रणनीतिक गोलचक्करमा उद्धार र राहत
वैशाख १२ को भूकम्पको उद्धार तथा राहत कार्यमा मित्रराष्ट्रको संलग्नता उल्लेख्य र विवादास्पद दुवै रह्यो । विशेष गरी भारतीय सञ्चार माध्यम र भारतीय सेनाको उद्धार टोलीका केही क्रियाकलाप विवादास्पद देखिए । सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले यसलाई उजागर पनि गरे । उनीहरूका क्रियाकलाप नेपालजस्तो आर्थिक, राजनीतिक र कूटनीतिक रूपमा दुर्बल राष्ट्रमा परेको प्राकृतिक विपत्तिलाई विभिन्न शक्तिकेन्द्रले रणनीतिक रूपमा उपयोग गरेको अवस्था बुझ्न गाह्रो भएन । यसकारण विपत् व्यवस्थापनमा पनि राज्यले आफ्नो रणनीतिक व्यवस्थापन चुस्त–दुरुस्त राख्न सक्नुपर्छ भन्ने पाठ यसपालिको विपत्तिले सिकाएको छ ।
यस विपत्तिलाई व्यवस्थापन गर्ने क्रममा नेपाल–भारत सम्बन्धमा नजानिँदो अविश्वास निर्माण भएका संकेत देखिए । सबैभन्दा ठूलो उद्धार मिसन सञ्चालन गर्ने भारतलाई आफ्नै मिसन किन प्रत्युत्पादक साबित भयो ? भारतीय संस्थापनका लागि यो चिन्ताको विषय हुनुपर्छ । ठूलो लोकप्रियतासाथ प्रधानमन्त्री बन्न पुगेका नरेन्द्र मोदीको आजसम्मको कार्यकालमा नेपाल उद्धार/राहत मिसन निकै ठूलो असफलताका रूपमा देखा पर्न थालेको छ । भारतसँग यस्तो स्थिति निर्माण हुनु सुखद संकेत पक्कै होइन ।

नेपाल नीतिमा विरोधाभास
नेपालको विपत् व्यवस्थापनलाई लिएर भारतमा दुई धार स्पष्ट देखियो, नागपुर नीति र रअ नीति (रणनीति) । नागपुर अर्थात् राष्ट्रिय स्वयंसेवक संघ नेपालको विपत् व्यवस्थापनलाई लिएर रणनीतिकभन्दा बढी भावनात्मक देखियो । भारतका धार्मिक सामाजिक संस्थाको ठूलो सञ्जालको अभिभावकत्व भएको सो संस्थाले आफू र अन्य धार्मिक संस्थामार्फत् गरेको सहयोग प्रशंसनीय नै हो तर त्यसले भारत सरकारको प्रतिनिधित्व गर्दैन । नेपालको विपत् व्यवस्थापनमा भारत सरकारबाट शीघ्र रेस्पोन्स गरिएको हो र सोअनुसार सबैभन्दा ठूलो उद्धार टोली र सहयोग पनि आएको हो । तर, भारतको सैनिक उद्धार टोली गएका क्षेत्रका जनताको प्रतिक्रिया, सामाजिक सञ्जालका टिप्पणी र स्थानीय मिडियाका समाचारलाई आधार मान्दा भारतीय उद्धार टोलीको चिसो सक्रियता रह्यो भन्नु अत्युक्ति नहोला । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भावनात्मक रूपमा नेपालको विपत् व्यवस्थापनमा अत्यन्त संवेदनशील देखिए पनि नेपाल मिसनमा आएको टोली त्यस्तो देखिएन । यसले नरेन्द्र मोदीको नेपाल नीतिमा ठूलो संकट खडा गरेको छ । भारतको परम्परागत नेपाल नीतिमा आमूल परिवर्तन गरी आपसी विश्वास बढाउने नरेन्द्र मोदीको दृष्टिकोण एक कदम पछि परेको अनुभव हुन्छ । भरतको रअ आधारित नेपाल नीतिले मोदीको दृष्टिकोण एक कदम पछि परेको छ । अर्थात् नेपाल नीतिले नरेन्द्र मोदीको भावनासँग तादम्य नराखेको स्थिति देखिन्छ र ठूलो परिवर्तनको सपना देख्ने प्रधानमन्त्रीलाई नै बिस्तारै असफल बनाउने रणनीतिमा मोदी फस्दै गएका त होइनन् भनी शंका उब्जेको छ । नेपाल उद्धार/राहत मिसनको द्वन्द्व भारतमा तुरुन्त समाप्त पनि नहोला । नागपुर र वैधानिक राज्यको नीति अर्थात् रअ नीतिले भारतको सत्तामा ठूलै विरोधाभास निर्माण हुने संकेत देखिन्छ ।

पिपली लाइभ मिडिया
केही वर्षअघि भारतीय निजी सञ्चार माध्यम (विशेष गरी टेलिभिजन) को स्वभाव र प्रस्तुतिलाई लिएर प्रसिद्ध अभिनेता तथा निर्माता आमिर खानको चलचित्र आएको थियो ‘पिपली लाइभ’ । भूकम्पसम्बन्धी समाचार संकलन गर्न आएका भारतीय सञ्चार माध्यमको स्वभाव ठ्याक्कै सो चलचित्रको कथावस्तुसँग मिल्न गयो । भारतीय निजी सञ्चार माध्यमले यस्तो प्रचार मोडेल र शैली प्रयोग गर्यो, जसले सरकारलाई समेत बचाव गर्न मुस्किल भयो । सामाजिक सञ्जालमा स्थापित हुन पुगेको ‘गो ब्याक इन्डियन मिडिया’ ट्ेरन्डिङले पनि नेपाल–भारत सम्बन्धलाई एक कदम पछाडि नै पार्यो । यो भारतीय सञ्चार माध्यमको ट्ेरन्डिङ र सामाजिक सञ्जालको प्रतिक्रियात्मक ट्ेरन्डिङ दुवैको परिणाम भने एउटै देखिएको छ, नेपालको राजनीतिक नेतृत्वलाई असफल प्रमाणित गर्ने र नेपाल–भारत सम्बन्ध चिस्याउने । यसमा भारतीय सञ्चार माध्यम मात्र होइन, केही नेपाली सञ्चार माध्यम पनि पिपली लाइभ मोडलमा चलिरहेछन् । यो टेन्डिङ वा प्रतिक्रियात्मक टेन्डिङ दुवै एउटै उद्देश्यअन्तर्गत सुझबुझसाथ अवलम्बन गरिएका रणनीति हुन सक्छन् ।

अवाञ्छित राहत/उद्धार
यसबीच विपत्को घडीमा पीडितले सांस्कृतिक हिंसा पनि खेप्नुपर्यो राहत र उद्धारका नाममा । पाकिस्तानबाट गोमांसजन्य खाद्यसामग्री आउनु र बचावको आर्तनाद गरिरहेकालाई खाने र बस्ने सामग्रीको सट्टा बाइबल पठाउनु यसका उदाहरण हुन् । यस्ता अवाञ्छित सामग्रीको विरोधलाई भारतीय सञ्चार माध्यमका समाचार संप्रेषण शैलीले ओझेलमा पारिदियो ।

पश्चिमी माखेसाङ्लो
पश्चिमाहरू दीर्घकालीन सोचअनुसार रणनीति तय गरी हरेक क्रियाकलाप निर्धारण गर्छन् । यसैअनुरूप भूकम्पीय विपत्को उद्धार र राहतमा पश्चिमेली रणनीति देखा पर्यो, नेपालको राजनीतिक संस्थापनलाई निकम्मा सावित गर्ने र भारतलाई अलोकप्रिय बनाउने । यसअन्तर्गत भारतीय र केही नेपाली निजी सञ्चार माध्यम मात्र प्रयोग भएनन्, भारतको राज्यलाई प्रतिनिधित्व गरिरहेको उद्धार टोलीसमेत प्रयोग भई भारतीय संस्थापनलाई मुकदर्शक हुन बाध्य पार्यो । यसमा भारतमा सुषुप्त रूपमा दन्किएको नागपुर र रअ नीतिको द्वन्द्व पनि प्रयोगमा आयो । भारतीय प्रधानमन्त्री मोदी, उनको १२ बँुँदे दिल्ली सम्झौताअन्तर्गत नेपालमा भएको परिवर्तनसँग सहमत थिएन र छैन । तर, रअ त्यसको औचित्यता स्थापित गर्न चाहन्छ, यो उसको साखको विषय हो । १२ बँुदे सम्मmौताअन्तर्गत नेपालमा आएको राजनीतिक परिणति तात्कालीन भारतीय संस्थापन रअ र पश्चिमको साझा उपलब्धि हो । यसको निरन्तरताका लागि मोदीलाई ‘साइज’मा ल्याउन अपरिहार्य थियो र नेपालको विपत्लाई त्यसका लागि उपयोग गरिएको छ ।

नेपालमा स्थापित हुन थालेको नरेन्द्र मोदीको लोकप्रियता र त्यो लोकप्रियतामार्फत् नेपालमा गति पक्रिन थालेको सांस्कृतिक राष्ट्रवादको पक्षपोषण र धर्म निरपेक्षताको विरोधलाई यो स्थितिले अवरोध गरेझैँ प्रतित हुन्छ । चीनलाई निकै लोकप्रिय र भारतलाई निकै अलोकप्रिय भएको जन मनोविज्ञान निर्माण गर्ने वातावरण तयार गरी मोदीलाई चीनसँगको सम्बन्ध विस्तारमा पछि हट्न बाध्य पार्ने स्थिति निर्माण गरिँदै छ । भारतीय सञ्चार माध्यम जहिले पनि भारत–चीन सम्बन्ध चिस्याउन नेपाल–भारत सम्बन्धलाई उपभोग गर्ने पश्चिमा रणनीतिअन्र्तगत काम गरिरहेका छन् भन्ने धेरै तथ्यले प्रमाणित गरेका छन् । अहिले पनि यो स्थिति देखियो ।
No comments:
Post a Comment