Wednesday, May 20, 2015

भुकम्प प्रभावित को पुनर्बास बारे

      अहिलेको भुकम्प प्रभावित क्षेत्रबाट जनाशंख्या स्थानान्तरण गर्ने सोच को बिपक्षमा छु | अब बैज्ञानिक बसोबासको योजना बनाउनु पर्छ तर त्यस क्षेत्र कै शुरक्षित स्थान हरु छानेर |पहाडको कृषि बिबिधको सम्भावना अत्यन्त राम्रो छ तेस तर्फ राज्य योजनाबद्ध किसिमले लाग्नुपर्छ |धेरै प्रभावित क्षेत्र मित्र रास्ट्र चिन को सीमा क्षेत्र मा पर्दछन ;जनाशंख्य बिहिन सीमा क्षेत्र आफैमा रास्ट्र को समस्या हो ;जनता स्वयम् सीमा रक्षक हुन् |यी कुरालाई मद्देनजरगरि स्थानान्तरण को कुरा तर्फ नसोचौ अझ तराई को जमिन लाइ थप खण्डीकृतगरि अरु गरिब किसान को संख्या बढाउनु अदूरदर्शी कुरा हो |यदि पिडित लाइ तराई तर्फ वा भित्रि मधेस तर्फ एकात कठ्ठा जमिन घर घडेरी दिई सारिए मा तिनीहरुको भविष्य तेही खेतीहर मजदूर हुने र अप्रयाप्त जमिन मा कुटो कोदालो गर्ने मै सिमित हुनेछ |तर पहाड को सम्भावनाको बिबिधता लाइ प्रयोग गर्न उसले यथेष्ट जमिन पाउछ र समृद्धि आउन सक्छ |तेस्तै पहाड को जना घनत्व घटाउनु आफैमा अब अदूरदर्शी सोच हो बरु पहाड मा रहेको जमिन को ठुलो क्षेत्र्फ़ल लाइ तराइका गरिब समेत लाइ उपलभ्द गराई उनीहरुको जीवन स्तर उकास्न सकिन्छ |संमृद्ध मालिक को सम्भावना बोकेकालाई क्षनिक कुराका आधारमा दरिद्री जीवन मा नधेकलौ|

No comments:

Post a Comment