-आधुनिक भारतको जन्मकाल अर्थात् स्वतन्त्र भारतको स्थापनाकालमा नेहरूमोडेलको विदेश सम्बन्ध थियो जसलाई शान्त र सहनशीलमोडेलका रूपमा लिन सकिन्छ । त्यस बखत भर्खरमात्र साम्यवादी भएको चीनमामाओत्सेतुङले अलि आक्रामक र दबाबकारी विदेश नीति अवलम्बन गरेका थिए । चीन अमेरिकाको घोर विरुद्धमा थियो र आफूलाई एक्लो सक्षम शक्तिका रूपमा प्रस्तुत गरिरहेथ्यो । राष्ट्र सङ्घको सदस्य पनि नरहेको चीनले ‘म्याकमोहन रेखा’ लाई अन्तर्राष्ट्रिय सीमा नमान्ने उद्घोष गर्दै युद्ध हुनुपूर्व नै मनोवैज्ञानिक युद्धको उद्घोष गरिसकेको थियो । त्यस बखत अमेरिकासँग पनि कुनै साझेदारी नभएको र सन्य शक्तिमा खास सुदृढ गरिनसकेको भारतमाथि तीव्र दबाब थियो जसको परिणामस्वरूप युद्ध नै भयो । सायद यो हिमालयका दुईतर्फी राष्ट्रहरू बिचको सम्बन्ध सर्वाधिक दुःखद अध्याय थियो ।
चीन–भारत युद्ध पश्चात् भारतले पाकिस्तानसँग पनि युद्ध लड्नुप¥यो । त्यसपछिको भारत, खासगरी इन्दिरा गान्धीकालीन भारतको विदेशनीति भने नेहरूको भन्दा एकदमै अलग देखिन्छ, आक्रामक र हस्तक्षेपकारी । त्यसताका दक्षिण एसियामा कस्ता घटना भए, इतिहासमा अङ्कितै छन् । इन्दिरा गान्धीकालीन परराष्ट्र नीतिले नेपाली का“ग्रेसमा खासगरी बी.पी.कोइरालामा पनि तीव्र प्रतिक्रियात्मक तथा रक्षात्मक सोच उत्पन्न भएको विश्लेषण छ यस स्वप्नकारको जसको परिणाम थियो– मेलमिलापको सिद्धान्त । आज भारत र चीन दुबैको परराष्ट्र नीतिमा आमूल परिवर्तन आएको छ । तनावहरू शान्त भएका छन् । दुबैले विवादहरू थाती राखेर आपसी निर्भरता र सम्बन्ध अगाडि बढाइरहेका छन् । चीनका लागि भारत त्यो बजार हो जहाँ समग्र युरोपका धनीहरूको पूरा आवादी बराबर धनीमानिसहरू छन् । पूरा अमेरिकाको जनसङ्ख्या बराबरको मध्यम वित्तीय जनसङ्ख्या छ र पूरा अफ्रिकाका गरिबहरू जति गरिब भारत एक्लैमा छन् अर्थात् उपभोक्ता बजारको कसीमा भारत एक्लै युरोप, अमेरिका र अफ्रिका बराबर छ । अर्कातर्फ औद्योगिक र पूर्वाधार विकासमा पनि भारतको बजार अत्यन्त ठुलो छ । चीनजस्तो निर्यातमूलक अर्थ प्रणाली भएको राष्ट्र कुनै पनि सर्तमा भारतलाई गुमाउन चाहन्न । यस्तै भारतका जरुरतहरूका लागि चीनजस्तो सस्तो स्रोत अर्को छैन । तिनै वस्तुहरू युरोप वा अन्य राष्ट्रबाट आयात गर्नुपरेमा भारतको व्यापारघाटा झनै ठुलो हुनेछ । अर्को महत्तवपूर्ण कारण हो, सामरिक अर्थतन्त्र । यी दुबै राष्ट्र अत्यन्त लामो र विकट सिमानाले छुट्याइएका छन् ।
यदि तनावका कारण सीमाक्षेत्रमा सामरिक क्रियाकलाप गर्नुप¥यो भने दुबैका लागि अत्यन्त प्रत्युत्पादक हुनेछ । यी सबै पक्षलाई मनन गरी भारतले नेपाल–ममला र अन्य अन्तर्राष्ट्रिय मुद्दामा चीनसँग निकट सम्बन्ध बनाउने संकेतहरू यथेष्ट देखापरिरहेछन् । भारतको परराष्ट्र नीतिलाई यस दिशातर्फ लैजान प्रधानमन्त्रीमोदीलाई त्यति सहज भने छैन । भारत एउटा उदार प्रजातान्त्रिक देश भएकाले गैरसरकारी संस्थाहरू मार्फत् जनताको भावना चीनविरोधी बनाउनलाई पश्चिम परिपालित संस्थाहरू लागेका छन् । विगतको भारत–चीन सम्बन्धको अवस्था र परराष्ट्र नीतिले पनि त्यस्तो भावनालाई थोरबहु–त बल पुगेकै हो । भारतीय प्रेसले पनि पश्चिमभन्दा चीनलाई बढी लक्ष्य बनाइरहेका छन् । पश्चिमा विश्व विद्यालयहरूबाट उत्पादित विद्वान्हरूको भावभूमि त झन् यसैतर्फ लक्षित छ । यसकारण चीनसँगको सम्बन्ध अनुकूल बनाउनमोदीले धेरै अप्ठ्याराहरू पार गर्नु पर्नेछ ।
अर्कातर्फ भारतले अमेरिकाको दबाब धेरै क्षेत्रबाट झेलिरहेछ । मध्य एसिया अफगानिस्तान खाडी मुलुक र अस्टेलियामा अमेरिकाको सन्य उपस्थिति नै छ । दियागो ग्रासियामा बेलायतको सन्य अखडा छ । तेल मार्फत् पनि भारतले ठुलै दबाब झेलिरहेछ†कोइला पनि अस्ट्रेलियाबाट ल्याइरहेछ । भारतीय रुपैयाँमाथि बढ्दै गएको अमेरिकी डलरकोमौद्रिक दबाब त्यत्तिकै महŒवपूर्ण छ । यी सबै दबाबहरूलाई सन्तुलन गर्न ब्रिक्स मार्फत् नयाँ कूटनीतिकमार्गमामोदीजी हिँडेका सङ्केतहरू आइसकेका छन् । यसका अतिरिक्त अमेरिकामा रहेको भारतीयहरूको ठुलो जनसङ्ख्या पनि भारतको महत्तवपूर्ण शक्ति हो । अमेरिकामा रहेका चिनियाहरू वर्तमान चिनिया संस्थापनको विपक्षमा छन् । भारतीयहरू भने भारतीय संस्थापनको पक्षमा देखिन्छन् । यो भारतका लागि ठुलो कूटनीतिक सम्पत्ति हो ।मोदीजीजस्ता तेजतरार राजनीतिज्ञले यही सम्पत्ति मार्फत् अमेरिकी संस्थापनलाई दह्रा सङ्केतहरू दिन सक्दछन् ।
अर्कातर्फ भारतले अमेरिकाको दबाब धेरै क्षेत्रबाट झेलिरहेछ । मध्य एसिया अफगानिस्तान खाडी मुलुक र अस्टेलियामा अमेरिकाको सन्य उपस्थिति नै छ । दियागो ग्रासियामा बेलायतको सन्य अखडा छ । तेल मार्फत् पनि भारतले ठुलै दबाब झेलिरहेछ†कोइला पनि अस्ट्रेलियाबाट ल्याइरहेछ । भारतीय रुपैयाँमाथि बढ्दै गएको अमेरिकी डलरकोमौद्रिक दबाब त्यत्तिकै महŒवपूर्ण छ । यी सबै दबाबहरूलाई सन्तुलन गर्न ब्रिक्स मार्फत् नयाँ कूटनीतिकमार्गमामोदीजी हिँडेका सङ्केतहरू आइसकेका छन् । यसका अतिरिक्त अमेरिकामा रहेको भारतीयहरूको ठुलो जनसङ्ख्या पनि भारतको महत्तवपूर्ण शक्ति हो । अमेरिकामा रहेका चिनियाहरू वर्तमान चिनिया संस्थापनको विपक्षमा छन् । भारतीयहरू भने भारतीय संस्थापनको पक्षमा देखिन्छन् । यो भारतका लागि ठुलो कूटनीतिक सम्पत्ति हो ।मोदीजीजस्ता तेजतरार राजनीतिज्ञले यही सम्पत्ति मार्फत् अमेरिकी संस्थापनलाई दह्रा सङ्केतहरू दिन सक्दछन् ।
चीनमाथि पनि सानो दबाब छैन । मध्य एसिया, जापान, दक्षिणकोरिया, ताइवान, फिलिपिन्ससमेतबाट चीनमाथि अमेरिकाको सन्य दबाब छ । अमेरिका र युरोपमा रहेको चिनिया जनसङ्ख्या मार्फत् पनि चीनको संस्थापनलाई ठुलै दबाब निर्माण भइरहेछ । अर्को चीनमा बढ्दै गएको ख्रिस्तानी सांस्कृतिक अतिक्रमणले चीनलाई ठुलै चुनौती दिने सम्भावना छ । संसारमा दक्षिणकोरियापछि सबैभन्दा तीव्र गतिमा धर्मान्तरण भइरहेको जनसङ्ख्या चिनिया हो । यही स्थिति रहेमा दुई दशकभित्र संसारको सबैभन्दा ठुलो ख्रिस्तानी एकल जात चिनिया हुनसक्ने प्रक्षेपण गर्न सकिन्छ । जुन चिनिया संस्थापनका लागि ठुलो चुनौती हो ।
समग्रमा नेपालका दुबै महान् छिमेकीहरू सामरिक दबाब तीव्रतर रूपमा भोगिरहेछन् । यो पक्ष दुबै राष्ट्रहरूलाई एकैठाउँमा उभिन लगाउने कारण बन्दैछ । यदि वर्तमान प्रयत्नहरू सकारात्मक रूपमा अगाडि बढेमा भारत–चीन सम्बन्ध नयाँ अध्यायमा प्रवेश गर्नेछ† गर्नै पर्नेछ । यसको सिधा अर्थ छ– भारतसँगको सुखद सम्बन्धमात्र चीनसँग पनि राम्रो सम्बन्ध निर्माण गर्ने पूर्वसर्त बन्न सक्दछ । भारत–चीन सम्बन्ध तनावपूर्ण रहँदा र तनाव शिथिलीकरण भइरहँदा पनि चीनले बारम्बार नेपाल–भारत सम्बन्ध विश्वसनीय हुनै पर्ने कुरामा जोड दिएको तथ्य सबैलाई जानकारी नै छ । बिडम्बना के छ भने, त्यस अनुसार नेपालले आफ्नो विदेश नीतिलाई परिमार्जन गर्न सकिरहेको छैन ।
No comments:
Post a Comment