विकाससम्बन्धी लेख हुने आज ‘फिजिक्स’ सम्बन्धी । युरोपेली अनुसन्धान संस्था सर्न ९ऋभ्च्ल्० ले भगवत् अणिमा (गड पार्टिकल) हिग्स वोसन पत्ता लगाएको घोषणा गरे । लगभग ६ दशक अगाडिदेखि परिकल्पना गरिएको हिग्स वोसन पत्ता लाग्यो भन्नासाथ ब्र≈माण्ड व्युत्पत्तिको रहस्य पत्ता लागेको उद्घोष गरियो । अर्बौं युरोको खर्च र हजारौं वैज्ञानिकको अहोरात्रको परिश्रम सफल भएको भनी ठूलो खुसीको वातावरण निर्माण भयो । तथापि यसका आधारभूत प्रश्नहरू अहिले पनि अनुत्तरित नै छन् ।
यस अनुसन्धानका लागि बनाइएको विशालतम् संयन्त्र ‘लार्ज हेड्रन कोलाइडर’ मा प्राक–पारमाणविक अणिमा प्रोटोनलाई प्रकाशको गतिमा गतिमान गराई एक अर्कामा ठोक्काइयो । विशाल शक्तिक्षेत्रमा प्रोटोन जस्तो सघन अणिमालाई ठोक्काउँदा (कोलिजनको अर्थमा) सृष्टिको प्राक–अणिमा वा उनीहरूको व्याख्यामा भगवत् अणिमा वा पदार्थ सृष्टिको कारक अणिमा उत्पन्न भयो र त्यसको सुखद् दर्शन त्यहा“ अनुसन्धानरत वैज्ञानिकहरूलाई प्राप्त भयो । यसभन्दा अगाडि २०११ मा पनि वैज्ञानिकहरूले अहोरात्र खटी हिग्स वोसनको उत्पत्तिको दर्शन गर्ने अभिलाषा लिएका थिए । तर, त्यतिखेर प्रकाशको गतिभन्दा तेज गतिमा गतिमान हुने एउटा सपिण्डी अणिमाको अवलोकन गर्न सकिएको तर हिग्स वोसनको अवलोकन चाहिँ २०१२ को मध्यतिर मात्र गर्न सकिने कुरा बताइएको थियो । त्यतिखेर पनि ‘फिजिक्स’को सामान्य चेत भएका मानिसको मन मस्तिष्कमा एउटा प्रश्न उब्जिएको थियो । के कुनै पनि सपिण्डी अणिमा प्रकाशको गतिमा गतिमान हुन सक्छ ? यदि हुन सक्छ भने पदार्थ जगतको अन्तिम सत्ता र सत्य प्रकाशको गति सीमा हो, यसैको सापेक्षमा अरू सम्पूर्ण गोचर सत्ताहरू यथारूप र धर्ममा अस्तिŒववान् छन् । यदि कुनै पनि सपिण्डी अणिमा प्रकाशको गतिमा गतिमान भएमा त्यसको पिण्ड परिमाण गतिसँगै वृद्धि हुन थाल्छ र अनन्त हुन्छ । अर्थात् कुनै पनि सपिण्डी अणिमाले प्रकाशको गति लिनै सक्दैन भन्ने जगतको सार नियमलाई आइन्स्टाइनले प्रतिपादन गरेका थिए । यदि सर्नले भनेझैं एनई न्युट्रिनोजले प्रकाशको गति सीमा नाघेको र प्रोटोनहरूलाई पनि प्रकाशकै गतिमा ठोक्काइएको हो भने आइन्स्टाइनको गति सीमासम्बन्धी भैतिक नियमको अन्त्य भएको हो ? यो प्रश्नको उत्तर भने अहिलेसम्म हो भनी कसैले दिन सकेको छैन । माथि भनिएको न्युट्रिनोको
बारेमा सर्नसँग सम्बन्धित र अन्य भौतिकशास्त्रीहरू पनि असहमत देखिए । त्यसको व्याख्या र प्रमाणीकरण पनि आजसम्म हुन सकिरहेको छैन । अब ‘हिग्स वोसन’ उत्पन्न गराउने प्रोटोनहरूको गति प्रकाशको गति सीमामै भयो भन्ने कुरा पनि पत्याउन धेरैलाई गाह्रो भइरहेको छ ।
के ‘हिग्स वोसन’ नै अन्तिम सत्य हो ? आजभन्दा करिब ६ दशकअघि हिग्सले पदार्थ जगत वा ब्र≈माण्डको व्युत्पत्तिसम्बन्धी नया“ अवधारणा अगाडि सारेका थिए । ब्र≈माण्ड उत्पत्ति पूर्व एउटा अविछिन्न क्षेत्र थियो । अहिले पनि ब्र≈माण्डको सीमाबाहिर उक्त क्षेत्र छँदैछ । त्यो दिक्क्षेत्रलाई उनकै नामबाट हिग्स दिक्क्षेत्र अर्थात् हिग्स फिल्ड भनियो । त्यो दिक्क्षेत्रमा निरवछिन्न सत्तामय भएको वोसन छ जसको रोकावट नै पिण्डको जननी हो भन्ने अवधारणा उनले ल्याएका थिए । यो धारणा वेदले सृष्टिपूर्व के थियो भनी विश्लेषण गर्ने क्रममा भनेको ‘तम असित्’ अर्थात् अन्धकार थियो । त्यो गुढ तम दिक्क्षेत्रबाटै सृष्टि भयो भन्ने धारणासँग कता–कता मिल्न आउ“छ । तर, हिग्स दिक्क्षेत्रको धारणामा मेरो बुझाइमा केही अनुत्तरित अवस्था रहेका छन् । हिग्स दिक्क्षेत्र प्रकाशको वा विद्युत् चुम्बकीय तरंगको उपस्थितिमा सत्तावान् रहन्छ कि रहन्न ? यदि रहन्छ भने यो कसरी प्राक्सत्ता हुनपुग्यो ? यो पिण्डको जननी सत्ता हो भने आइन्स्टाइनको पिण्ड र शक्तिको सन्तुलनको चिरन्तनतासम्बन्धी मान्यता अब अन्त्य भएको हो ? पिण्ड यही सत्ताबाट उत्पन्न भएको हु“दा पिण्ड हिग्स दिक्क्षेत्रको उपज हो ? यदि पिण्डलाई पछिल्लो वा कुनै अर्को प्राक्सत्ताबाट आएको सत्ता भन्ने कुरा स्थापित भएको हो भने यो धारणा पूर्वीय दर्शनको जगतको सृष्टिसम्बन्धी धारणाको नजिक पुग्दछ । तर, ‘फिजिक्स’ ले यसबाट पिण्ड सृष्टि भई अन्ततः यसमै लय हुन्छ भन्ने व्याख्या र खोजमा पुग्न सक्छ सक्दैन हेर्न बा“की छ । यदि पुगेछ भने पूर्वीय दर्शनको पिण्डलाई माया सत्ता (मेनिफेस्टेटिभ एक्जिस्टेन्स्) मान्ने धारणाको एकदम नजिक फिजिक्स आइपुगेको प्रतीत हुन्छ तर यी सबैभन्दा महŒवपूर्ण कुरा हो मानिसको अवलोकनियताको सीमा । मानव चेतनाको अवलोकनियताको सीमा प्रकाशको गतिका सापेक्षका रूपमा धर्महरूसम्म मात्र सीमित छ । यसै सीमाभित्र रही भौतिकशास्त्रीहरूलाई हिग्सको दर्शन भएको छ । तर, जगतको आधार सत्य त्योभन्दा पर छ जो गोचरातित छ ।
यसकारण हिग्स वोसन अन्तिम सत्य र जगतको प्राक् आधार हुन सक्दैन भन्ने मेरो तर्क छ । मेरो धारणामा अवलोकनीय सत्य अर्थात् गोचर सत्तामै जगतको अन्तिम आधार देख्न खोज्नु र त्यसैलाई मान्नु जगतका माया प्रतितिलाई सत्य मान्नु हो । मानव गोचरियताको परिसीमाबाहिर केही हुन्न भन्नु तथ्यसंगत भए पनि युक्तिसंगत होइन र सत्यसंगत पनि होइन । यसकारण ‘हिग्स वोसन’ सम्भवत गोचर सत्ताहरूको अन्तिम रूप हुनसक्छ तर जतगको अन्तिम वा सृष्टिको अन्तिम आधार हुन सक्दैन भन्ने मेरो तर्क छ ।
सृष्टिको अन्तिम आधार के हो ? पूर्वीय सर्व प्राचीन दर्शनका आधारमा प्रकाश र पदार्थका जे जस्ता स्वरूप भए पनि ती कालवछिन्न सत्ताहरू नै हुन् । रूपात्मकता कालवछिन्न सत्ताहरूको धर्म हो । धर्म वा गुण भएका सत्ताहरू ‘माया’ सत्ता अर्थात् ‘अनित्य’ सत्ता हुन् । जगतको आधार सत्ता त नित्य, सनातन, अनित्य, अपरिछिन्न सत्य एक वा अद्वैत सत्ता मात्र हो । जो अविशेषणीय छ तर मानव चेतनाको सीमा र अभिव्यक्तिको बाध्यताले त्यसलाई शब्द वा संज्ञाबद्ध गर्नुपर्ने हुन्छ । यही कारणले यसलाई ब्र≈म शब्दले व्याख्या गर्ने गरिएको छ ।

No comments:

Post a Comment