Thursday, August 6, 2015

नेपालका ‘सिउडो’ कम्युनिष्ट र धर्म निरपेक्षता

नेपालका ‘सिउडो’ कम्युनिष्ट र धर्म निरपेक्षता !

प्रदेशको सीमांकन सांस्कृतिक पहिचानका आधारमा गरौं

२०७२ साउन १८ गते १०:१२ मा प्रकाशित
 2463  9 
  0
अरूणकुमार सुवेदी
नेपालका कम्युनिष्ट नेताहरुको धर्म सम्वन्धी धारणाहरु सुनेपछि यो स्वप्नकार छक्क परेको छ । यो हास्यास्पद स्थिति हो ।
कामरेड मोहनविक्रम सिंहदेखि लिएर बाबुराम, माधव नेपाल, झलनाथ, खड्ग ओली सबैमा यो हास्यास्पद धारणा देखियो । कम्युनिष्ट वा मार्क्सका अनुयायीहरु अनिस्वरवादी हुन्छन् । कुनै संवैधानिक सपथ लिँदा पनि ईश्वरका नाममा सपथ लिँदैनन् ।
अरुणकुमार सुवेदी
अरुणकुमार सुवेदी
उदाहरण नेपालमा नै पनि देखिएकै हो । अर्थात कम्युनिष्टहरु आस्था (फेथको अर्थमा ) विहीन हुन्छन् । तर, नेपालका कम्युनिष्टहरु आफूलाई धर्मनिरपेक्ष भन्ठान्छन् । अर्थात मस्जिद गए ‘एकल क्याप’ लगाएर अल्लाह ओ अकबर भन्छन्, गुम्बा गए वुद्धम शरणम…. पशुपति गए नम शिवाय..  इत्यादि ।
एउटा व्यक्ति बहुआस्थाको हुनै सक्दैन, जुन नेपालका कम्युनिष्टहरु भइरहेछन् । कम्युनिष्टले त सबै धर्म बर्जित हुनुपर्छ भन्नुपर्ने हो । यिनलाई अनिश्वरवाद र धर्मनिरपेक्षताको भेद नै थाहा भएन सायद ।
वस्तुत : कम्युनिष्टहरुले संविधानमा धर्म सम्वन्धी केही उल्लेख नहोस् भन्न सक्थे । तर, त्यो भनेनन् । किन ? कुरा स्पष्ट छ, वहाँहरुको प्रतिवद्धता इशाइकरण र हिन्दु संस्कृतिप्रतिको द्रोहमा छ ।
धर्मान्तरण र धर्म निरपेक्षता
नेपालमा धर्मनिरपेक्षता धर्मान्तरणका लागि छुट दिने र बहुमत सांस्कृतिक समुहमाथि सांस्कृतिक हिंसा गर्ने, सामाजिक विग्रह उत्पन्न गर्ने औजारका रुपमा प्रयोग भएको सत्य कसैबाट छिपेको छैन । यसले नेपालका धेरै जनजातिहरुको सांस्कृतिक पहिचान धरापमा परिसकेको छ ।
यदि यही स्थिति कायम रहे स्वप्नकार ठोकुवाका साथ लेख्छ-एक दशकभित्र नै प्रायः पहाडी जनजातिहरुमा आफ्नै जातभित्र धार्मिक द्वन्द्व हुनेछ, निज धर्ममा रहेका र अतिक्रमणकारी आस्थामा गएका अर्थात इशाई भएकाहरु वीच । जसका प्रारम्भिक संकेतहरु देखिन थालिसकेका छन् ।
अहिले धर्मनिरपेक्षताका विरुद्ध उर्लिएको जनमत देखेर ग्रीन डलरले जन्माएका विभिषणहरु तिल्मिलाएका छन् । यसको विकल्पमा अर्को शब्द खोज्ने क्रम सुरु भएको छ । शब्द जेसुकै राख, संविधानमा सांस्कृतिक अतिक्रमण रोक्न खास व्यवस्था हुनैपर्छ ।
अन्तरिम संविधानमा पनि धर्मान्तरण दण्डनीय अपराध हो भनिएको छ, तर तिब्र गतिमा यो अपराध भइरहेको छ ।
सर्वप्रथम संविधानसभाले यो अपराधको जाँचबुझ गर्न न्यायिक आयोग गठन गरी दोषीलाई कारवाही गर्ने प्रक्रिया अगाडि वढाओस् । अनि संविधानमा पनि धर्मान्तरण गर्नु गराउनुलाई दण्डनीय अपराधका रुपमा राखोस् । र, जसले स्वेच्छाले धर्म परिवर्तन गर्छ, उसलाई उसको पहिलेको धार्मिक वा जातीय पहिचानका कारणले राज्यले दिने सकारात्मक विभेदको सुविधा नदिइने प्रावधान होस् । समान नागरिक संहिता होस ।
यी प्रावधान राखेर ल्याइएको संविधानमा शब्द विन्यास मात्र ठूलो कुरा होइन ।
प्रदेश विभाजनको सांस्कृतिक आधार
संसारमा राज्य निर्माण, अवसान र निरन्तरताको इतिहास स्वप्नकारले चारवटा राष्ट्रियताका आधारहरुबाट निर्धारित हुने विश्लेषण गर्‍यो । यस सम्वन्धमा स्वप्नकारको ८/९ वर्ष अगाडि प्रकाशित पुस्तक सपनाका गाथाहरुमा एउटा खण्डमा राम्ररी सम्प्रेषण गरेको थियो । कालगतिले त्यस सन्दर्भको पुनरुक्ति गरी आम जनता सामु राख्नुपर्ने बाध्यता पर्न गयो ।
यसै पनि यो स्वप्नकार बाध्य नभई आफ्नो लय विमुख भएर राजनीतिक मुद्दामा कलम चलाउन चाहँदैन ।  तर, कुरा राष्ट्र  र राष्ट्रियता , पहिचान र प्रजातन्त्रको सहअस्तित्वको पर्‍यो, सहयुक्तिको पर्‍यो ।
राष्ट्रियताको पहिलो आधार नै सांस्कृतिक राष्ट्रियता वा जातीय राष्ट्रियता हो । जब  राष्ट्र बहुपहिचानयुक्त हुन जान्छ, तब सबैभन्दा ठूलो  समुहको राष्ट्रप्रतिको निज भाव (विलोङगिङनेसको अर्थमा) राष्ट्रियताको अर्काे प्रमुख आधार बन्न जान्छ ।
जब कुनै पनि राष्ट्रको मूलप्रवाह सांस्कृतिक राष्ट्रियतालाई कमजोर बनाइन्छ र सबैभन्दा ठूलो सांस्कृतिक वा जातीय समुहलाई बचावको अवस्थामा पुर्‍याइन्छ, तब त्यो समूह पनि राष्ट्रियताका लागि लड्ने आक्रामक मनस्थितिवाट बिमुख हुन जान्छ । त्यसपछि अर्को सवल आधारले राष्ट्र थेग्नु पर्छ । त्यो हो-सवल सैन्यशक्ति ।
यी सवै परिस्थिति नआउने एउटै अवस्था रहन्छ, त्यो हो समृद्धि । उल्लेखित चारवटै आधारमा नेपालको राष्ट्रियताको जुइनो खुकुलिँदै छ भन्नुपर्दैन । यसैले स्वप्नकार चिन्तित छ र वीचवीचमा लय अन्तर गरिरहन्छ, राजनीतिक मुद्दाहरुतर्फ लागेर ।
नेपालमा रहेका तमाम जनजातिहरुका पहिचान हिन्दु सांस्कृतिक पहिचानका विरोधी हुन् भन्ने पश्चिमाहरुबाट विभाजन गरी सांस्कृतिक अतिक्र्रमण  गर्ने सुत्रद्वारा स्थापित रणनीतिक प्रचारको प्रभाव हो । गल्ती यही नै भयो ।
हिन्दु राष्ट्रियतालाई नेपालको मूलप्रवाह मान्नेहरु जातीय र क्षेत्रीय पहिचानको विरुद्ध उत्रिए र जातीय एवं क्षेत्रीय पहिचानका कुरा गर्नेहरु समष्टिगत पहिचानको विरोधीझै प्रतीत भए । यही कारणले राष्ट्रियताका आधारहरु कमजोर हुँदै गए ।
यो अवस्था यति फुलाउन खोजियो कि नेपाली सेनालाई नै जनजाति र तागाधारीमा विभाजन गर्नेसम्मको दुस्साहस भएकै हो । तर, आजसम्म त्यो सम्भव भएको छैन । यो नेपालीहरुको सौभाग्य नै मान्नुपर्छ । नेपाली सेना स्वयम नै सांस्कृतिक राष्ट्रियताको सुत्र र भावनाबाट संगठित छ, त्यसको स्वरुप र नामाकरणमासमेत धर्म निरपेक्षताका नाममा यथेष्ठ प्रहार भएका हुन् र भइरहेछन् ।
अब मुलुक जागेको छ, सबै पहिचानवादीहरु सांस्कृतिक राष्ट्रियता र प्रादेशिक अखण्डताका लागि एक हुन थालेका छन् । जसबाट सांस्कृतिक राजनीतिकलगायतका सबै बाह्य हस्तक्षेपकारी खेलहरुको अन्त्य निकट देखिन्छ । यसका लागि उत्साहको वातावरण पनि क्रमशः बन्दैछ । सांस्कृतिक राष्ट्रियताका लागि छरपस्ट भई गरिएका आन्दोलनहरुप्रति पनि जनताको ठूलो सर्मथन रह्यो ।
परिणामस्वरुप गाईलाई राष्ट्रिय जनावरबाट हटाउने र राष्ट्रिय झन्डा परिवर्तन गर्ने षडयन्त्र सफल हुन सकेन । जबरजस्ती लादिएको धर्म निरपेक्षता पनि हट्ने पक्काजस्तै छ । अब सबै पहिचानवादी एक भएमा अबको आन्दोलनले हिन्दुराष्ट्र र पहिचानको संघीय ज्यामिति पनि निर्माण हुनेछ ।
संघीय ज्यामिति
Table
स्वप्नकारको स्पष्ट दृष्टिकोण छ क्षेत्रीय वा जातीय सांस्कृतिक पहिचानवादीहरु राष्ट्रिय पहिचानका आंगिक पक्षहरु हुन् । आफ्नो पहिचानको कुरा गर्ने अर्को पहिचानलाई अस्वीकार गर्नाले बिग्रह हुन सक्छ, विखण्डन हुन सक्छ । यसैले स्वप्नकार संघीय संरचनामा पनि पहिचानलाई स्वीकार्नु पर्छ भन्ने पक्षमा छ । यसका आधारमा नेपाललाई जनपद (क्याण्टनको अर्थमा) हरुको संघ बनाउन उचित हुने तर्क छ ।
नेपाललाई पहिचानका आधारमा संघीय विभाजन गर्दा यस्तो प्रस्ताव छ स्वप्नकारको । यस सुत्रको पहिचानमूलक संघीय ज्यामितिलाई सबैले स्वीकार गर्नै पर्नेबेला भएको छ । कुनै पनि बहानामा दमन वा आलटाल हुनु अर्को त्रासदीलाई निम्तो दिनु हो ।
यो स्वप्नकारको धारणा हो । यी सबैका आधार र राष्ट्रिय जनगणनाको तथ्यांकका आधारमा पनि समष्टिगत पहिचान हिन्दु सांस्कृतिक नै हो भन्नेमा स्वीकार्नै पर्ने स्थिति छ ।
(लेखक नेपाली कांग्रेसनिकट बुद्धिजीवी हुन्)
- See more at: http://www.onlinekhabar.com/2015/08/307039/#sthash.oKiUZhw4.dpuf

No comments:

Post a Comment